आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै - News Birat

आजदेखि विराटनगरमा तीन दिन कोरोना विरुद्धको खोप लगाइदै

न्यूज विराट

विराटनगर, १२ पुस । विराटनगरमा सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ । सोमबारदेखि आगामी तीन दिनसम्म कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुने भएको हो ।

हालसम्म एक पटक पनि खोप नलगाएका नगरवासीहरुलाई लक्षित गरेर महानगरले खोप सेवा सञ्चालन गर्न लागेको हो । पुस १२, १३ र १४ गतेसम्म महानगरमा खोप अभियान जारी रहने जनाइएको छ ।

सोमबारदेखि सुरु हुने खोप अभियानमा १८ वर्ष माथिका सबै नागरिकहरुलाई खोप उपलब्ध गराइने छ । महानगरपालिकाको स्वास्थ्य शाखाले जारी गरेको सूचनामा यस अघि एक पटक पनि खोप नलिएका र १८ वर्ष माथिका व्यक्तिहरुलाई पहिलो मात्रा खोप लगाइने उल्लेख गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles