झापामा पीसीआर प्रयोगशाला

 न्यूज विराट
झापामा पीसीआर प्रयोगशाला

झापा, २१ साउन-मेची अस्पताल भद्रपुरमा स्थापना भएको कोभिड–१९ को परीक्षण गर्ने पीसीआर प्रयोगशालाको आज उद्घाटन भएको छ । संघीय सांसद पवित्रा खरेल र प्रदेश-१ की सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले संयुक्तरूपमा सो प्रयोगशालाको उद्घाटन गरे ।

प्रदेश-१ सरकारको सहयोगमा मेची अस्पतालमा स्थापना भएको पीसीआर प्रयोगशालाले १ चक्रमा ९० जनाभन्दा बढीको स्वाबको नमूना परीक्षण गर्ने नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले बताए ।

सञ्चालनमा आएको प्रयोगशालाले सोही अस्पतालको आइसोलेसनमा उपचारारत ५ जना कोभिड–१९ का सङ्क्रमितको स्वाब परीक्षण गरेको छ । यहाँ गरिएको परीक्षणको नतिजालाई पुनः परीक्षणका लागि प्रदेशको प्रयोगशालामा लगिने बताइएको छ ।

त्यस्तै, झापाको कनकाई नगरपालिकामा अर्को पीसीआर प्रयोगशालासमेत मेची अस्पतालकै मातहतमा छिट्टै सञ्चालनमा आउने भएको छ । अस्पताल विकास समितिले कनकाई नगरपालिकाले आर्थिक व्ययभार व्यहोर्ने गरी उक्त पीसीआर प्रयोगशालाको सञ्चालन र व्यवस्थापन आफैँले गर्ने सहमति भएको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट उपत्यकाका ६ सहित १४ को मृत्यु, ३९८ जना भेन्टिलेटर र आईसीयूमा

काठमाडौं, २४ असोज-कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टाको अवधिमा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा दुई महिला र १२ पुरुष संक्रमितको निधन भएको हो । कोरोना...

दोस्रो मिल्स भेट्रान्स गोल्डकप शनिबारबाट, उद्घाटनमा ग्रामथान र उर्लाबारी भिड्दै

विराटनगर जुट मिलको खेल मैदानमा हुने उक्त प्रतियोगिताको उद्घाटन खेलमा ग्रामथान भेट्रान्स र उर्लाबारी भेट्रान्स फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।  मिल्स भेट्रान्स फुटबल क्बल रानीले बिहीबार पत्रकार सम्मेलन गरी चैत १७ देखि २४ गतेसम्म हुने...

विराटनगरका सरसफाईकर्मी आन्दोलित

विराटनगर, ९ भदौ-कोरोना महामारीको बेला रोजगारी र पारिश्रमिक कटौती गरेको भन्दै विराटनगरका सरसफाईकर्मीहरु आन्दोलित भएका छन् । विराटनगर महानगरपालिका र वेष्ट म्यानेजमेन्ट गु्रपको संयुक्त साझेदारीमा सञ्चालित फोहोरमैला व्यवस्थापन तथा वातावरण संरक्षण कार्यक्रमअन्तर्गत कार्यरत १ सय...

धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै

धनकुटा, फागुन १६–धनकुटाका स्थानीयतहमा भ्रष्टाचार र अनियमितताको दर बढ्दै गएको अख्तियारको तथ्याङ्कले देखाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा दर्ता भएका धनकुटाका ५० मध्ये २५ वटा उजुरी स्थानीयतहका छन् । यी बाहेक शिक्षा,...

घूस माग्ने विद्युत् प्राधिकरणका सुपरभाइजरविरुद्ध मुद्दा

काठमाडौं, १ जेठ-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल सुपरभाइजर कैलाशप्रसाद दाहालविरुद्ध मुद्दा दायार गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा उनीविरुद्धको मुद्दा दायार गरेको हो । रत्नपार्क वितरण केन्द्रका इलेक्ट्रिकल...

बेलबारी गोल्डकप कार्तिक १५ गतेबाट : बिजेताले ८ लाख, उपबिजेताले ४ लाख पाउने

विराटनगर । मोरङको बेलबारीमा पाँचौँ संस्करणको बेलबारी बुद्ध एयर अन्तर्राष्ट्रिय अमान्त्रण गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । डाँगीहाट यूथ क्लबको आयोजनामा बेलबारी ११ लक्ष्मीमार्गस्थित लक्ष्मी माविको खेलमैदानमा गोल्ड कप हुने भएको हो ।...

इरान विमान दुर्घटनाः सरकारविरुद्ध सडकमा उत्रिए नागरिक

तेहरान, पुस २७–इरानी सेनाको मिसाइलबाट युक्रेनी विमान दुर्घटना भएको स्वीकार गरेसँगै इरानमा सरकारविरुद्ध प्रदर्शन सुरु भएको छ । रानीका नागरिकले पहिला आफ्नो हात नभएको भन्दै दाबीप्रति असुन्तुष्टि जनाएका छन् । विमान दुर्घटनामा इरानी सेनाको हात...

मोटरसाइकल र प्रेमिकाको विषयमा विवाद हुँदा साथीको हत्या 

पोखरा, २ असार-पोखराका एक युवाको हत्या भएको रहस्य खुलेको छ । नयाँ मोटरसाइकल किनेको खुसियालीमा साथीहरूलाई पार्टी दिने क्रममा बाइक र प्रेमिकाका बारेमा बढेको विवादले उग्र रूप लिएपछि सँगै पार्टीमा रमाएका साथीहरूले नै अमित रसाइलीको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्