नेपाल प्रथम गर्ने दिया अग्रवाललाई मेरील्याण्डको सम्मान
सोमबार, ०३ असोज, २०७९,
न्यूज विराट
विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययनरत दिया अग्रवालले कक्षा १२ को परीक्षामा नेपाल प्रथम भएपछि कलेजले नगद ५१ हजार रूपयाँ सहित सम्मान गरेको छ ।
कलेज परिसरमा सोमवार संविधान दिवसको अवसर पारेर राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा व्यवस्थापन सङ्कायमा नेपालमै उच्चतम अङ्क ३.९६ जिपिए ल्याउने अग्रवाललाई मेरील्याण्डले विशेष सम्मान गरेको हो ।
अग्रवालसहित कक्षा – १२ को बोर्ड परीक्षामा ए प्लस ल्याउने विद्यार्थी र अभिभावकहरूलाई पनि सम्मान गरिएको छ । सम्मानित हुने विद्यार्थीहरूलाई प्रदेश १ सामाजिक विकास मन्त्री राजन राईले सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल प्रथम हुने दिया अग्रवालले कलेजको राम्रो शैक्षिक वातावरण र कडा मेहनतले गर्दा आफू सफल हुन सकेको बताइन् । ‘विद्यार्थीहरूलाई परीक्षाको वेलामा मात्रै होइन । सधैँ रुटिन बनाएर दैनिक ३–४ घण्टा पढेमा सफलता सजिलै प्राप्त गर्न सकिनेछ,’ उनले भनिन्, ‘कडा मेहनतको साथ यो सफलता हाता परेको हो ।’ दियाका बाबु सूचित कुमार अग्रवालले मेरिल्याण्ड कलेजको गुणस्तरीय शिक्षाको कारणले छोरीले सफलता हात पारेकी बताइन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का सामाजिक विकास मन्त्री राजन राईले मेरिल्याण्डकी छात्रा दियाले प्रदेश १ कै गहना भएकोले व्यवस्थापन शिक्षामा अग्रणी भूमिका खेलेको बताए । मेरिल्याण्डको २० वर्षको सफलता सुनेर धेरै खुसी व्यक्त गर्दै गुणस्तरीय शिक्षामा जोड दिए । कार्यक्रममा बिबिएस् तेस्रो वर्षमा नेपाल प्रथम सिम्रन अग्रवाल र बिबिएस् दोस्रो वर्षमा प्रदेश प्रथम राजलक्ष्मी अग्रवाललाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा पुनम गुप्ता, देव किशोर मुन्डडा, भिखम चन्द सरल, समाजसेवी सुरेश राज शर्मा, हिसानका केन्द्रीय सदस्य राजेश कार्की लगायतले मेरिल्याण्ड विराटनगरको मात्र नभई देशकै शान भएको बताए । गुणस्तरीय शिक्षा दिएको कारणले मेरिल्याण्ड व्यवस्थापन शिक्षामा पूर्वकै तथा देशकै अग्रणी शैक्षिक संस्थाको रूपमा परिचित रहेको छ ।
पछिल्लो २४ घण्टामा २ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३...
विराटनगर, चैत ११–सुनसरी र मोरङका दुई छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर १ नावालक सहित २ जनाको मृत्यु भएको छ । सुनसरीको हरिनगरा गाँउपालिका–३ का कृपानन्द मेहेताको २ बर्षीय छोरा शिवराज मेहेताको आफ्नै घर अगाडी रहेको...
सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण नियन्त्रणका लागि सुरु गरेको (लकडाउन) को सर्वसाधारणले खुलेर स्वागत र समर्थन गरेका छन् । लकडाउनको पहिलो दिन मङ्गलबार मुलुकभरको जनजीवन शान्त र ठप्प बनेको छ । गृह मन्त्रालयका अनुसार काठमाडौंँ...
विराटनगर । काेशी प्रदेश सरकारले प्रदेशभरिका १० वर्षमुनिका बालबालिकाकाे निःशुल्क उपचार सुरू गरेकाे छ । मुख्यमन्त्री केदार कार्कीकाे उपस्थितिमा प्रदेश स्वास्थ्य मन्त्रालयले यस प्रदेशस्थित प्रदेश अस्पताल र चार वटा निजी अस्पतालसँग आइतबार सम्झाैता गरेर बालबालिकाकाे...
विराटनगर, २९ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४ जनामा कोरोना संक्रमण भएको छ । २३५ जनाको पीसीआर परीक्षण गर्दा ४५ र २७९ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् । मुख्यमन्त्री कार्कीले करिब एक महिनापछि विनाविभागीय रहेका तीन मन्त्रीहरुलाई आज मन्त्रालयको जिम्मेवारी दिएका हुन् । विनाविभागीय मन्त्री रहेका नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीले...
विराटनगर, २३ माघ । मोरङको रंगेलीमा सन्थाल समुदायका महिलाहरु स्वरोजगार बन्ने भएका छन् । तराईको आदीवासी विपन्न सन्थाल समुदायका महिलाहरुलाई रंगेली नगरपालिकाले स्वरोजगार बनाउने भएको हो । उनीहरुलाई स्वरोजगार बनाउन रंगेली नगरपालिका, उद्यम विकास उपशाखाले...
एजेन्सी, २० असोज-अमेरिका र भारतका विदेशमन्त्रीबीच जापानको राजधानी टोकियोमा भेटवार्ता हुने भएको छ । अमेरिकाका विदेशमन्त्री माइक पोम्पेओ र भारतका समकक्षी एस जयशंकरको मङ्गलबार भेट हुने तय भएको अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।...