वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना

 न्यूज विराट
वीरगञ्जका मेयर विजय सरावगीलाई कोरोना

वीरगञ्ज, १५ साउन-वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत मेयर सरावगीले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् । सरावगीले वीरगञ्जवासीलाई बचाउने प्रयास गर्दागर्दै आफैँ संक्रमित हुन पुगेको बताएका छन् ।

‘विगत ५ महिनादेखि कोरोना भाइरसको संक्रमणबाट वीरगञ्जवासीलाई बचाउन मैले हर सम्भव प्रयासहरू गरेँ । संघीय र प्रदेश सरकारको दायित्व अन्तर्गत रहेको क्वारेन्टाइन, आइसोलेशन सेन्टर, कोभिड अस्पतालको व्यवस्थापन र संचालनको जिम्मेवारी ती निकायहरूले नलिएपछि मैले नै लिएर नागरिकको जीवनरक्षाको लागि अथक प्रयत्न गरेँ,’ सरावगीले उल्लेख गरेका छन्, ‘वीरगञ्जलाई बचाउन पीसीआर मेसिन, परीक्षणका लागि आवश्यक पर्ने किटहरूको समेत व्यवस्थापन गरेँ । क्वारेन्टाइन, आइसोलेशन र कोभिड अस्पतालमा रहेका संक्रमितहरूसहित अस्पतालमा कार्यरत डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीको खाना र वस्नेको व्यवस्था मिलाएँ ।’

स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि मेयर सरावगी काठमाडौं आएका थिए । परीक्षणका क्रममा कोरोना पोजिटिभ देखिएको हो । उनी अहिले होम क्वारेन्टाइनमा रहेको बताइएको छ ।

सम्बन्धित समाचार

अनुसन्धानमा अब्बल प्रहरी सहयाक निरीक्षक विष्ट प्रहरी दिवसमा पुरस्कृत

विराटनगर । अपराध अनुसन्धानमा अब्बल ठहरिएका जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्त बहादुर विष्ट पुरस्कृत भएका छन् । ६७ औँ प्रहरी दिवसको अवसरमा विराटनगरमा सोमबार एक भव्य समारोहमा विष्टलाई ५० हजार रुपैयाँ...

एकै दिन थपिए २ हजार ७२२ कोरोना संक्रमित

काठमाडौं १६ असोज-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ७ सय २२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । यो अहिलेसम्मकै धेरै हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा...

झापाको विर्तामोड नगरपालिका शिल

विराटनगर, १० साउन । झापाको विर्तामोड नगरपालिकाले आगामी साउन २० गतेसम्म नगरपालिकाको सम्पूर्ण क्षेत्र शिल गर्न प्रशसानलाई आग्रह गरेको छ । नगर क्षेत्रमा कोरोना संक्रमण फैलँदो अवस्थामा रहेकाले साउन १३ गते मध्य रातिदेखि २० गतेसम्म...

राष्ट्रपतिले जारी गरिन् राजनीतिक दलसम्बन्धी अध्यादेश

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले राजनीतिक दलसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गरेकी हुन् । यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी...

कांग्रेसलाई कसैको बैशाखी चाहिँदैन : डा. कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसलाई कसैको बैशाखी जरुरी नभएको बताएका छन् । नेपाल विद्यार्थी संघको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता कोइरालाले कांग्रेसलाई गन्तव्यमा पुग्नका लागि कम्युनिस्टको सहारा नचाहिने बताए...

जुवाखालबाट पक्राउ परेका पूर्व मन्त्री राजभण्डारी धरौटिमा रिहा

विराटनगर । कोशी प्रदेश सांसद एवं पूर्व सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी १० हजार धरौटीमा छुटेका छन् । उनीसहितका ११ जना नै धरौटीमा छुटेका हुन् ।शनिबार काठमाण्डौं–८ स्थित गौरिघाटबाट प्रहरीले उनीहरुलाई जुवा खालबाट पक्राउ गरेर...

मोरङ ५ मा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी

विराटनगर । मोरङको निर्वाचन क्षेत्र नं. ५ को प्रतिनिधी सभा सदस्यी पदमा नेकपा एमालेका योगेन्द्र मण्डलको बागी उम्मेदवारी परेको छ । मण्डलले आइतबार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनी...

न्यूरोले श्रमिकको सौलियतमा उपचार गर्ने, जिफन्ट र न्यूरोबीच सहमति

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले श्रमिकको सौलियतमा उपचार गरिदिने भएको छ । १३५ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर न्यूरो हस्पिटलले श्रमिकहरूको सौलियतमा उपचार गरिदिने भएको हो । न्यूरो हस्पिटल र जिफन्ट कोशी प्रदेशबीच बुधबार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्