झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु - News Birat

झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु

न्यूज विराट
झापा, २१ कात्तिक-झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ ।

कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन गरी परीक्षण गर्दा २ हजार ३ सय ६२ जना संक्रमित छन् । तीमध्ये निको भएर १ हजार ४ सय ४२ जना घर फर्किसकेको कार्यालयका फोकल पर्सन जीवन चौलागाइँले बताए ।

उनका अनुसार सबैभन्दा बढी ज्यान गुमाउने र संक्रमित हुनेको संख्या दमक नगरपालिकामा रहेको छ । दमकमा ५ सय ५८ कोभिड-१९ का संक्रमित छन् भने २० जनाले ज्यान गुमाइसकेका छन् ।

पन्ध्र स्थानीय तह रहेको जिल्लामा भद्रपुर नगरपालिकामा २ सय ९२, मेचीनगरमा २ सय  ७८, विर्तामोडमा ३ सय  ८७, कनकाईमा १ सय  ४१, अर्जुनधारामा ८४, गौरादहमा १ सय  ३, शिवसताक्षी नगरपालिकामा ५३, बुद्धशान्ति गाउँपालिकामा ४५, हल्दिबारीमा ३५, कचनकवलमा १४८, कमलमा १०५, गौरीगञ्जमा ४८, बाह्रदशीमा ४४ र झापा गाउँपालिकामा २९ रहेका फोकल पर्सन चौलागाईँले बताए ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles