रौतहट तस्कर र प्रहरीबीच झडप, १४ राउन्ड गोली चल्यो

 न्यूज विराट
रौतहट तस्कर र प्रहरीबीच झडप, १४ राउन्ड गोली चल्यो

काठमाडौं, २९ साउन-रौतहट तस्कर र प्रहरीबीच झडप भएको छ । भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका भन्ने सूचनाका आधारमा राँगा-भैँसी नियन्त्रणमा लिन गएको प्रहरी र राजपुर स्थानीयबीच  झडप हुँदा गोली चलेको छ ।

भारतीय सीमा जोडिएको रौतहटको राजपुर नगरपालिकाको कुडिया बजारमा चोर बाटोबाट राँगा-भैँसी ल्याइएका नियन्त्रणमा लिन खोज्दा तस्करहरूले अवरोध सिर्जना गरेपछि दुवै पक्षबीच झडप हुँदा गोली जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी भरत श्रेष्ठले जानकारी दिए । प्रहरी र स्थानीयबीच भएको झडपमा ४ जना प्रहरी घाइते भएको उनको भनाइ छ ।

राँगा-भैँसी राजधानीतर्फ लैजान तयार पारेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयको टोली उक्त स्थानमा पुगेको थियो । स्थानीय र भैँसी व्यापारीले प्रहरीको काममा अवरोध खडा गर्दै ढुंगामुढा गरेपछि स्थिति नियन्त्रणमा लिन ८ सेल अश्रुग्यास र १४ राउण्ड गोली हवाई फायर गरेको उनले बताए ।

यद्यपि, प्रहरीले स्थानीयको अवरोधका कारण राँगा-भैँसी नियन्त्रणमा लिन नसकेको प्रहरील जनाएको छ । तस्करहरूले झडपको फाइदा उठाउँदै राँगा भैँसी खेदाएर भागेकोर प्रहरीले फेला पार्न नसकेको एसपी खड्काले बताए । कोरोना संक्रमणका कारण बारामा निषेधाज्ञा लागू गरिए तापनि नेपाल-भारत सीमा क्षेत्र तस्करहरू सक्रिय रहेन गरेको बताइएको छ ।

सम्बन्धित समाचार

नेपाललाई नयाँ पार्टी खोल्न सुझाउँदै बिजुक्छेले भने – गठबन्धनलाई सरकारको विरोध गर्ने अधिकार छैन

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भागवण्डामा भाग लिने प्रतिपक्षी गठबन्धनसँग सरकारको विरोध गर्ने नैतिक अधिकार नभएको बताएका छन् । मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे आज आफ्ना विचार सार्वजनिक गर्दै उनले सत्ताका लागि भागवण्डाको खेलमा...

विराट एक्पो : कृषिका फरक उत्पादनहरूमा उपभोक्ताको चासो

विराटनगर, फागुन ६–विराटनगरमा जारी विराट एक्स्पोमा कृषिका स्टलहरूमा राखिएका फरक  उपभोक्ताले चासो देखाएका छन् । एक्स्पोमा राखिएका एबोकाडो, खरायो, अर्गानिक तरकारी, चियालगायतका कृषि उपजमा उपभोक्ताको आकर्षण देखिएको छ । खरायो हेर्न र पाल्नका लागि जानकामरी...

‘विराट नर्सिङ होमको ल्याबले दिने रिपोर्ट सधैँ अब्बल हुन्छ’

विराटनगरस्थित विराट नर्सिङ होम भित्र रहेको विराट इन्टरनेशनल डाईग्नोष्टिक ल्याब प्रालि अन्तर्राष्ट्रिय मान्यता प्राप्त ल्याव हो । बायोर्याडसँग आवद्ध भएर सर्टिफाइड प्रयोगशाला भएकोले गुणस्तरीय सेवाप्रति पछिल्लो समय सर्वसाधारणको विश्वास बढेर गएको छ । विराटको प्रयोगशाला...

तेजस्वी सहकारीद्धारा रक्तदान कार्यक्रम, ३६ जनाले गरे रक्तदान

विराटनगर । विराटनगर – ५ मा रहेको तेजस्वी वचत तथा ऋण सहकारी संस्था लिमिटेड खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ ।नेपाल रेडक्रस सोसाईटी मोरङको प्राविधिक सहयोगमा विराटनगरमा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान...

विदेशमा रहेका १२ नेपालीमा कोरोना पुष्टि, २ जनाको मृत्यु

वैदेशिक रोजगारीमा रहेका र विदेशमा बसोवास गर्दै आएका १२ जना नेपालीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । ती १२ जनामध्ये २ जनाको मृत्यु भएको छ । यूएईमा २ जनालाई कोरोना भाइरस लागेको थियो...

‘सक्किगोनि’ आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने

काठमाडौं, ३० भदौ । हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ । हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल 'सक्किगोनि'का...

मोरङमा सोमबार विहानबाट मात्र मतगणना हुने

विराटनगर । मोरङमा सोमबारबाट मात्र मतगणना हुने भएको छ । निर्वाचन आयोगले रातिबाटै मतगणना सुरु गर्न निर्देशन दिएको भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार विहानबाट मात्र गणना सुरु गर्ने तयारी गरेको हो । मोरङको उत्तरी...

बेलायती नागरिक लिन आज चार्टर विमान आउँदै

नेपालमा रहेका बेलायती नागरिक बुधबार (आज) फर्कंदै छन् । बेलायती नागरिक लैजानका लागि बुधबार दिउँसो १२ बजे टाइटन एयर काठमाडौं आउँदै छ । उक्त एयरले चार्टर उडान गर्न नागरिक उड्डयन प्राधिकरणबाट अनुमति लिएको छ ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्