आज देशभर ७०७ जनामा कोरोना पुष्टि

 न्यूज विराट
आज देशभर ७०७ जनामा कोरोना पुष्टि

काठमाडौं, ४ भदौ-पछिल्लो २४ घण्टाको अवधिमा थप २६३ जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरबाट थप २६३ जना संक्रमणमुक्त भएर घर फर्किएको जानकारी दिए ।

उनका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार ९६४ पुगेको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणमुक्त हुने दर ६१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकाका २०० जनासहित देशभर थप ७०७ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ । यीमध्ये ११ हजार ५५५ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ८ हजार ८३ संस्थागत आइसोलेसनमा रहेका छन् भने ३ हजार ७७२ जना होम आइसोलेसनमा छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ११ हजार ८३२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म कुल ५ लाख ६६ हजार २२० जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । देशभरका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ७६८ रहेको मन्त्रालयको तथ्यांक छ ।

सम्बन्धित समाचार

ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तुमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मंगलबार बिहान बुद्धभूमि नगरपालिका-३, रनगाईमा लु ४ त २४०२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा स्थानीय वर्ष ४८ की शिवकुमारी थारु र १६ वर्षीय फुल कुमारी...

कोशी प्रदेश सरकारविरुद्धको रिट तेस्रो दिन पनि हेर्न नभ्याइनेमा

काठमाडौं । कोसी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ । यसअघि, दुईपटक सुनुवाइ तोकिएको भए पनि हेर्न...

कोरोनाले छेक्यो सिरुवा पर्वको रौनक

विराटनगर, १ वैशाख-नयाँ वर्षको आगमनसँगै तराईका विभिन्न जिल्लामा सिरुवा पर्वको अवसरमा लाग्ने मेला यस वर्ष कोरोना भाइरसको जोखिमका कारण नलाग्ने भएको छ । सिरुवा पर्वमा जुड शीत्तल मनाउने र आफ्ना खेतबारीमा रहेका बोट बिरुवामा पानी...

डा. पाण्डेको ‘जीवनको अभिनन्दन’ विराटनगरमा विमोचन

विराटनगर, २९ असार । अग्रज साहित्यकार डा. ज्ञानु पाण्डेद्वारा लिखित ‘जीवनको अभिनन्दन’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । प्रतिभा पुरस्कार प्रतिष्ठानले बुधबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । प्रदेश नम्बर १...

होटल ह्यारिसनमा ‘हाट बजार’ मेला सुरू

विराटनगर । विराटनगरस्थित होटल ह्यारिसनमा ‘हाट बजार’ मेला सुरू भएको छ । जैन इन्टरनेशल टे«ड अर्गनाइजेसन (जितो) को आयोजनामा विराटनगरमा एक दिने हाटबजार मेला बिहीबार लागेको हो । उक्त मेलाको उद्घाटन विराटनगर महानगरपालिका प्रमुख नागेश...

उपचार गर्न पाउनुपर्ने माग राख्दै कैदीबन्दीले गुहारे सरोकारवाला

विराटनर । मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक दर्जन कैदीबन्दीहरुले उपचारको माग राखेका छन् । मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले कैदीबन्दीको उपचारमा चासो नदेखाएपछि उनीहरुले उपचारमा सहजिकरण गरिदिन सरोकारवाला निकायसँग माग राखेका हुन् ।...

कोशी अस्पतालबाट कैदी फरार प्रकरण : डिएसपीको नेतृत्वमा छानविन समिति गठन

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालबाट एक जना कैदी फरार भएको घटनाको अनुसन्धान गर्न मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतको नेतृत्वमा छानविन समिति गठन भएको छ । डियुटिमा रहेका दुई जना प्रहरीलाई निलम्बन गरेर छानविन...

आईपीएल : हैदराबादलाई ८ विकेटले हराउँदै दिल्ली शीर्ष स्थानमा

एजेन्सी, ७ असोज । इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गरेकाे छ । गएराति दुबईमा भएको खेलमा हैदराबादले दिएको १ सय ३५ रनको लक्ष्य दिल्लीले १७ ओभर ५ बलमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्