शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

 न्यूज विराट
शुक्रबार थपिए १०१ जना संक्रमित, २८५ जनाले जिते कोरोना

काठमाडौं, २ असार-शुक्रबार थप १०१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परीक्षणमा थप १०१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् । उनका अनुसार सक्रिय संक्रमितको संख्या ५ हजार ८७१ रहेको छ । हालसम्म कुल संक्रमितको संख्या १७ हजार ४४५ पुगेको उनले बताए ।

२४ घण्टाको अवधिमा २८५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । अहिलेसम्म ११ हजार ५३४ जनाले कोरोनालाई जितेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये अहिलेसम्म ६६.१२ प्रतिशत निको भएका प्रवक्ता गौतमले बताए ।

त्यस्तै शुक्रबार ४ हजार ६८८ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ । क्वारेन्टाइनमा बस्नेको संख्या २२ हजार ७५६ जना रहेको छ । ५ हजार ८७१ जना आइसोलेसनमा उपचार गराइरहेका छन् ।

सम्बन्धित समाचार

पहिलो टेलिभिजन बहसमा ट्रम्प–बाइडेनबीच चर्काचर्की

एजेन्सी, १४ असोज-अमेरिकामा आगामी ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनको पहिलो टेलिभिजन बहस सकिएको छ । बहसमा ट्रम्प र बाइडेनबीच आफ्नो एजेन्डाका विषयमा भन्दा अन्य विषयमा बढी चर्काचर्की परेको छ । नेपाली समय अनुसार बुधबार बिहान...

१ डाक्टरसहित ३ कर्मचारी संक्रमित, ३९ जनालाई पठाइयो क्वारेन्टाइनमा

एजेन्सी, बैशाख १- भारतको नयाँ दिल्लीको साकेतस्थित म्याक्स अस्पतालका ३९ जनालाई क्वारेन्टाइनमा पठाइएको छ । सो अस्पतालले १ जना डाक्टर, एक नर्स र एक सहायक कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पाइएपछि उनीहरुलाई क्वारेन्टाइनमा पठाइएको हो...

प्रदेश १ का तीन मन्त्रीले दिए राजीनामा

विराटनगर, १२ पुस-प्रदेश १ का थप तीन जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय...

श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न देउवाको आग्रह

काठमाडौं, १७ वैशाख-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई लकडाउनका कारण कष्टकर जीवन बिताइरहेका श्रमिकलाई तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेका छन् । उनले कोरोना महामारी नियन्त्रणका लागि घोषणा गरिएको लकडाउनले श्रमिकको दैनिकी प्रभावित भएकाल उनीहरुलाई...

‘चाँदीको घेरा, नेकपा बैठक’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीनिकट नेता गोकुल बाँस्कोटले पार्टीभित्र संकट मडारिए पनि आशाको किरण बाँकी नै रहेको संकेत गरेका छन् । पछिल्लो समय ट्विटरमा निकै सक्रिय देखिएका पूर्वसंचारमन्त्रीसमेत रहेका बाँस्कोटाले...

कोरोना संक्रमितको संख्या १२ हजार नाघ्यो, २४ घण्टामा थपिए ५५४ जना

काठमाडौं, १३ असार-नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ५५४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले नेपालमा थप १२० जना महिला र ४३४ जना पुरुषमा कोरोना पुष्टि भएको...

प्रदेश १ मा १२० जनामा कोरोना संक्रमण

विराटनगर, २ कात्तिक । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १२० जनामा कोरोना संक्रमण भएको छ । ६२१ जनाको पीसीआर परीक्षण गर्दा १०५ र १४१ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक...

देशभर थपिए ८१६७ संक्रमित, थप ५४५५ जनाले जिते कोरोना

पछिल्लो २४ घण्टाको अवधिमा देशभर ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ५४८ नमुना परीक्षण गर्दा सो संख्या संक्रमित थपिएका हुन् । आज १७ हजार...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्