कोरोना संक्रिमत बढेपछि फेरि विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

 न्यूज विराट
कोरोना संक्रिमत बढेपछि फेरि विज्ञसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं, २० साउन-लकडाउन अन्त्य गरेको घोषणासँगै फेरि कोरोना संक्रमितको संख्या बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग छलफल गर्ने भएका छन् । केही स्थानमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएपछि अवस्था जटिल हुने भन्दै प्रधानमन्त्री ओलीले आज यस विषयामा विज्ञसँग छलफल गर्न लागेका हुन् । आज २० भन्दा बढी विभिन्न क्षेत्रका विज्ञसँग प्रधानमन्त्रीले छलफल गर्ने उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

लकडाउन घोषणा गर्नुअघि पनि प्रधानमन्त्री ओलीले गत १० चैतमा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझावअनुसार झण्डै ४ महिना लकडाउन गरिएको थियो ।

केही दिन यता संक्रमित कम थपिरहेको बेला सोमबार मात्रै ४ सय १८ जनाको पीसीआर पोजिटिभ आएको थियो । योसँगै देशभर संक्रमितको संख्या २० हजार ७ सय ५० पुगेको छ । जसमध्ये १४ हजार ९ सय ६१ जना डिस्चार्ज हुँदा ५७ संक्रमितको मृत्यु भएको छ ।

सम्बन्धित समाचार

इँटा उद्योगका ३ हजार भारतीय मजदुरको घर फर्कने चाहना

भद्रपुर, ३ वैशाख-झापाको इँटा उद्योगमा काम गरिरहेका ३ हजार जना भारतीय मजदुर बन्दाबन्दीका कारण घर फर्किन पाएका छैनन् । उनीहरु अहिले आफू कार्यरत इँटा उद्योगमै सतर्कता अपनाउँदै बसेका छन् । इँटा उद्योग सङ्घका जिल्ला अध्यक्ष...

मोरङको उर्लाबारीमा मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ

विराटनगर । मोरङको उर्लाबारीमा आफ्नै मामाको हत्या गरेको आरोपमा भान्जा पक्राउ परेका छन् । उर्लाबारी–८ का २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियार बाम्फोक दाउले टाउँकोमा प्रहार गरेर मामा ४२ वर्षीय काजी महराको हत्या गरेको प्रहरीले...

झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु

झापा, २१ कात्तिक-झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ । कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन...

२८ स्वास्थ्य सामग्रीको गुणस्तर र मापदण्ड तोकियो

काठमाडौं, २५ जेठ-नेपाल गुणस्तर तथा नापतौल विभागले स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) सहित २८ सामग्रीको गुणस्तर र मापदण्ड तोकेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको अध्यक्षतामा आज बसेको नेपाल गुणस्तर...

संघीय संसदबाट पद गुमाउने पहिलो सांसद बनिन् सरिता गिरी

काठमाडौं, २५ असार-संघीय संसद गठन भएपछि पहिलो पटक तत्कालीन समाजवादी पार्टीकी सांसद सरिता गिरी आजबाट औपचारिक रूपमा पदमुक्त भएकी छिन् । निशान छाप प्रकरणमा पार्टी निर्देशन उलङ्घन गरेपछि गत मंगलबार पार्टीबाट निष्कासनमा परेकी गिरीलाई आज...

पोखराका व्यवसायीले लकडाउन अवज्ञा गर्ने  

पोखरा, २१ जेठ-पोखरा उद्योग वाणिज्य संघले लकडाउनको खुकुलो नबनाए अवज्ञा गर्ने बताएको छ । संघले लकडाउन खुकुलो बनाउन माग गर्दै आफूहरूलाई अवज्ञामा उत्रन बाध्य नपार्न सरकारलाई आग्रह गरेको छ । संघले बुधबार आयोजना गरेको पत्रकार...

मोरंगमा भरुवा बन्दुक सहित एक जना पक्राउ

विराटनगर, १ असोर । मोरङ मिक्लाजुङ गाउपालिका ५ का  ४३ बर्षीय जगत बहादुर लिम्बुलाई भरुवा बन्दुक सहित पक्राउ गरिएको छ । हिजो दिनको पौने ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई उनकै घरमा...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनलाई विभिन्न २२ अवार्ड

विराटनगर, १२ आसार । विभिन्न सामाजिक कार्यहरु नियमित रुपमा गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउन उत्कृष्ट बनेको छ । शिक्षा, स्वास्थ्य, वातावरण संरक्षणलगायत विभिन्न सामाजिक कार्यमा निरन्तर काम गर्दै आएको डाउनटाउन यस वर्ष उत्कृष्ट...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्