राशिफल

विराटनगर बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

 न्यूज विराट
विराटनगर बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा

विराटनगर, २५ माघ । सरकारले मोरङको विराटनगर महानगरपालिका–१८ को हिमालयन कृषि फार्म वरपरको क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद बैठकले बर्ड फ्लु नियन्त्रण गर्न भन्दै सो क्षेत्रलाई बर्ड फ्लु प्रभावित क्षेत्र घोषणा गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिमालयन कृषि फार्मलाई केन्द्रविन्दु मानी विराटनगर महानगरपालिका–१८ को क्षेत्रलाई बर्ड फ्लु रोग प्रभावित क्षेत्र घोषणा गरिएको हो ।

यसअघि सोमबार नै बसेको मन्त्रीपरिषद्को बैठकले मोरङको ग्राथान–१ खुनियाकट्टा र बूढीगंगा–५ मा फैलिएको बर्डफ्लू रोक्न संकटकाल घोषणा गरिएको थियो ।बर्डफ्लू पुष्टी भएपछि सोही स्थानमा र अन्य स्थानमा थप संक्रमण फैलन नदिन मन्त्रीपरिषद् बैठकले संकटकाल घोषणा गरेको हो ।

सम्बन्धित समाचार

स्प्रेडदरलाई ३.५ प्रतिशत कायम गर्न उद्योगीको माग

विराटनगर । विराटनगरका ठूला तीन उद्योग व्यवसायीका संघ संगठनले देशमा देखिएको अर्थतन्त्रको संकट हल गर्न राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति संशोधन गर्न माग गरेका छन् । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै उनीहरुले विभिन्न ६...

मेरिल्याण्डका प्रिन्सिपल ढकाल हिसान प्रदेश १ को सदस्यमा मनोनित

विराटनगर । विराटनगरस्थित मेरील्याण्ड कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका छन् । विराटनगरमा बसेको हिसानको बैठकले ढकाललाई हिसान प्रदेश नं. १ को सदस्यमा मनोनित भएका हुन् । बैठक बसेर...

विराट एक्स्पोको तयारी पुरा, मंसिर २९ गतेबाट विराटनगरमा कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पस (पुरानो हवाई फिल्ड)मा आयोजना हुन लागेको सातौं विराट एक्स्पोको तयारी लगभग पूरा भएको छ ।मंसिर २९ गतेदेखि पुस ६ गतेसम्म आयोजना हुन लागेको एक्स्पोको तयारी लगभग पूरा भएको...

तेस्रो प्रयासमा गच्छदारलाई हराउँदै भगवती चौधरीको संसद्‍ यात्रा

विराटनगर । सुनसरीको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा एमालेकी उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् । उनले काँग्रेसका नेता विजय गच्छदारलाई हराउँदै प्रतितिनिधि सभामा विजयी भएकी हुन् । २०७० सालको संविधानसभा निर्वाचन र...