वायु प्रदुषण मापन मेशिन जडान

 न्यूज विराट
वायु प्रदुषण मापन मेशिन जडान

विराटनगर, १४ साउन–प्रदेश नं.१ को विराटनगरमा पहिलो पटक वायु प्रदुषण मापनको डिस्पले स्थाना गरिएको छ । खास गरी वायुमा हुने प्रदुषणको अवस्था देखाउन र यसबाट बच्न र बचाउन साबधानी अपनाउ यो डिस्प्लेले मद्दत गर्ने भनिएको छ ।

विराटनगरको डिभिजन वन कार्यालय मोरङमा स्थापना गरिएको सो डिस्प्लेको मापन मेशिन महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पस विराटनगरमा स्थापना गरिएको छ । वन तथा वातावरण मन्त्रालयबाट स्थापना गरिएको सो डिस्प्ले दमक र धनकुट्टामा पनि स्थापना भइसकेको र यसको मापन मेशिन धनकुट्ट, दमक, झुम्का र विराटनगरमा स्थापना गरेको वन विभागका सूचना अधिकारी शङ्करप्रसाद पोखरेलले जानकारी दिए ।

उनले देशमा २८ स्थानमा डिस्प्ले र २९ स्थानमा मापन यन्त्र जडान भएकोले यस क्षेत्रमा वायुमा हुने प्रदुषणका बारेमा मानिसले सजिलै थाहा पाउने विश्वास व्यक्त गरे । वायु गुणस्तर शून्य देखि ५० (कणको मात्रा)भएको सङ्केत दिएजस्तै डिस्प्ले छ किसिमको सूचना प्रवाह गरिरहेको हुन्छ । अहिले बर्षातको समय भएकोले वायुमा खासै प्रदुषण् नदेखिएपनि हिउँदको मौसममा अलिक बढी देखिने सम्भावना हुन्छ । यस्तै, अहिले कोरोनाका कारण धेरै सवारी साधनहरु नचल्नु, धुवाँ प्रदुषण पनि नहुनुले डिस्प्लेमा देखिने अवस्था सामान्य अवस्थामा रह्न नसक्ने डिभिजन वन कार्यालय प्रमुख विशाल घिमिरेले बताए ।

सम्बन्धित समाचार

युवाको जीत सँगै बिउँझिएका आशाहरु

ज्योति अधिकारी मोरङ क्षेत्र नं ६ (क) मा प्रदेश सभा सदस्य निर्वाचित हुनु अघि नै जीवन आचार्यले त्यस क्षेत्रको विकासका काममा समर्पित गराएका थिए । अघिल्लो पटक चुनाव हारेर पनि उनले यस क्षेत्रका लागि केन्द्रबाट...

विराट गोल्डकप : आर्मीलाई हराउँदै जावलाखेल सेमिफाइनलमा

विराटनगर । विभागीय टिम त्रिभूवन आर्मीलाई सडनडेथमा हराउँदै जवलाखेल युथ क्लब विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।विराटनगरस्थित सहिद रंगशालामा शुक्रबार भएको दोस्रो क्वाटरफाइनल खेलमा आर्मीलाई सडनडेथमा ६–५ गोलले पन्छाउँदै जाउलाखेल अन्तिम चारमा स्थान सुरक्षित...

चर्कोब्याजदर घटाउन माग राख्दै अर्थमन्त्रीसँग पुनः पूर्वको उद्योगीको भेट

विराटनगर । बैंकको चर्को ब्याजदर घटाउन माग राख्दै पूर्वका उद्योगी व्यवसायीहरुले अर्थमन्त्री विष्णु पौडेलसँग पुन ः भेट गरेका छन् । आइतबार अर्थमन्त्री पौडेलसँग भेटर यहाँका उद्योगी व्यवसायीहरुले बैंकको चर्को ब्याजदर घटाउन माग राखेका हुन् ।...

नेपालको अद्यावधिक नक्साको अंग्रेजी संस्करण स्वीकृत

काठमाडौं, ३० साउन-नेपालको अद्यावधिक (राजनीतिक/प्रशासनिक) अंग्रेजी संस्करणको नक्सा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्वीकृत गरेको छ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले नापी विभागले तयार पारेको अंग्रेजी संस्करणको नेपालको...

मोरङको रंगेलीबाट ३ सय केजी गाँजा बरामद, दुई जना पक्राउ

विराटनगर । प्रहरीले मोरङको रंगेलीबाट तीन सय केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । मोरङ प्रहरी र इलका प्रहरी कार्यालय रंगेलीले गाँजासहित दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो । प्रहरीले रंगेली नगरपालिका –...

शनिबार ५७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३ साउन-नेपालमा शनिबार मात्रै ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनासम्बन्धी नियमित पत्रकार सम्मेलनमा डा. जागेश्वर गौतमले देशका विभिन्न ठाउँमा गरिएको पीसीआर परीक्षणका क्रममा ५७ जनामा मात्रै कोरोना...

३० दिनभित्र विश्वासको मत लिन्छु : नवनियुक्त मुख्यमन्त्री उद्धव थापा

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले संविधानमा व्यवस्था भए अनुसार ३० दिनभित्र विश्वासको मत लिने बताएका छन् । मंगलबार मुख्यमन्त्रीमा नियुक्त भएपछि संचारकर्मीसँग प्रतिक्रिया दिदै सत्तारुढ गठबन्धनमा छलफल गरेर संवैधानिक व्यवस्था अनुसार तोकिएको...

विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको सचेतनामूलक कार्यक्रम

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विश्व ‘सेरेब्रल पाल्सी’ दिवसको को अवसरमा सचेतनामूलक कार्यक्रम गरेको छ । अक्टोबर ६ मा विश्व ‘सेरेब्रल पाल्सी’ को दिन क्लबले एक सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । विराटनगरस्थित...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्