१०१ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

 न्यूज विराट
१०१ अनलाइन प्रेस काउन्सिलको कारबाहीमा

काठमाडौं, ४ साउन-पछिल्लो समयमा सञ्चारमाध्यममा सम्प्रेषित समाचारको विषयलाई लिएर ती सञ्चारमाध्यमविरुद्ध उजुरी पर्ने क्रम बढ्दै गएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले सुरु गरेको लकडाउनको अवधिमा मात्र प्रेस काउन्सिल नेपालमा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी ७३ वटा उजुरी परेका छन् । ती उजुरी व्यक्तिगत वा संस्थागतरूपमा चरित्र, मानसम्मान, मर्यादा, इज्जत, सार्वजनिक सरोकार, ठगी आदि विषयसँग सम्बन्धित छन् ।

आर्थिक वर्ष २०७६/७७ मा छापा र विद्युतीय गरी २६५ वटा पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी परेका छन् । छापामाध्यमविरुद्ध परेका ३५ उजुरीमध्ये १३ उजुरी फर्स्यौट भएका छन् । काउन्सिलले गरेको स्वअनुगमनबाट १६३ समाचार आचारसंहिता उल्लङ्घनका छन् । ती सबै फर्स्यौट भएका छन् । त्यसैगरी जनगुनासोमध्ये ३ वटा उजुरी पनि फर्स्यौट भएका छन् ।

बन्दाबन्दी ११ चैत २०७६ देखि ३१ असार २०७७ को अवधिमा छापा माध्यमविरुद्ध परेका १३ उजुरीमध्ये १० फर्स्यौट भएको छ । बन्दाबन्दीकै बेला गरिएको स्वअनुगमन ३९ समाचार सामग्री भेटिएकामा सबै फर्स्यौट गरिएको काउन्सिलले जनाएको छ । यो वर्ष कुनै पनि पत्रपत्रिकालाई कालोसूचीमा राखिएको छैन ।

त्यसैगरी विद्युतीय माध्यमविरुद्ध यो वर्ष १ सय ५७ वटा उजुरी परेका छन् । तीमध्ये १ सय २३ फर्स्यौट भएको छ । स्वअनुगमनबाट ५ सय ५४ आचारसंहिता उल्लङ्घनका समाचार सामग्री भेटिएको छ । तीमध्ये ५५१ वटाको फर्स्यौट पनि भएको छ । ९ वटा जनगुनासोमध्ये ६ फर्स्यौट भएको जनाइएको छ ।

बन्दाबन्दी सुरु भएको दिनदेखि असार ३१ सम्म विद्युतीय सञ्चारमाध्यमविरुद्ध ६० उजुरी परेका छन् । स्वअनुगमन गर्दा १३ आचारसंहिताविपरीतका समाचार सामग्री पाइएको छ । तीमध्ये ६१ फर्स्यौट भएका छन् ।

३ विद्युतीय सञ्चारमाध्यमलाई यो वर्ष कालोसूचीमा राखिएको छ । यस्तै १०१ वेबसाइटलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने गरी कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषालले जानकारी दिए ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलमा आउने उजुरीउपर कारवाही गर्ने मात्रै भन्दा पनि सहमति र मिलापत्रसमेत गर्ने गरिएको बताए ।

बन्दाबन्दीको अवधिमा समेत काउन्सिलले निरन्तर अनुगमन गरिरहेको उनको भनाइ छ । काउन्सिलले आगामी वर्ष पनि नियमित र प्रभावकारीरूपमा आचारसंहिताको अनुगमन, उजुरी, सुनुवाइ तथा कारवाही प्रक्रिया जारी राख्ने भएको छ ।

त्यसैगरी पत्रपत्रिका वर्गीकरण, विभिन्न नीतिगत, प्रशासनिक सुधारका कार्यहरू, पत्रकारलाई अनुदान, उपचार खर्चलगायतका सुविधा प्रदान गर्ने, पत्रकारितासम्बन्धी तालीम, अध्ययन अनुसन्धानसम्बन्धी कार्य अघि बढाउने र प्रकाशनका कार्यलाई पनि निरन्तरता दिने भएको छ ।

काउन्सिलले मैथली भाषाको पत्रकारिता आचारसंहिता अनुगमन गरी प्रकाशन गर्नुका साथै विभिन्न भाषामा पत्रकार आचारसंहिता पनि प्रकाशन गर्ने आगामी कार्ययोजनामा उल्लेख छ ।

