‘केपी शर्मा ओलीको विकल्प मैले देख्दिन । नेपालको इतिहासलाई हामीले के गर्नुपर्छ भने अहिलेसम्मको इतिहासलाई ब्रेक थ्रु गर्नुपर्छ,’ रिपोर्टस क्लबमा भएको कार्यक्रममा मन्त्री भट्टले भने, ‘नयाँ इतिहास बनाउनुपर्छ । त्यो भनेको के हो भने ५ वर्ष सरकारको नेतृत्वलाई निरन्तरता दिनुपर्छ ।’
पार्टीमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालको बीचमा सहमतिबाहेक अर्को विकल्प नभएको उल्लेख गर्दै मन्त्री भट्टले त्यसका लागि ओली नेतृत्वको सरकारलाई निरन्तरता दिनुपर्ने बताए । सरकार परिवर्तनको खेल भए देश फेरि अस्थिरतातर्फ जाने उनले बताए ।
मन्त्री भट्टले पार्टीभित्र अहिले केपी प्रवृतिहरू खेल्न खोजेकोले त्यसलाई परास्त गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । पार्टीको एकता महाधिवेशन सहमितमै हुने उल्लेख गर्दै भट्टले नेतृत्वसमेत सहमतिमै टुंगो लाग्ने बताए ।