महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना पक्राउ

 न्यूज विराट
महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति जसवन्त पौडेलसहित ६ जना पक्राउ

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति जसवन्त पौडेलसहित ६ विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

क्याम्पसमा तोडफोड गर्दै स्ववियु निर्वाचन कार्यालयको ताला फोडेर प्रवेश गर्न लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।

प्रहरी नियन्त्रणमा रहेकामा विराटनगर महानगरपालिका–१० बस्ने २८ वर्षीय स्ववियु सभापति जसवन्त पौडेल, विराटनगर महानगरपालिका–३ बस्ने २७ वर्षीय स्ववियु सचिव सनिम ठकुरी छन् । यसैगरी, विराटनगर–१२ बस्ने २७ वर्षीय स्ववियु सदस्य रोशनकुमार पासवान, विराटनगर–१२ कै २८ वर्षीय विद्यार्थी प्रज्वल अधिकारी, विराटनगर–७ बस्ने २० वर्षीय विद्यार्थी नवीन तिवारी र विराटनगर–१ बस्ने १९ वर्षीय विद्यार्थी खड्का छन् ।

उनीहरूले स्ववियु कार्यालयअगाडि आई कुर्सी, सूचनापाटी तोडफफोड गरेको प्रहरीले जनाएको छ । महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ ९नेविसंघ० मा विवाद छ । महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ । इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ ।

सम्बन्धित समाचार

पहुँच र पावरको भरमा मात्र योजना छनौट नहोस् : सांसद मण्डल

विराटनगर, बैशाख १९–पूर्वमन्त्री तथा प्रतिनिधसभाका सदस्य शिवकुमार मण्डलले पहुँच र पावरका आधारमा मात्र योजना छनौट नगर्न सरकारलाई सुझाव दिएका छन् । आगामी बजेटको विषयवस्तुमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सांसदहरुसँग भएको छलफलमा उनले यस्तो बताएका...

पर्सामा २ सेनाका जवानसहित थप ५ जनाले जिते कोरोना

जनकपुरधाम, २२ जेठ-वीरगञ्जको विशेष कोरोना अस्पतालबाट कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाई जितेर आज ५ जना घर फर्किएका छन् । योसहित प्रदेश २ बाट कोरोना जित्नेको संख्या १ सय ९ पुगेको छ । आज पर्साको जिराभवानी...

नेकपा (एमाले) मोरङको एकै पटक १५८ वडामा आज वडा अधिवेशन हुँदै

विराटनगर, ६ कात्तिक । नेकपा एमाले मोरङको शनिबार जिल्लाका १५८ वटै वडामा एकैपटक वडा अधिवेशन हुदैछ । सुनवर्षी नगरपालिका ६ मा बाहेक जिल्लाका सबै वडामा शनिबार अधिवेशन भइरहेको नेकपा (एमाले) मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले जानकारी...

कोरोना संक्रमणबाट प्रदेश १ मा एकैदिन २२ जनाको मृत्यु

काडमाडौं, १९ जेठ । प्रदेश १ मा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा ९ महिला र १३ जना पुरुषको मृत्यु भएको हो । मृतकमध्ये सबैभन्दा बढी मोरङका ८...

यी हुन नेकपा (एमाले) मोरङको ९ औँ अधिवेशनबाट सर्वसम्म निर्वाचित पदाधिकारी तथा सदस्य

विराटनगर, २९ पुस । एमाले मोरङको नौ जिल्ला अधिवेशनबाट छनौट भएका जिल्ला सदस्यहरुको नामवाली बुधबार सार्वजानिक गरिएको छ । अधिवेशनको हलबाट पदाधिकारी सर्वसम्मत भएपनि बाँकी जिल्ला सदस्यहरुको नाम टुङ्गो लाग्न सकेको थिएन । तर मनोनय...

रानी मिनी महोत्सवमा चर्चित कलाकार अन्जु कुश्मी आउने, प्रणय– दिवसमा धमकेदार प्रस्तुती दिइने

विराटनगर । विराटनगर १५ गौतम बुद्ध स्कुल अगाडी सुरु भएको रानी मिनी महोत्सवमा चर्चित  चर्चित गायिका तथा मोडल अन्जु कुश्मीको प्रस्तुती रहने भएको छ । फागुन २ गते प्रणय – दिवसको दिन उनले उक्त महोत्सवमा...

चिनियाँ प्रतिनिधिमण्डलले भेट्यो बाबुराम भट्टराईलाई

काठमाडौं, १३ पुस-नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईसँग आज साँझ ६ बजे चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उपमन्त्री गुओ...

प्रदेश १ मा १ सय १९ संक्रमित थपिए

विराटनगर, ५ असोज–२४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । ताप्लेजुङ, सुनसरी र झापाका एक÷एक महिलाको मृत्यु भएको हो । योसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या ५६ पुगेको छ...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्