प्रदेशलाई चाँडै कोरोनामुक्त बनाइन्छ : मन्त्री घिमिरे

 न्यूज विराट
प्रदेशलाई चाँडै कोरोनामुक्त बनाइन्छ : मन्त्री घिमिरे

विराटनगर, जेठ ३१–प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशलाई चाँडै कोरोनामुक्त बनाईने बताएका छन् । प्रदेश सरकारले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणमा प्रभावकारी रुपमा काम गरिरहेकाले बढीमा ४ महिना भित्रमा कोरोना मुक्त बनाईने उनले बताए ।

प्रदेश १ का नेकपाका जिल्ला कमिटीका अध्यक्ष र सचिवसँग आज विहान भएको अनलाईन संवादमा मन्त्री घिमिरेले कोरोना संक्रमण देखिएका उदयपुरको भुल्के, धनकुटा जिल्ला अस्पताल, दमक नगरपालिकामा संक्रमण नियन्त्रणमा आईसकेको बताए ।

पछिल्लो समय क्वारेन्टाईनमा रहेकाहरुमा संक्रमण देखिएकाले आत्तिनुपर्ने अवस्था नभएको मन्त्री घिमिरेको भनाई छ । उनले भने,‘ अहिले ठुलो संख्यामा देखिएको संक्रमण क्वारेन्टाईन भित्रको हो ।’ क्वारेन्टाईनमा रहेकाहरु सवै भारतबाट आएकाहरु रहेको उनले बताए । समुदायस्तरमा कोरोना नफैलिएकाले चाँडै नियन्त्रणमा आउने मन्त्री घिमिरेको दावी छ ।

स्थानीय स्तरमा निर्माण गरिएका क्वारेन्टाईनहरु अव्यवस्थित हुँदा क्वारेन्टाईन भित्र वढी संक्रमण फैलिएको उनले बताए । अव्यवस्थित क्वारेन्टाईनहरुलाई व्यवस्थित गरिदै लैजाने मन्त्री घिमिरेको भनाई छ । पार्टी नेताहरुलाई कोरोना नियन्त्रणमा सक्रिय भएर लाग्न उनले आग्रह गरे । अनलाईनमा संवादमा नेकपा नेताहरुले समुदाय स्तरमा कोरोना नफैलिएको बताएका थिए ।

प्रदेश १ मा अहिले सम्म देखिएको संक्रमण क्वारेन्टाईनमा मात्रै रहेको नेताहरुको भनाई छ । झापा अध्यक्ष चिन्तन पाठकले झापामा देखिएको संक्रमण समुदाय स्तरमा नभएको बताए । झापामा ठुलो संख्यामा कोरोना संक्रमण देखिएपनि क्वारेन्टाईनमा मात्रै संक्रमण देखिएको बताए ।

राजनीति दलसहितको संयन्त्रले प्रभावकारी ढंगले काम भईरहेको उनले बताए । खोटाङ अध्यक्ष राम दंगालले कोरोना समुदायमा नफैलिएकाले क्वारेन्टाईनमा रहेकाहरुको परीक्षणमा तीव्रता दिन आग्रह गरे । पीसीआर टेष्टका लागि संकलन गरिएको नमूना क्युमा रहने गरेको उनले गुनासो गरे ।

रिपोर्ट ढिलो आउँदा समस्या हुने गरेको दंगालको भनाई छ । संखुवासभाका जिल्ला अध्यक्ष हेमराज घिमिरेले समुदाय स्तरमा संक्रमण नफैलिएको बताए । संखुवासभामा प्रभावकारी रुपमा काम भईरहेको घिमिरेको भनाई छ । सुनसरी अध्यक्ष योगेन्द्र मण्डलले क्वारेन्टाईनहरु अव्यवस्थित भएको बताउँदै क्वारेन्टाईन कारागार जस्तो भएको गुनासो गरे । क्वारेन्टाईनलाई व्यवस्थित गर्न उनले प्रदेश सरकारलाई आग्रह गरे।

मोरंग सचिव गणेश उप्रेती शुशिलले क्वारेन्टाईनमा रहेकाहरुको परीक्षण गंभिर ढंगले बढाउनुपर्ने बताए । संक्रमण बढी देखिएका स्थानहरुमा प्रदेश सरकारले पीसीआर परीक्षण बढाउनुपर्ने उप्रेतीको भनाई छ । उदयपुरका जिल्ला अध्यक्ष विनोद कटुवालले कोरोना संक्रमण देखिएकाहरुलाई समाजमा हेर्ने दृष्टिकोण फरक भएको पाईएको उनले बताए ।

