विराटनगरको गोदाममा प्रहरीको छापा - News Birat

विराटनगरको गोदाममा प्रहरीको छापा

न्यूज विराट

विराटनगर, २५ मंसिर–विराटनगर–९ जलजलामोडस्थित एक गोदाममा प्रहरीले छापा मारेर ठूलो परिमाणमा कपडा बरामद गरेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरीले टोलीले बिहीबार दिउँसो कपडाको व्यापार गर्ने ‘वाइट हाउस’को गोदाममा प्रहरीले छापा हानेर करिब ७६ पोकाभन्दा बढी कपडा बरामद गरेको हो ।

भारतबाट तस्करी गरि अवैध रूपमा कपडा ल्याएर भण्डारण गरिएको जानकारी पाएपछि प्रहरीले कपडा बरामद गरेको हो । मोरङ प्रहरीका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा खटिएको प्रहरी टोलीले गोदामा छापा हानेर सो परिमाणको कपडा बरामद गरेको हो ।

बरामद भएको कपडा प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ । कपडा बरामद गरेपछि प्रहरीले अहिले थप अनुसन्धान सुरु गरेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles