अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश - News Birat

अख्तियारका पूर्वप्रमुख बस्न्यातलाई थुनामा राख्न आदेश

न्यूज विराट

अख्तियारका पूर्वप्रमुख दीपकुमार बस्न्यातलाई विशेष अदालतले आइतबार थुनामा राख्ने आदेश दिएको छ । बालुवाटारस्थित ललिता निवास क्षेत्रकाे सरकारी जग्गा हिनामिना प्रकरणमा अभियुक्त बनाइएका उनलाई उनकाे बयान र त्यसपछिको थुनछेक आदेशपछि अदालतले थुनामा पठाउने आदेश दिएको हो ।

विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेयको इलजासले उनलाई थुनामा राख्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।

बस्न्यातविरुद्ध अख्तियारले गत वर्षकाे २२ माघमा जनही ९ करोड ६५ लाख ७६ हजार बराबरको बिगो मागदाबी गरेर भ्रष्टाचार मुद्दा दायर गरेको थियो । साे सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा १७५ जनाउपर विशेष अदालतमा आरोपपत्र दायर गरिएकाे थियाे ।

मा प्रकाशित

यसमा तपाईको मत:

© Copyright 2017 - 2021 Newsbirat pvt ltd. All Rights Reserved.

Design / Developed by codebundles