प्रदेश १ मा शनिबार १९ संक्रमित थपिए, २५ जना डिस्चार्ज

 न्यूज विराट
प्रदेश १ मा शनिबार १९ संक्रमित थपिए, २५ जना डिस्चार्ज

विराटनगर, १७ साउन-प्रदेश १ मा शनिबार १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश-१ सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश १ मा शनिबार झापाको विर्तामोडका १ पुरुष र १ महिला तथा इलामका १७ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार पुष्टि भएकासँगै प्रदेश १ मा ८ सय ७५ पुरुष र १ सय ६९ महिला गरि कुल संक्रमितको संख्या १ हजार ४४ पुगेको छ ।

नमुना संकलनका आधारमा प्रदेश १ को झापा जिल्लाका सबैभन्दा बढी ३ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी मोरङका ३ सय १४, सनसरीका १ सय ४०, धनकुटाका १६, भोजपुरका ६, खोटाङका ८, उदयपुरका ८५, सोलुखुम्बुका ७, संखुवासभाका ५, तेह्रथुमका ७, इलामका ५८, पाँचथरका ५, ताप्लेजुङका ७, ओखलढुंगाका १७ र अन्यका एकजनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेस मेहताले जानकारी दिए ।

उनका अनुसार प्रदेश १ मा शनिबार २५ जना कोरोना संक्रमण मुक्त भएका छन् । शनिबार झापाका ७, मोरङका ५, सुसनसरी र धनकुटाका ३/३, सोलुखुम्बु र इलाममा १/१ तथा ओखलढुंगाका ५ पुरुष संक्रमणमुक्त भएर घर फर्किएका हुन् । शनिबार डिस्चार्ज भएकासँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ८ सय १४ पुगेको छ । झापाका ३ सय १२ जना, मोरङका २ सय ९, सुनसरीका १ सय ११, धनकुटाका १४, भोजपुरका ६, खोटाङका ११, उदयपुरका ७७, सोलुखुम्बु र संखुवासभाका ५/५, तेह्रथुमका ७, इलामका २६, पाँचथरका ६, ताप्लेजुङका ७, ओखलढुंगाका १६ र अन्यका २ जाना उपचार पनि कोरोना संक्रमणमुक्त भएर घर फर्किएका हुन् ।

मन्त्रालयका अनुसार हाल प्रदेश १ मा कोसी अस्पताल कोभिड–१९ उपचारकेन्द्रको आइसोलेसनमा ६० जना, पूर्वाञ्चल विश्वविद्यालयस्थित गोठगाउँमा कोभिड–१९ अस्पतालमा ८७, सुनसरीको धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३७, उदपुरको चौदण्डीगडीस्थित आइसोलेनमा ६ जना, खोटाङको जिल्ला अस्पताल अस्थायी केन्द्रमा एक जना र ताप्लेजुङको अस्थायी केन्द्रमा ४ जना उपचाररत रहेका छन् ।

प्रदेश १ मा हालसम्म १ जनाको मात्र मृत्यु भएको छ । शनिबारसम्म प्रदेश १ मा ४३ हजार ७ सय २७ जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये ४२ हजार ६ सय ८३ जनाको रिपोर्ट नेगेटिभ आएको सामाजिक विकास मन्त्रालयले जानाएको छ ।

सम्बन्धित समाचार

क्यानाडा र बेलायतका विदशेमन्त्रीसँग परराष्ट्रमन्त्री ज्ञवालीको टेलिफोन वार्ता

काठमाडौं, ३० जेठ-परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने र बेलायतका विदेश राज्यमन्त्री लर्ड अहमदसँग बेग्लाबेग्लै टेलिफोन वार्ता गरेका छन् । वार्तामा मन्त्रीत्रयबीच कोभिड-१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह...

विराटनगर ट्रक व्यवसायी संघको पदस्थापन, अध्यक्षमा लोकनाथ पोखरेल

विराटनगर । विराटनगर ट्रक व्यवसायी संघको अध्यक्षमा लोकनाथ पोखरेल निर्विरोध निर्वाचित भएका छन् । संघको ३१ औं वार्षिक साधरण सभा तथा १६ औं अधिवेशनबाट पोखरेल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । समितिको उपाध्यक्षमा संजीव सिग्देल,...

काेराेना संक्रमणबाट प्रदेश २ मा ५२ जनाको मृत्यु

जनकपुर, ५ भदौ-मुलुकमै कोरोनाको प्रकोपबाट सबैभन्दा बढी प्रदेश २ प्रभावित भएको छ । यस प्रदेशमा अहिलेसम्ममा ८ हजारभन्दा बढी संक्रमित हुनुका साथै ५२ जनाको कोरोनाको संक्रमणको कारण मृत्यु भएको छ । यस प्रदेशअन्तर्गतका ८ वटै...

भारतले पनि लकडाउन गरेपछि आपूर्तिमा समस्या

मंगलबारदेखि लागु हुने गरी भारत सरकारले पनि २१ दिनको लागि लकडाउन गरेपछि बुधबार भारतबाट हुने आपूर्तिमा समस्या भएको छ । बुधबार एका बिहानै भारतबाट सामान आयात भए पनि दिउसो भने आयात निर्यातमा समस्या भएको भन्सार...

मिल्स भेट्रान्स गोल्डकप सुरु, उद्घाटन खेलमा आयोजकको सानदार जित

विराटनगर । १ नं. प्रदेश स्तरीय प्रथम टुबोर्ग मिल्स भेट्रान्स गोल्ड कप फुटबल प्रतियोगिता सुरू भएको छ । मिल्स भेट्रान्स क्लब रानीको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा शनिबारदेखि फुटबल प्रतियोगिता सुरु भएको हो । उद्घाटन...

युक्रेनसँग तनावका बीच रुसले रणनैतिक सैन्य अभ्यास थालेको रिपोर्टको दाबी

युक्रेनलाई लिएर बढ्दो तनावका बीच रुसले ब्यालिस्टिक मिसाइलसँगै रणनीतिक सैन्य अभ्यास सुरु गरेको दाबी त्यहाँको समाचार एजेन्सी आरआउए नोभोस्टीले गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ उद्धृत गर्दै समाचार एजेन्सीले यस्तो दाबी गरेको हो ।...

प्रदेश १ नाम अब कोसी

विराटनगर । प्रदेश १ को नाम कोशी प्रदेश प्रदेशसभाबाट पारित भएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो । कोसीको पक्षमा ८२ मत खसेको छ ।...

को हुन् कोरोना संक्रमित छैठौं नेपाली ?

नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट हालसम्म ६ जना संक्रमित भइसकेका छन् । बिहीबार थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी बाग्लुङकी ६५ वर्षीय वृद्धा हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्