विराटनगरमा युवा अभियानद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण - News Birat

विराटनगरमा युवा अभियानद्वारा दुई सय परिवारलाई खाद्यान्न वितरण

न्यूज विराट

विराटनगर, ३० जेठ । निषेधाज्ञाको अवधिमा दैनिक मजदुरी गरी जीवनयापन गर्ने समुदायलाई हातमुख जोड्न समस्या भएको अवस्थामा रहेकाहरुलाई शनिबार विराटनगरमा खाद्यान्न वितरण गरिएको छ ।

युवा अभियान समूह विराटनगर र नटराज एग्रो प्रालिद्वारा विराटनगर –११ विपन्न समूदायका दुई सय जनालाई निःशुल्क खाद्यान्न वितरण गरिएको छ।

प्रदेश नं १ निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेकपा एमाले (नेपाल खनाल समूह)का केन्द्रीय सदस्य महेश रेग्मी, नगर अध्यक्ष पारुल क्षेत्री, अभियानका अभियान्ताहरु संजय विक , राम सुव्वा र भुवन कट्टेलले नागरिकले भोको पेट नसुत्नुस परोस भन्नका लागि अभियानले खाद्यान्न सहयोग एवं समस्या परेकाहरुले सम्पर्क गरेमा घरमा खाद्यान्न पुर्याउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

अभियानले निषेधाज्ञाको समयमा विराटनगरका विभिन्न वडाहरुमा खाद्यान्न वितरण गर्नुका साथै दैनिक मजदुरी गर्नेलाई निशुल्क खाना खुवाउँदै आएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles