सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन

 न्यूज विराट
सम्भव हुने कार्यक्रम मात्र गरेर निजामती दिवस मनाउन निर्देशन

काठमाडौं, ६ भदौ-सरकारले कोरोना भाइरस (कोभिड-१९) को कारणले यस वर्षको निजामती सेवा दिवस सम्भव हुने कार्यक्रम मात्र गर्न संघ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिएको छ ।     

निजामती सेवा दिवस मूल समारोह समितिका संयोजक मुख्य सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा हालै बसेको बैठकले कोभिड-१९ को सङ्क्रमणको जोखिम बढ्दै गएकोले बन्दाबन्दीको नियम पालना र स्वास्थ्यका न्यूनतम मापदण्ड अपनाएर दिवसमा सम्भव हुने मात्र कार्यक्रम सञ्चालन गर्न तीनै तहलाई निर्देशन दिएको हो ।

बैठकले निजामती सेवा पुरस्कार प्रदान गरिने कर्मचारीको नामावली घोषणा गर्नका लागि सवै सरकारी निकायमा कार्यरत कर्मचारीलाई समेटिने गरी १५ दिनको सूचना सूचना तथा सञ्चार मन्त्रालयको वेवसाइटमा प्रकाशन गर्ने निर्णय गरेको छ । निजामती सेवा ऐन जारी गरेको सम्झनामा २०६१ सालबाट हरेक वर्ष भदौ २२ गते दिवस मनाउने गरिन्छ ।

यस्तै, दिवसकै अवसरमा सो सेवाप्रतिको जनअपेक्षा विषयक खुला निवन्ध प्रतियोगिता आयोजना गर्ने, कर्मचारीको आधिकारिक ट्रेड यूनियन लगायत सरोकारवाला संघसंस्थालाई स्वास्थ्यको मापदण्ड अवलम्बन गरी रचनात्मक कार्यक्रम गर्न अनुरोध समेत गरेको छ ।

बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा ११ सदस्यीय  निजामती सेवा दिवस कार्यक्रम संयोजन उपसमिति गठन गरेको छ । रासस 

सम्बन्धित समाचार

पीसीआर परीक्षणको मूल्य समायोजन

काठमाडौं, १५ भदौ-सरकारले कोरोना भाइरसको पीसीआर परीक्षणको मूल्य समायोजन गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार समायोजन भएको मूल्यअनुसार अब बढीमा ४ हजारमा पीसीआर परीक्षण गर्न सकिने छ ।...

कोरोना भाइरसका कारण रोजगारी गुमेकालाई राहत कार्यक्रम

काठमाडौं, २ वैशाख-सरकारले कोरोना भाइरसका कारण रोजगारी गुमाएका श्रमिकलाई विभिन्न किसिमका राहत दिने भएको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश, स्थानिय र केन्द्र सरकारले राहतको...

बर्जु महोत्सवमा तोडफोड र आगजनी प्रकरणः विराटनगरको एसएम साउण्ड सिस्टमको एक करोड ७ लाख क्षती

विराटनगर, ५ माघ । सुनसरीको बर्जु महोत्सवमा मंगलबार भएको तोडफोड र आगजनीमा विराटनगरको एस एम साउण्ड सिस्टमको करिब एक करोड मुल्य बराबरको क्षती भएको छ । विराटनगर घोघापुलस्थित एस एम साउण्ड सिस्टमका सञ्चालक जाहिद हुसेनले...

रघुजीलाई अस्पतालमा भेट्दै प्रचण्डले भने : यही अवस्थामा ओलीसँग सँगै जान सकिन्न

काठमाडौं, १३ मंसिर-सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यही अवस्थामा अर्का अध्यक्ष केपी शर्मा ओलीसँग सँगसँगै जान नसकिने बताएका छन् । काठमाडौं मोडल अस्पतालमा उपचाररत रघुजी पन्तको स्वास्थ्य बुझ्न पुगेका प्रचण्डले अर्का...

प्रदेश १ बाट थप ८ जना डिस्चार्ज

विराटनगर, जेठ ७–प्रदेश १ बाट बुधबार थप ८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ५ भारतीय नागरिक र ३ जना उदयपुरको भुल्केका रहेका छन् । आज डिस्चार्ज हुनेहरु गत वैशाख ५ र ९ गते...

प्रदेश १ मा आज १७ संक्रमित थपिए, ४९ डिस्चार्ज

विराटनगर २४ असार–प्रदेश १ माआज १७ जनाकोरोनासंक्रमितथपिएका छन् । आज मोरंङमा ३, झापामा ७, सुनसरीमा २, ते¥हथुममा १, ताप्लेजुङ र इलाममा २÷२ जनामा संक्रमण देखिएको छ । सामाजिकविकास मन्त्रालयकाअनुसार मोरङको लेटाङमा एक पुरुष , धनपालथानमा...

माधवको गृहजिल्ला रौतहटमै रित्तिने अवस्थामा पुग्यो नेकपा एस

रौतहट, मंसिर ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको गृहजिल्ला रौतहटका चर्चित नेता बुधाई खाँ नेकपा एमालेमै फर्कनुभएको छ । आज आयोजित एक कार्यक्रममा एमाले नेता प्रभु साहले खाँलाई एमाले प्रवेश गराउनु भएको हो ।...

कोरोना जितेकी प्रसिद्धी भन्छिन्- मेरो रगत कोरोनाका बिरामीलाई दिनेछु

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा शनिबार छुट्टै माहोल बन्यो । कारण– कोरोना भाइरस संक्रमित प्रसिद्धी श्रेष्ठको डिस्चार्च ।उनी २७ दिनपछि कोरोना जितेर टेकु अस्पतालबाट डिस्चार्ज भएकी हुन् । ‘डाक्टरहरुलाई धन्यवाद,’ डिस्चार्जपछि उनले भनिन्, ‘मेरो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्