राशिफल

उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता

 न्यूज विराट
उच्चस्तरीय समितिका निर्णय कार्यान्वयनमा सुस्तता

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको अति उच्च जोखिममा नेपाललाई सूचीकृत गरेसँगै सरकारले ७० बुँदे बढी निर्णय गरे पनि अधिकांश निर्णय कार्यान्वयनमा सुस्तता देखिएको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले गरेका अधिकांश निर्णय कार्यान्वयनमा आउन नसकेका हुन् ।

समितिको पछिल्लो बैठकले बजारमा उपभोग्य सामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, जम्माखोरी, कालोबजारी मिसावट गर्ने गराउनेलाई तत्काल कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको थियो । तर, अहिले बजारमा सहज तरिकाले खाना पकाउन आवश्यक पर्ने सिलिन्डर पाइँदैन भने दैनिक उपभोग्य वस्तुको पनि मूल्य बढेको छ । यस्तै, मास्क, सेनिटाइजर पनि सहज तरिकाले पाइँदैन ।

२५ जना बढी भेला हुन बन्द गर्ने भनिए पनि मन्त्रालय र सरकारी कार्यालयले आयोजना गर्ने कार्यक्रमका सहभागी नै उल्लेखनीय भएको पाइएको छ । केही विद्यालयले प्रवेश परीक्षाको नाममा विद्यार्थीलाई दुःख दिइरहेका छन् ।

विभिन्न प्रदेशमा आवश्यकताअनुसार कम्तीमा १ सय १५ वटा आईसीयू बेडको व्यवस्था स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अविलम्ब गर्ने समितिको निर्णयमा उल्लेख छ । तर, त्यसअनुसार प्रभावकारी रूपले काम हुन सकेको देखिँदैन । समितिले जोखिममा काम गर्नेलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने भने पनि त्यसो हुन सकेको छैन ।

यस्तै, कोभिड–१९ को समुदायमा फैलावटको अवस्था पत्ता लगाउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई कम्तीमा २० हजार स्याम्पल टेस्टका लागि तयारी रहन स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ । संक्रमित कुनै बिरामी आईसीयूमा रहेको अवस्थामा कम्तीमा एउटा डायलायसिस मेसिन तयारी अवस्थामा राख्न पनि भनेको छ ।

काठमाडौं उपत्यकाका ५० शय्या र सोमाथिका अस्पताललाई तत्काल आवश्यक नपर्ने स्वास्थ्य परीक्षण तथा शल्यक्रियासम्बन्धी सेवा आउँदो चैत मसान्तसम्मका लागि बन्द गर्न निर्देशन दिएको छ ।राजधानी दैनिकबाट

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...