यस वर्ष विराटनगर, मोरङ, महोत्तरी, सिराहा, रोल्पा, प्यूठान, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ र जाजरकोटलगायतका जिल्लामा जिल्लास्तरको पत्रकार आचारसंहिता जागरण कार्यक्रम सम्पन्न गरिएको प्रशासकीय अधिकत भुषालले जानकारी दिए ।

काउन्सिलले कोरोना महामारीको समयमा मिडियाको विश्वसनीयतासम्बन्धी मिडिया सर्वेक्षण गरी प्रतिवेदन सार्वजनिक गरेको थियो ।

हालसम्म काउन्सिलमा २ हजार १ सय ३० सूचीकृत भएका छन् । त्यसैगरी विभिन्न अनलाइन सञ्चारमाध्यमबाट प्रवाह भएका २३ लाख ८७ हजार ५३९ सामग्री अभिलेख गरिएको छ ।

विभिन्न पत्रपत्रिकाका ३५ लाख पृष्ठ स्क्यान भएको छ । विभिन्न एफएम रेडियोबाट प्रसारित ३९ लाख ५  हजार ४९० सामग्री क्लिप काउन्सिलले रेकर्ड गरी स्टोरेज गरेको छ ।

२०७५ वैशाखदेखि हालसम्म ३२ च्यानल टिभीबाट मिडिया कन्टेन्ट अभिलेख भइरहेको छ । त्यसैगरी पत्रपत्रिका व्यवस्थापन प्रणालीमा आवद्ध ९ सय ७७ पत्रपत्रिका ७० हजार ८७ पीपीएफ सामग्री अभिलेख भएको छ । रासस

सम्बन्धित समाचार

परीक्षणको दायरा बढाउन कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) परीक्षणको दायरा बढाउन आग्रह गरेको छ । कांग्रेसले छिमेकी राष्ट्र चीनको सफलताबाट पाठ सिकेर अन्य देशको झैँ व्ययावहको स्थितिको प्रतीक्षा नगर्न आग्रह गरेको छ । कैलालीका एक...

नेपालले थप ३ देशसँग हवाई सम्झौता गर्ने

काठमाडौं, १४ भदौ-नेपाल सरकारले ३ वटा देशमा हवाई सम्झौता गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आइतबार भएको मन्त्रालयको उच्चस्तरीय ब्यवस्थापन समूहको बैठकले इन्डोनेसिया, फिनल्याड र रसियासँग हवाई सम्झौताको प्रक्रिया अघि बढाउने...

एमाले प्रदेश १ को प्रमुख सचेतकमा भण्डारी नियुक्त

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई नियुक्त गरेका हुन् । भण्डारी सुनसरी सुनसरी २(१) बाट प्रदेशसभा...

सरकारले दियो चिनियाँ खोपलाई अनुमति

सरकारले कोरोनाविरुद्धको चिनियाँ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपत्कालीन प्रयोगका लागि अनुमति दिएको हो । चीन सरकारले ५ लाख डोज खोप उपलब्ध गराउने...

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत

लकडाउनका समयमा रौतहटमा २ जना बलात्कृत भएका छन् । कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेका बेला यस प्रकारको घटना सार्वजनिक भएको हो । रौतहटको कटहरिया ६ बगहीकी १७ वर्षीया किशोरी र फतुवा विजयपुर...

मजदुरको सामाजिक सुरक्षामा पहल गर्न संघीय संसद् तयारः सभामुख सापकोटा

काठमाडौं, १९ वैशाख-सभामुख अग्निप्रसाद सापकोटाले अग्रगमन तथा सामाजिक न्यायका लागि श्रमिकहरुबाट भएको योगदान र बलिदानको स्मरण गर्दै सम्पूर्ण श्रमजीवी मजदुर वर्गमा शुुभकामना व्यक्त गरेका छन् । उनले हाल कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जीविकोपार्जन...

गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना

विराटनगर, २२ चैत । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । क्लबले विराटनगरस्थित रानी हेल्थ पोष्टमा गर्भवती महिलाहरुका लागि पोषण र सरसफाई सम्बन्धी सचेतना...

इजरायली प्रधानमन्त्रीको कार्यालयमा कोरोना संक्रमित

एजेन्सी, जेठ २०-इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेतान्याहुको कार्यालयले एक कर्मचारीमा कोरोना संक्रमण देखिएको जानकारी दिएको हो । यद्यपि नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा नेतान्याहु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्