जनकपुरका मेयरका छोरीज्वाइँसहित ३ जनामा कोरोना

 न्यूज विराट
जनकपुरका मेयरका छोरीज्वाइँसहित ३ जनामा कोरोना

काठमाडौं, २२ साउन-धनुषाको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर शाहकी छोरी, ज्वाइँ र पीएमा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू तीनै जनालाई लक्ष्मीनिया गाउँपालिकाको सपही आइसोलेसनमा भर्ना गरिएको छ । छोरी ज्वाइँ र पीएलाई कोरोना संक्रमण देखिएपछि मेयर साह होम क्वारेन्टाइनमा बसेका छन् । 

जनकपुरधाम उपमहानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएपछि उनी पनि आइसोलेसनमा भर्ना भएका छन् । लकडाउन खोलेर सबै गतिविधि सामान्य बनाइएपछि देशभर कोरोना संक्रमितको संख्या उच्च दरमा वृद्धि भएको छ ।

सम्बन्धित समाचार

आरागन होटेल स्कूलले गर्यो एकै दिन विदाई तथा स्वागत

विराटनगर । विराटनगर – १० स्थीत सन्सारी माइस्थान मन्दिर नजिकै रहेको आरागन होटेल स्कूल तथा कोशी विद्या मन्दिरको प्लस टु होटेल मेनेजमेन्टले कलेजबाट विदाई गर्दै कलेजमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गरेको छ । आरागनको...

पहिराेमा पुरिएकामध्ये ६ जनाको शव भेटियाे

पर्वत, ३२ जेठ-पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ मध्ये ६ जनाको शव भेटिएको छ भने अझै तीन बेपत्ता छन् । घरभन्दा माथिबाट आएको पहिरोले २ घर पुरिँदा २ परिवारका ९ जना पुरिएका...

विराटनगरमा युवा अभियानद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण

विराटनगर, ३० जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्ने समुदायलाई हातमुख जोड्न समस्या भएको अवस्थामा रहेकाहरुलाई शनिबार विराटनगरमा खाद्यान्न वितरण गरिएको छ । युवा अभियान समूह विराटनगर र नटराज एग्रो प्रालिद्वारा विराटनगर –११...

मोरङ व्यापार संघका कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित

विराटनगर, २० पुस । मोरङ व्यापार संघको कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेद्वारी दर्ता गर्ने समयसीमा सकिँदा संघको ३३ औँ कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ...

सरकारले दियो निर्वाचनसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति

काठमाडौं, १६ पुस । सरकारले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ । मन्त्रिपरिषद्को १४ पुसमा बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी विधेयक...

विराटनगरको गोदाममा प्रहरीको छापा

विराटनगर, २५ मंसिर–विराटनगर–९ जलजलामोडस्थित एक गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा प्रहरीले छापा हानेर करिब ७६ पोकाभन्दा...

कोशी प्रदेश सरकारले बुधबार ल्याउँदै नीति तथा कार्यक्रम

विराटनगर । कोशी प्रदेश सरकारले बुधबार आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति तथा कार्यक्रम ल्याउने भएको छ । विराटनगरस्थित प्रदेश सभा भवनमा बुधबार दिउँसो १ बजे प्रदेश प्रमुख पर्शुराम खापुङ्गले नीति तथा कार्यक्रम प्रस्तुत...

नेप्सेमा उच्च अङ्कको गिरावट, बजार पूँजीकरण घट्यो

काठमाडौं, फागुन १३-धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार ओरालो लागेपछि बजार पूँजीकरणमा उच्च अङ्कमा गिरावट देखिएको छ । झण्डै मुलुकको कूल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर पुगेको बजार पूँजीकरणमा ठूलो गिरावट आएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्