अस्पतालबाट शिशु गायब प्रकरण , डाक्टर कर्ण र बच्चाको बावुविरुद्ध ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ म्याद थप

 न्यूज विराट
अस्पतालबाट  शिशु गायब प्रकरण , डाक्टर कर्ण र बच्चाको बावुविरुद्ध ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ म्याद थप

विराटनगर । विराटनगरस्थित ग्रीनक्रस हस्पिटलमा एकदिनकोे नवजात शिशु हराएपछि पक्राउ परेका उपचारमा संलग्न चिकित्सकसहित दुई जनालाई प्रहरीले म्याद थप गरेर अनुसन्धान सुरू गरेको छ ।

पक्राउ परेका उपचारमा संलग्न स्त्री तथा प्रसूती रोग विशेषज्ञ विराटनगरका ६८ वर्षीय डा. तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रहरीले ‘व्यक्ति बेपत्ता पारेको कसुरमा’ आइतबारबाट लागू हुने गरी पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जन दाहालले जानकारी दिए ।


पक्राउ परेका प्रतिवादीले अविवाहित किशोरीबाट जन्मिएको शिशु कता लगे अहिलेसम्म नबताएको उनले बताए । ‘म्याद थप भएको छ । अब अनुसन्धान सुरू हुनेछ,’ डिएसपी दाहालले भने, ‘थप विषयपछि नवजात शिशु कहाँ लगे त्यो खुल्नेछ ।’

पक्राउ परेका राई २६ वर्षीया किशोरीका प्रेमी हुन् । १३ असारमा ती किशोरीको ग्रीनक्रस हस्पिटलमा प्रसुति भएको थियो । उनले ‘नर्मल डेलिभरी’मार्फत छोरीलाई जन्म दिइन् । दुई जनाबीचको सम्बन्धबाट गर्भ बसेपछि गोविन्दले प्रेमिकालाई विराटनगर लिएर आएका थिए । सुरुमा ग्रीनक्रस अस्पताल नजिकै रहेको दिपेश मेडिकल क्लिनिकमा लिएर आए । उक्त क्लिनिक डा . कर्णको हो ।

क्लिनिकमा आएका बिरामी भर्ना गर्नुपर्दा उनले ग्रीनक्रस अस्पतालमा लगेर उपचार गर्दै आएका छन् । उनको क्लिनिकबाट ग्रीनक्रस ५० मिटर पश्चिममा रहेको छ । डा. कर्णले ती किशोरीका प्रेमीसँग ३५ हजार रुपैयाँ लिएर प्रसुति गराएका थिए । उनीहरुबाट जन्मिएको शिशुको व्यवस्थापन गर्ने जिम्मा पनि कर्णले लिए । किशोरीलाई वास्तविक परिचय लुकाएर अस्पताल भर्ना गरेको पाइएको छ । अस्पतालको रेकर्डमा गोविन्दको नाम मानबहादुर तामाङ र युवतीको फूलकुमारी तामाङ तथा ठेगाना सुनसरीको रामधुनी–११ उल्लेख छ । ब्यथा लाग्ने औषधी खुवाएर प्रसुति गराएपछि युवतीलाई अस्पतालले १४ असार दिउँसो डिस्चार्ज दिएको अस्पतालको रेकर्डमा देखिन्छ । डिस्चार्ज हुँदा नवजात शिशुलाई राईले हस्ताक्षर गरेर बुझेको देखिन्छ ।

सम्बन्धित समाचार

रोटरी क्लब अफ विराटनगर डाउन टाउनको पदस्थापन सम्पन्न

विराटनगर, २७ असार । रोटरी क्लब अफ विराटनगर डाउनटाउनको पदस्थापन शनिबार सम्पन्न भएको छ । भर्चुअल अनलाईन विधिबाट गरिएको क्लबको १७ औँ साधारणसभा तथा नयाँ नेतृत्पको पदस्थापन समारोहमा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर...

बास्केटबलको उपाधि विकेभीएम र अरनिलाई

विराटनगर । पाँचौ संस्करणको विद्यालयस्तरीय विराटनगर बास्केटबल प्रतियोगिताको उपाधि बिकेभिएस र अरनीको स्कुलले जितेको छ । एभरेष्ट स्कुलको बास्केटबल कोर्टमा आइतबार सम्पन्न भएको फाइनलमा पुरुषतर्फ विकेभीएम र महिलातर्फ अरनिको स्कुलले उपाधि जितेको हो ।पुरुषतर्फको फाइनल...

ललितपुरका २ महिलामा आरडीटी पोजिटिभ

ललितपुर, ३ जेठ-ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा गरिएको कोरोना परीक्षणमा २ जनाको नतिजा पोजिटिभ देखिएको छ । शुक्रबार १ सय ३६ जनामा गरिएको आरडीटीमा २ महिलाको नतिजा पोजिटिभ देखिएको हो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख डा. खगेश्वर...

ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि त्रिभुवन आर्मीलाई

विराटनगर । प्रथम ऋचा मेमोरियल टी – २० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभूवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आइतबार सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि...

विराटनगरमा खुल्यो न्यूरोसम्बन्धी ‘आर्या अस्पताल’

विराटनगर ३ कन्चनबारीमा १६ करोडको लागतमा आर्या न्यूरो हस्पिटल संचालनमा आएको छ । न्यूरो सम्बन्धी उपचारलाई फोकस गरेर विराटनगरमा उक्त अस्पताल संचालनमा ल्याएको हो । बुधबारदेखि औपचारिक रुपमा सो अस्पताल संचालनमा आउने मंगलबार अस्पतलामा पत्रकार...

ओजोन तहको संरक्षण गर्न शिक्षादीपमा निबन्ध प्रतियोगिता, ८० जना साइन्सका विद्यार्थीको सहभागी

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा विज्ञान सङ्काय अध्ययनरत विद्यार्थीहरूको लागि निबन्ध प्रतियोगिता आयोजना गरेको छ ।  ओजोन तह विनाश र यसको संरक्षणका उपायहरू सम्बन्धी निबन्ध प्रतियोगिता कलेज परिसरमा सोमबार आयोजना गरिएको हो ।  प्रतियोगितामा विज्ञान...

एमाले संसदीय दलको विधान संशोधनसहित पारित

नेकपा (एमाले) को संसदीय दलको बैठक सकिएको छ । बैठकले विधानलाई संशोधनसहित पारित गरिएको सचेतक विशाल भट्टराईले बताए । आइतबार बसेको संसदीय दलको बैठकमा कार्यदलले विधान प्रस्तुत गरेको थियो । बैठकमा विधान संशोधनका लागि गठित विशाल...

आज ५७० जनामा कोरोना संक्रमण

काठमाडौं, ११ कात्तिक-गत २४ घण्टामा ५ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । आज २ हजार ७ सय २५ को पीसीआर गर्दा ५ सय ७० जनामा कोरोना पुष्टि भएको हो...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्