मोरङ व्यापार संघका कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित

 न्यूज विराट
मोरङ व्यापार संघका कार्यसमिति सदस्यहरु निर्विरोध निर्वाचित

विराटनगर, २० पुस । मोरङ व्यापार संघको कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । उम्मेद्वारी दर्ता गर्ने समयसीमा सकिँदा संघको ३३ औँ कार्यसमितिका सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

कार्यसमितिमा ८ जना उद्योगतर्फ र वाणिज्यतर्फ ८ जनाले मात्रै उम्मेद्वारी दर्ता गराएका थिए । वाणिज्यतर्फ देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी, संजय श्रेष्ठ, अनिल कुमार साह, विनित सिंघानिया, सुशिल सुराना, राजेश अग्रवाल निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै उद्योगतर्फ नवीन रिजाल, आशिष जाजु, दिपेश सुवेदी, अमित सारडा, अनुपम राठी, विकास कुमार बेगवानी, पवन राठी र अनिल सारडा रहेका छन् । कार्यसमिति निर्विरोध भएसँगै पदाधिकारी पनि सहमतिमै चयन गर्ने तयारी भइरहेको जनाइएको छ ।

व्यापार संघको संशोधित नियमावली अनुसार पदाधिकारीमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उद्योग र वाणिज्यबाट उपाध्यक्ष १÷१ जना, महासचिव १, सचिव १ र कोषाध्यक्ष १ गरी ७ जना रहनेछन् ।

सम्बन्धित समाचार

कोरोना महामारीले १० प्रतिशत पत्रकार बेरोजगार

काठमाडौं, ५ असोज-कोरोना महामारी र बन्दाबन्दीले १० प्रतिशत पत्रकार बेरोजगार भएका एक अध्ययन प्रतिवेदनले देखाएको छ । ९ प्रतिशतको तलब कटौती भएको र २० प्रतिशत पत्रकारले तलब पाउन सकेका छैनन् । एक तिहाइले चार महिनादेखि...

झापामा कोरोना संक्रमणको आशंका

भद्रपुर, २ चैत–झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक...

कोभिड खोप आयातका लागि समयमै गृहकार्य थाल्न अपिल

नागरिक अगुवाले कोभिड- १९ विरुद्धको खोप छनोट र आयातदेखि वितरणको प्राथमिकता निर्धारणसम्म गर्दा पारदर्शी विधि र प्रक्रिया अपनाउन सरकारलाई अपिल गरेका छन् । आज १० जना नागरिक अगुवाले संयुक्त विज्ञप्ति जारी गर्दै कोभिड- १९ विरुद्धको...

शुक्रबार २९०९ संक्रमित थपिए, ४५०० जना डिस्चार्ज

काठमाडौं, २१ कात्तिक-पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप २ हजार ९ सय ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज थपिएकासहित कुल संक्रमितको संख्या १ लाख ८८ हजार ८८ सय ३ पुगेको छ...

कोरोना संक्रमित बालिकाको सम्पर्कमा रहेका १ सय १ जनाको स्वाब संकलन

धनगढी, ३१ वैशाख-बर्दियाकी कोरोना भाइरस संक्रमित बालिकाको सम्पर्कमा रहेका कैलालीका १ सय १ जनाको स्वाब संकलन गरिएको छ ।बर्दियाको राजापुर नगरपालिका-५ की ११ बर्षिया बालिकामा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएकाहरूको मंगलबार स्वाब परीक्षण गरिएको...

प्रिमियर लिगका खेलाडीलाई सानो समूह बनाएर प्रशिक्षण गर्न दिने तयारी

एजेन्सी, जेठ ५-इंग्लिस प्रिमियर लिगका क्लबहरूले यस सातादेखि आफ्ना खेलाडीहरूलाई सानो समूहमा प्रशिक्षणका लागि स्वीकृति दिने तयारी गरेका छन् । हालसम्म खेलाडीहरूले एक्लै प्रशिक्षण गर्दै आएका छन् । आगामी १२ जुनदेखि प्रिमियर लिग सुरु गर्ने...

औषधि व्यवसायी संघ मोरङको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण

विराटनगर । नेपाल औषधि व्यवसायी संघ मोरङका नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।बुधबार विराटनगरमा एक कार्यक्रम आयोजना गरी दोस्रो अधिवेशनबाट निवार्चित भएका कार्यसमिति सदस्सयहरुले पदभार ग्रहण गरेका हुन् । २८ पुसमा भएको संघको दोस्रो...

विराट गोल्डकप फागुन १९ गतेबाट, यस्ता छन् गोल्डकप खेल्ने १० टिम

विराटनगर । विराटनगरको ऐतिहासिक ९ औं संस्करणको विराट गोल्डकप यही फागुन १९ गतेबाट सुरु हुने भएको छ । विराटनगरको सहिद रंगशालामा सोमबार पत्रकार सम्मेलन गरी फागुन १९ देखि २८ गतेसम्म फ्लडलाइट्सको माध्यमबाट रात्रिकलीन फुटबल प्रतियोगिता...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्