कोरोनाबारेको भ्रम हटाउने खालको कार्यक्रम गर्न उनले प्रदेश सरकारलाई अनुरोध गरे । ताप्लेजुङ अध्यक्ष विजय वनेमले जिल्ला अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव भएको बताए । पाँचथर अध्यक्ष राजकुमार भण्डारीले कोरोना परीक्षण बढाउनुपर्ने बताए । भोजपुर अध्यक्ष प्रेम राईले कोरोनापछि समस्या आउने देखिएकाले समस्या समाधान गर्नेगरिको बजेट र कार्यक्रम ल्याउन आग्रह गरे ।

सम्बन्धित समाचार

विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो : नेपाल चेम्वर अफ कमर्श

विराटनगर, १३ जेठ । विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ अवधारणा राम्रो भएको नेपाल चेम्वर अफ कमर्शले बताएको छ । सामाजिक विकास मन्त्री उषाकला राईले भेटी चेम्वर अफ कमर्शको प्रदेश र जिल्ला समितिको प्रतिनिधि मण्डलले प्रदेश १...

बालिकालाई काँस घारिमा बोलाएर बलात्कार

विराटनगर, ५ भदौ–मोरङको रतुवामाई नगरपालिकामा बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । रतुवामाई नगरपालिकाकी एक १४ वर्षिय बालिकालाई ललाई फकाई रतुवामाई–७ स्थित रतुवा खोल नजिकैको काँस घारिमा बोलाएर बलात्कार गरेको आरोपमा स्थानीय...

सभापति देउवासँग भारतका विदेश सचिवको भेटवार्ता

काठमाडौं, ११ मंसिर-नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेटवार्ता गरेका छन् । सभापति देउवा निवास बूढानीलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरूबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको भेटमा सहभागी...

भारतले आज ७३औँ गणतन्त्र दिवस मनाउँदै : नेपालबाट दिइयाे शुभकामना

भारतको ७३औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शुभकामना सन्देश पठाउँदै उनको सुस्वास्थ्य र सुखका साथै भारतीय जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गरेकी छन् । भारतको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सव भारतमा...

सुनसरीको इनरुवामा गोली प्रहार गरी लुटपाट गर्ने दुई जना पक्राउ

विराटनगर । सुनसरीको इनरुवामा गोली प्रहार गरेर लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्ने सुनसरी भोक्राहा नगरसिंह ५ का उमेश मुखिया र सोही ठाउँका उमेश र ढिगा भन्ने इब्रान मन्सुरी मियाँलाई पक्राउ...

प्रदेश १ मा कोरोनाबाट थप ९ जनाको मृत्यु, मृतकको संख्या ३२१ पुग्यो

विराटनगर, ६ कात्तिक-पछिल्लो २४ घण्टामा प्रदेश १ मा मात्र कोरोना भाइरसको संक्रमणबाट थप नौ जनाको मृत्यु भएको छ । संक्रमणका कारण चार महिला र पाँच पुरुषको मृत्यु भएको हो । पछिल्लो २४ घण्टाको अवधिमा कोरोना...

पारदर्शीरुपमा परीक्षा सञ्चालन गरी रंगेलीले छनौट गर्यो कर्मचारीः मेयर बगडीया भन्छन्–सोर्सफोर्स र भनसुन चल्दैन, हाम्रा भन्दा राम्रा मान्छे छानिए

विराटनगर । रंगेली नगरपालिकाले पारदर्शी ढंगले परीक्षा सञ्चालन गरी कर्मचारीहरु छनौट गरेको छ । नगरपालिकाले कार्यलय परिसरभित्रै खुल्ला ठाउँमा पारदर्शी रुपले परीक्षा सञ्चालन गरि करारमा कर्मचारीहरु नियुक्त गरेको हो । रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले...

विराटनगरमा रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा

विराटनगर । विराटनगर – ९ रेम्बो गल्लीमा रोयल तन्दुरी एण्ड कबाव हाउस संचालनमा आएको छ । रोयल विरयानी हाउसका चार जना संचालकले रोयल एण्ड कबाव हाउस शुक्रबार एक कार्यक्रम आयोजना गरी संचालनमा ल्याएका हुन् ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्