राष्ट्र बैंकका १ कर्मचारीमा पनि कोरोना संक्रमण

 न्यूज विराट
राष्ट्र बैंकका १ कर्मचारीमा पनि कोरोना संक्रमण

काठमाडौं, २८ साउन-नेपाल राष्ट्र बैंकका १ कर्मचारीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

सोही विभागमा कार्यरत एक कर्मचारीले एक जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरे । ती कर्मचारीका अनुसार संक्रमित व्यक्ति आफैँले परीक्षण गराएका थिए । उनी ५ दिनदेखि अफिस आएका थिएनन् । उनीमा लक्षण पनि देखिएको थिएन । आज थाहा भएपछि २५ जनाको परीक्षण गरिएको छ । सबैको परीक्षण गर्ने निर्णय भएको छ । प्रशासनका तर्फबाट विभाग सिल गरिएको नगरिएको बताइएको छ ।

पछिल्लो समय सरकारी कार्यालयहरूमा गरिएको स्वाब परीक्षणका क्रममा कर्मचारीहरूमा पनि कोरोना देखिन थालेको छ । यसअघि अध्यागमन विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी प्रधान कार्यालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका कार्यालयहरू सिल गरिएका छन् ।

सम्बन्धित समाचार

अदालतले गराइदियो प्रचण्ड–माधवको डिभोर्स

प्रधानमन्त्री केपी ओलीविरुद्ध संघर्षमा सँगै उभिएका पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल छुट्टिएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँतिएको निर्णय गरेसँगै प्रचण्ड र नेपाल अलग्गिएका हुन् । २४ फागुनमा पेरिसडाँडामा स्थायी कमिटी बैठक राखेर...

मुक्तिनाथ दाहाल आत्महत्या प्रकरण : प्रशासनले झुक्याएको परिवारको आरोप

विराटनगर, २२ असोज-मोरङको उर्लाबारी– ५ निवासी मुक्तिनाथ दाहालको आत्महत्या प्रकरण थप चर्कंदै गएको छ । प्रशासनले भाइ मदन दाहालले दिएको दुरुत्साहन मुद्दा प्रहरीले दर्ता नगरेपछि परिवार आक्रोसित भएको छ । इलाका प्रहरी कार्यालय दमकमा दिएको...

नेकपा सांसदलाई स्पष्ट एकरूपता देखाउन प्रधानमन्त्रीको लिखित निर्देशन

काठमाडौं, २७ वैशाख-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् अधिवेशनमा सक्रिय समझदारीपूर्ण अघि बढ्न पार्टीका सबै सांसदलाई अनुरोध गरेका छन् । शुक्रबार पार्टीका सांसदहरूलाई लिखित निर्देशन दिँदै उनले एकताबद्ध प्रयासका...

नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार छु : प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् । पार्टी कार्यालय धुम्बाराहीमा स्थायी समितिको बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले आफू नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण गर्न तयार...

चीनमाथि अमेरिकी धम्कीपछि आईएमएफले दियो चेतावनी

एजेन्सी, बैशाख २७-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले वैश्विक अर्थव्यवस्थामा आउने गिरावटबारे यसअघि गरिएको अनुमान अझै कम हुने संकेत दिएको छ । आईएमएफले चीन र अमेरिकालाई पुनः व्यापारिक युद्धमा नअल्झन चेतावनी दिँदै यसबाट कोरोना भाइरस (कोभिड–१९)...

आज १५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, २७ कात्तिक-गत २४ घण्टामा देशभर १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...

इराकमा ३०० जनाकाे ज्यान जाने गरी भएकाे घातक विस्फाेटका मास्टरमाइन्ड पक्राउ

इराकको राजधानी बगदादमा सन २०१६ मा भएको आत्मघाती विस्फोटका मास्टरमाइन्ड पक्राउ परेका छन् । यो विस्फोटमा ३०० जनाको मृत्यु भएको थियो । इराकका प्रधानमन्त्री मुस्तफा अल–कदीमीले इस्लामिक स्टेटका चरमपन्थी गजवान अल–जावबेलाई देश बाहिर एक खुफिया अपरेशनमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्