प्रधानमन्त्री ओलीले आज २ वटा छुट्टाछुुट्टै बधाई सन्देश पठाएर चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीका साथै उनीहरूमार्फत चीन सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका हुन् ।
प्रधानमन्त्री ओलीले नेपाल र चीनबीच शताब्दीऔँदेखि रहेको गहिरो हार्दिक मैत्रीको विशिष्टता दर्शाउँदै नेपालले एकचीन नीतिलाई निरन्तर अक्षुण्ण राखेको तथा चीनले नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सम्मान गरेको बताएका छन् ।
गत अक्टोबरमा चिनियाँ राष्ट्रपतिबाट भएको नेपालको ऐतिहासिक राजकीय भ्रमण र सन् २०१६ र २०१८ मा आफूले गरेका चीनको औपचारिक भ्रमणको स्मरण गर्दै प्रधानमन्त्रीले भ्रमणका बेला भएका सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन् ।