उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन, विपदमा परी मृत्यु भए २ लाख राहत

 न्यूज विराट
उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन, विपदमा परी मृत्यु भए २ लाख राहत

काठमाडौं, ७ साउन-सरकारले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड संशोधन गरेको छ । ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड-२०६४ लाई संशोधन गरी विपद् पीडित उद्धार र राहतसबन्धी मापदण्ड २०७७ स्वीकृत गरेको हो ।

मापदण्डमा विपद्मा परेका पीडितहरूको खोजी तथा उद्धारका लागि प्रमुख जिल्ला अधिकारीले न्यूनतम २५ जनाको जनशक्ति परिचालन गर्ने व्यवस्था गरिएको छ । साथै आपत्कालीन खाद्यान्न एवं लत्ताकपडाको भण्डारणको व्यवस्था गर्नु पर्ने उल्लेख छ ।

मापदण्डमा जिल्ला विपद् व्यवस्थापन समितिको मातहतमा खोज तथा उद्धार सामग्रीको भण्डारण गर्नुका साथै न्यूनतम २५ जना उद्धार कार्यमा प्रयोग गर्ने जनशक्ति व्यवस्थापन गर्नेपर्ने उल्लेख छ ।

विपद्का घटनामा परी कुनै परिवारको १ जना सदस्यको मृत्यु भएका २ लाख, सोही परिवारका अन्य व्यक्तिको पनि मृत्युमा भएमा थप १ लाखका दरले राहत रकम उपलब्ध गराइन तर एकै परिवारका सबै सदस्यको ज्यान गएमा राहत उपलब्ध नगराइने मापदण्डमा उल्लेख छ । राहत एकद्वार प्रणालीबाट प्रदान गरिने गृह मन्त्रालयले जनाएको छ ।

विपद्बाट घर बहाल आवास नष्ट भएमा तत्काल गुजाराका लागि प्रतिपरिवार ५ जनासम्म सदस्य भएमा १५ हजार र सोभन्दा बढी भएमा २० हजारका दरले उपलब्ध गराइने मापदण्ड बनेको हो ।

सम्बन्धित समाचार

आज ७३६ संक्रमित थपिए, ८४७ जना डिस्चार्ज

गत २४ घण्टामा देशभर आज ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित संक्रमितको संख्या २ लाख ५० हजार ९ सय १६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता...

अस्पतालबाट शिशु गायब प्रकरण , डाक्टर कर्ण र बच्चाको बावुविरुद्ध ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ म्याद थप

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा एकदिनकोे नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ । पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूती रोग विशेषज्ञ विराटनगरका...

नेप्से घट्न रोकिएन, बुधबार पनि दोहोरो अंकको गिरावट

बुधबार पनि नेप्से सूचक दोहोरो अंकले घट्न पुगेको छ । लगातार घटिरहेको नेप्सेमा बुधबार पनि निरन्तरता पाएको हो ।  नेप्से परिसूचक १६ दशमलव ९७ अंकले घटेर २८०१ दशमलव १३ अंकमा पुगेको हो । नेप्सेसँगै कारोबार...

घरेलु तथा साना उद्योग कार्यालय विराटनगरमा ‘हेल्प डेस्क’ सञ्चालन

विराटनगर, १८ साउन । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङले ‘हेल्प डेस्क’ स्थापना गरेको छ । विराटनगरस्थित घरेलु तथा साना उद्योग कार्यालयमा उद्यमीहरुको सहयोगका लागि महासंघ मोरङले हेल्प डेस्क स्थापना गरेको हो । मोरङका...

जिफन्ट प्रदेश १ मा युवा र महिला कमिटिमा नयाँ नेतृत्व : युवाको अध्यक्षमा भली सुब्बा गुरूङ्ग, महिलामा डोमा

विराटनगर । नेपाल  ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ को महिला तथा युवाको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएका छन् । विराटनगरमा शनिबार भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको हो । जिफन्ट प्रदेश युवा कमिटिको अध्यक्षमा...

विराट एक्स्पो सिंङ्गिङ आइडलको अडिसन सुरू

विराटनगर । विराटनगरमा मंसिर २९ गते देखि हुने विराट एक्स्पोको सिंगिङ आइलड प्रतियोगिताका लागि अडिसन सुरू भएको छ । सिङ्गिङ आइडल प्रतियोगिताका लागि बिहीबार देखि अडिसन सुरू भएको हो । सिंगिङ आइडल प्रतियोगिताका लागि सहभागिहरू...

पछिल्लो २४ घण्टामा संक्रमितभन्दा डिस्चार्ज हुने बढी

काठमाडौं, २४ साउन-पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितभन्दा उपचार पछि निको भएर डिस्चार्ज हुने धेरै‌ देखिएका छन् । शनिबार देशभर ३ सय ७८ जना कोरोना भाइरस संक्रमित थपिँदा ४ सय ९९ जना संक्रमित...

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्