दिवङ्गत आफन्तको सम्झनामा आज गाईजात्रा मनाइँदै

 न्यूज विराट
दिवङ्गत आफन्तको सम्झनामा आज गाईजात्रा मनाइँदै

काठमाडौं, २० साउन –भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ । 

आजका दिन १ वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिङ्गारी आ-आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।  राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जन श्रुति पाइन्छ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी छ। देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि उपत्यकामा यसको विशेष रौनक देखिने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न पनि भीडभाड कम गर्न सरकारले आह्वान गरेको छ।

कोरोनाका कारण भौतिक दूरी कायम गरेर चाडपर्व मनाउनुपर्ने अवस्था छ। भाद्र कृष्ण अष्टमीका दिनसम्म मनाइने यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणको करुण रसका गीतहरू पनि गाइन्छ।

गाईजात्रामा विकृतिका विरुद्ध हास्यव्यङ्ग्य 

व्यवस्थाप्रति व्यङ्ग्य गरेको भन्दै  १ पुस २०१७ मा शाही ‘कू’ पछि गाईजात्रामा पनि प्रतिबन्ध लागेको थियो। संस्कृतिविद् सत्यमोहन जोशी २०३३ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले महोत्सवका रूपमा झाँकी र हास्यव्यङ्ग्यसहित गाईजात्रा फेरि मनाउन थालेको सुनाउँछन्। हास्यव्यङ्ग्यले बुझ पचाएर जथाभावी गर्नेलाई सचेत गराउने र अनर्थकतामा सार्थकता झल्काउने उनको भनाइ छ।

जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमूना र काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छन्।

आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ। सार्वजनिकरूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको आयोजनासमेत हुन्छ। पत्रपत्रिकामा पनि सामाजिक कुरीतिलाई समेटेर हास्यव्यङ्ग्य अङ्क प्रकाशित गरिन्छ।

गाईजात्रा पर्व काठमाडौँ उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रविसे, त्रिशूली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा, पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको सहरमा धुमधामका साथ मनाइन्छ। गाईजात्राका अवसरमा आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिइएको छ।

सम्बन्धित समाचार

संखुवासभामा राष्ट्रिय परिचयपत्रको विवरण संकलन सुरु

संखुवासभा– संखुवासभामा राष्ट्रिय परिचयपत्र विवरण दर्ता संकलन सुरु भएको वितरण शाखाकी प्रमुख आशा जबेगुले जानकारी दिइन्। राष्ट्रिय परिचयपत्रका लागि साउन ३ देखि विवरण संकलन गर्न थालिएको हो। राष्ट्रिय परिचयपत्र वितरणका लागि दोस्रो चरणमा प्रदेश १...

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला...

अध्यागमनले दिने सेवा रोकियो

काठमाडौं, २६ साउन-अध्यागमन विभागले दिँदै आएको सेवा स्थगित गरेको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि विभागले सेवा नै रोकेको हो ।  विभागले जारी गरेको सूचनाअनुसार अर्को सूचना नआएसम्मका लागि विभागले दिँदै आएकाे हालको...

झापामा लकडाउन उलङ्घन गर्ने ३ सय ७ जना कारबाहीमा

झापा, ३० चैत-झापामा लकडाउन उल्लङ्घन गर्ने ३ सय ८ जनालाई प्रहरीले कारबाही गरेको छ ।जिल्लाका मुख्य शहरहरू धुलाबारी, काँकडभिट्टा, दमक, बिर्तामोड, शनिश्चरे, झिलझिले, चन्द्रगढीलगायतका स्थानमा ३ दिनभित्रमा प्रहरीले ३ सय ८ जनालाई कारबाही गरेको हो।...

प्रचण्डले केपी ओलीलाई लगाए ठगीकाे आरोप

नेकपा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी ओलीलाई ठग भनेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले जनतालाई ओलीले एकपछि अर्को मुद्दामा ठगेको आरोप लगाए । 'केपी ओलीजस्तो ठग नेतालाई मैले...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

 विराटनगर, १३ असोज । ईलामको ईलाम नगरपालिका १ नेपालटार स्थित मेची राजमार्गमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमानै मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ खुम्बेदिन का २३ बर्षीय राजेश नेपाल रहेका छन् । हिजो राती...

कोशी सरकारविरुद्ध सर्वोच्चको अन्तरिम आदेश

विराटनगर । कोशी प्रदेश सरकार गठनविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । बुधबार न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले दीर्घकालीन असर पर्ने कुनै पनि काम नगर्नु...

जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुन्छ : मन्त्री साह

शहरी विकासमन्त्री प्रभु साहले जुनसुकै हालतमा पनि निर्धारित समयमै निर्वाचन हुने उद्घोष गरेका छन् । रौतहटको गुजरा नगरपालिकामा आयोजित सडक उद्घाटन तथा पुल शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले सरकारले तोकेको आगामी १७ र २७ वैशाखमा...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्