देशभर २४ घण्टामा थपिए ६८१ संक्रमित, १२० जना डिस्चार्ज

 न्यूज विराट
देशभर २४ घण्टामा थपिए ६८१ संक्रमित, १२० जना डिस्चार्ज

काठमाडौं, ३ भदौ-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

आज थपिएका संक्रमितसँगै देशभर कुल संक्रमितको संख्या २८ हजार ९३८  पुगेको छ । यीमध्ये ११ हजार ११८ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये ७ हजार ९८७ संस्थागत आइसोलेसनमा रहेका छन् भने ३ हजार १३१ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा थप १२० जना कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १७ हजार ७००  पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टाको अवधिमा थप ११ हजार ५२२ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म कुल ५ लाख ५४ हजार ३८८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । बुधबारसम्म देशभरका विभिन्न स्थानमा निर्माण गरिएका क्वारेन्टाइनमा रहनेको संख्या  १३ हजार ५७१ रहेको छ ।

सम्बन्धित समाचार

सोती घटना : थुनछेक बहस सुरू, पहिलो दिन ५ सरकारी वकिलको बहस 

रुकुम, ५ असार-सोती घटनाका अभियुक्तमाथि थुनछेक बहस सुरु भएको छ । पक्राउ परेका सबै अभियुक्तको बयान बिहीबार सकिएपछि आजदेखि रुकुम अदालतमा थुनछेक बहस सुरु भएको हो । सोमबार, मंगलबार, बुधबार र बिहीबार पक्राउ परेका सबै...

रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालन गर्न पाइने

काठमाडौं, २३ माघ । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले रात्रिकालीन व्यवसाय राति १० बजेसम्म सञ्चालनका लागि अनुमति दिएको छ । डान्स बार, दोहोरी, नाचघर, क्लब, सिनेमा हल, जिम खाना, स्विमिङ पुल तथा फुटसल १...

देउवा–प्रचण्डबीच खटपट सुरु : देउवानै भन्न थाले-प्रचण्डकोपछि बेकार लागिएछ

काठमाडौँ, साउन २९ । प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खटपट सुरु भएको छ। पार्टीको बैठकमा नै देउवाले प्रचण्डकोपछि बेकार लागिएछ भनेर उदासीनता देखाउन थालेको स्रोतले खुलायो । देउवाले...

पत्रकार रजकको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध विराटनगरमा पनि प्रदर्शन

विराटनगर । पत्रकार सुरेश रजकको हत्या र आमसञ्चार माध्यममाथि भएको आक्रमणको विरोधमा मोरङका पत्रकारहरू आन्दोलित भएका छन्। शुक्रबार, राजावादीहरूको प्रदर्शनका क्रममा एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकमाथि आक्रमण भएको थियो। रजकले समाचार संकलनका लागि भिडियो खिचिरहेको...

ग्रेडेड स्कुलमा परीक्षाफल प्रकाशनसँगै विज्ञान प्रदर्शनी

विराटनगर । विराटनगर ८मा अवस्थित ग्रेडेड स्कुलले विद्यालय परिसरमा दितिय त्रैमासिक परीक्षाको नतिजासँगै चित्रकला ,हस्तकला र विज्ञान प्रदर्शनी गरेको छ। विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजित गर्दै विज्ञानका विभिन्न सामग्रीहरू जस्तै रोबोटिक कार , हाइड्रोलिक क्रेन र...

विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह

काठमाडौँ,  १२ असोज-गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको...

शुक्रबारदेखी सुरुहुने विराट एक्स्पोको तयारी पुरा, १ अर्वको कारोबार हुने अनुमान

विराटनगर, फागुन २९–आगामी फागुन २ गतेदेखि विराटनगरमा शुरु हुने विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ । स्थानीय उत्पादनको प्रवद्र्धन र लगानी मैत्री वातावरण निर्माण गर्ने उद्देश्यले आयोजना हुने लागेको विराट एक्स्पो कृषि तथा औद्योगिक...

अस्पतालमा रहेका प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड पुगे

अस्पतालमा भर्ना भएका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भेट्न अस्पताल गएका छन् । ओली अचानक स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार राति अस्पताल भर्ना भएका थिए । उनी...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्