युक्रेनसँग तनावका बीच रुसले रणनैतिक सैन्य अभ्यास थालेको रिपोर्टको दाबी - News Birat

युक्रेनसँग तनावका बीच रुसले रणनैतिक सैन्य अभ्यास थालेको रिपोर्टको दाबी

न्यूज विराट

युक्रेनलाई लिएर बढ्दो तनावका बीच रुसले ब्यालिस्टिक मिसाइलसँगै रणनीतिक सैन्य अभ्यास सुरु गरेको दाबी त्यहाँको समाचार एजेन्सी आरआउए नोभोस्टीले गरेको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभको भनाइ उद्धृत गर्दै समाचार एजेन्सीले यस्तो दाबी गरेको हो ।

केही दिनयता रुस र युक्रेनबीचको तनावलाई लिएर फरकफरक समाचारहरु आइरहेका छन् । रुसले आफ्नो सैनिक फिर्ता बोलाएको दाबी गरिरहेको छ । उता अमेरिकाले यो विषयमा रुसको भरोसा गर्न नहुनेमा जोड दिइरहेको छ ।

यसअघि अन्तर्राष्ट्रिय समाचार एजेन्सीको दाबीअनुसार शनिबार रुसका सबै सामरिक शक्तिले गर्ने सैन्य अभ्यास राष्ट्रपति भ्लादिमीर पुटिनले निगरानी गर्नेछन् ।

अर्कोतिर अमेरिका, नाटो देश र पश्चिमी मुलुक रुसले युक्रेनमाथि आक्रमण गर्न लागेको शंका जाहेर गरिरहेका छन् । यस्तोमा पूर्वी युक्रेनको स्थिति तनावपूर्ण रहेको बीबीसीले उल्लेख गरेको छ । अशान्त क्षेत्रमा बमबारीको समेत खबर आइरहेका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2022 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles