राशिफल

मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुन ः किशोर शाही निर्वाचित

 न्यूज विराट
मिल्स गोल्डकप फुटबल ट्रस्टको अध्यक्षमा पुन ः किशोर शाही निर्वाचित

विराटनगर । मिल्स गोल्डकप फुटबल ट्रस्ट रानी विराटनगरको अध्यक्षमा पुनः किशोर बहादुर शाही निर्विरोध निर्वाचित भएका छन् ।

ट्रस्टको विराटनगरमा शनिबार भएको छैटौं साधरण सभा तथा पहिलो अधिवेशनबाट शाही अध्यक्षमा पुन ः निर्वाचित भएका हुन् ।

ट्रस्टको वरिष्ठ उपाध्यक्षमा अमृत गुरुङ, उपाध्यक्षहरू बालकुमार राई, राजेश हमाल, उद्धब भुजेल र कुमार महर्जन रहेका छन् । महासचिब हिमाल शेर्पा, सचिब राजेश बेन्जनकार, धनकुमार लामा, कोषाध्यक्ष विष्णु डंगोल, सहकोषाध्यक्षमा सन्तोष बिक्रम साह रहेका छन् ।

ट्रस्टको सदस्यहरुमा राजु श्रेष्ठ, इन्द्रराज थापा, प्रभाकर थापा, मनोज खड्का, रिना श्रेष्ठ लामा, दिपक रजक, प्रलाद बस्नेत, दिपेन्द्र थापा मगर, जितेन्द्र कुमार साह, विशाल लामा, धनराज गुरूङ, मिलन थापा क्षेत्री, श्याम खड्का, भानु अधिकारी क्षेत्री, राजकुमार खड्का र संजिव सुब्बा रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि सैनिक टोल समाज सेवा समितिका अध्यक्ष अनुप स्याङबो, अतिथिहरु मिल्स माविका व्यवस्थापन समितिका अध्यक्ष, राजेश सुब्बा, सौगात सहकारीका सचिब बद्री न्यौपाने, समाजसेवी दिननाथ आचार्यरहेका थिए ।

ट्रस्टले मिल्स गोल्डकलाई आगमी दिनमा पनि निरन्तरा दिदै अगाडी बढने निर्णाय गरेको कोषाध्यक्ष विष्णु डंगोलले बताए । रानी क्षेत्रमा नयाँ खेलाडीहरू उत्पादन गर्ने ट्रस्ट लागि पर्ने उनले बताए ।

मिल्स गोल्ड कप फुटबल टुर्नामेन्ट प्रतियोगिताबाट आयोजकले ३७ हजार ४ सय ७२ रुपैयाँ मुनाफा गरेको छ । गत चैत १४ गते सम्पन्न गरेको उक्त प्रतियोगितामा सो बरावरको रकम मुनाफा गरेको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

साविक बिजेता एपीएफलाई हराउँदै लुका सकर विराट गोल्डकपको फाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब सातौं संस्करणको विराट गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विराटनगरस्थित सहिद मैदानमा मंगबलार सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा साविक विजेता विभागीय टोली एपीएफलाई टाईब्रेकरमा ४–२ गोलले...

प्रहरी र पहिचानपक्षबीच विराटनगरमा झडप, एक दर्जन घाइते

विराटनगर । कोशी प्रदेश नामकरण खारेजीको माग गर्दै प्रदर्शनमा उत्रिएका पहिचान पक्षधरका आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा आज दिउँसो झडप भएको छ । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी...

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...