राशिफल

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बात्ति बनाउने मेशिन वितरण

 न्यूज विराट
रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा बात्ति बनाउने मेशिन वितरण

विराटनगर, ५ मंसिर । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले बात्ति बनाउने मेशिन वितरण गरेको छ ।

रोटरी क्लब अफ विराटनगर डाउन टाउन र नेपाल महेश्वरी महिला संगठनको संयुक्त आयोजनामा तीनवटा बात्ति बनाउने मेशिन वितरण गरिएको हो ।

दुवै संस्थाले विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीको उपस्थितीमा विराटेश्वर वृद्धा आश्रम, बहिरा आश्रम र एउटा महिला समुहलाई एक÷एक वटा बात्ति बनाउने मेशिन वितरण गरेको हो ।

दुवै संस्थाको तर्फबाट कार्यक्रम संयोजक गिरिजा सारडा रहेकी थिइन् । बात्ति बनाउने मेशिन वितरण कार्यक्रममा रोटरी क्लब अफ विराटनगर डाउन टाउनकी अध्यक्ष संचिता जैन, नेपाल महेश्वरी महिला संगठनकी अध्यक्ष अनीता अटल, अनीता सारडा र सदस्यहरूलगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...