सुनसरीमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान

 न्यूज विराट
सुनसरीमा प्रहरी र भारतीय तस्करबीच गोली हानाहान

काठमाडौं, २ साउन-सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्जमा नेपाल प्रहरीले २ जना भारतीय तस्करलाई पक्राउ गर्न गोली चलाएकाे छ । बिहीबार राति हतियारसहित नेपाल छिरेका उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गाेली चलाइएकाे र यसमा २ जना घाइते भएका सुनसरी प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।

उनका अनुसार प्रहरीले चलाएको गोली लागेर घाइते हुनेमा भारतीय नागरिक पिन्टु यादव र राजेश यादव रहेका छन् । अन्य ३ जना भारतीय भने भाग्न सफल भएका छन् ।

एसपी थापाका अनुसार हतियार बोकेको समूह रहेको सूचना पाएपछि देवानगञ्ज पुगेको प्रहरीमाथि सो समूहले अचानक गोली चलाएको थियो । सो समूह गोली चलाउँदै दशगजातर्फ बढेपछि प्रहरीका तर्फबाट पनि गाेली चलाइएकाे उनले बताए ।

प्रहरीले घटनास्थलबाट उनीहरूको साथबाट ९ एमएम युएसए पेस्तोल र ६ राउण्ड गोलीसमेत बरामद गरेको जनाएको छ । सो समूह विगतमा मोटरसाइकल चोरी र लागूऔषध तस्करीमा सक्रिय रहेको प्रहरीले बाताएको छ।

सम्बन्धित समाचार

राप्रपाको कार्यक्रमले कटहरीमा विद्यालयको पठन पाठन विथोलियो, दिनभर विद्यालयकै सामुन्ने माइकमा भाषण ‘ठोक्दा’ विद्यार्थीेले पढ्न पाएनन्

विराटनगर, १२ असोज । मोरङको कटहरीमा विद्यालयकै सामुन्ने राजनीतिक दलले कार्यक्रम राख्दा दिनभर पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालयलाई शान्ति क्षेत्र भनिएपनि राजनीतिक दलहरु गैरजिम्मेवार बन्दा पठन पाठन प्रभावित हुने गरेको पाइएको छ ।...

बालुवाटारबिरुद्ध खुमलटारमा बन्यो यस्तो योजना

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीको बिषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनु भएको बैठकमा सहभागी हुनुअद्धि गठबन्धनमा आवद्ध अन्य दुई दलका शीर्ष नेतासँग छट्टै बैठक गर्नुभएको छ । यथास्थितिमा एमसीसी पारित गर्न...

दोस्रो खेलमा वाइआरसीसीसँग एलिट पराजित : तीन खेलमा लगातर दुई जित, एक हार

विराटनगर । प्रथम कोशी प्रदेश दिवा रात्रीकालीन टी–१० क्रिकेट प्रतियोगितामा वाइआरसीसी विराट ब्लास्टर्सले तीन खेलमा लगातार २ जित हात पारेको छ । विराटनगर – ६ स्थित एमबिजे क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा एलिट क्रिकेट...

१ सय ६ नयाँ एचआईभी संक्रमित भेटिए

चितवन, माघ १४–जिल्लाका विभिन्न स्थानमा गरिएको स्वास्थ्य परीक्षणमा १ सय ६ नयाँ एचआईभी संक्रमित भेटिएका छन् । भरतपुर अस्पतालमा रहेको एन्टी रेक्ट्रो भाइरल थेरापी (एआरटी) सेन्टरका अनुसार सन् २०१९ मा २० हजार ६ सय ४६...

६७ औँ प्रहरी दिवसमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले

विराटनगर । ‘६७ औँ प्रहरी दिवस २०७९’ को अवसरमा विराटनगरमा प्रहरी ब्याण्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको छ । १ नंं. प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा विराटनगरको महेन्द्र चौकमा शनिवार प्रहरी ब्यान्ड डिस्प्ले कार्यक्रम आयोजना गरिएको...

सेल्फी रोडमा उम्रियो बाक्लो झार, वडा कार्यालयको छैन चासो

विराटनगर । विराटनगर–३ स्थित सेल्फी रोड निकै तामझामका साथ बनाइयो । जति चर्चा हुनुपर्ने हो, यो रोडको त्यो भन्दा निकै चर्चा चलाइयो । तर, सेल्फी रोड बनेको केही वर्षमा उत्त सडकमा बाक्लो झार उम्रिएको छ...

प्रदेश १ मा ५६९ जना संक्रमित थपिए, ६१९ डिस्चार्ज

विराटनगर, १४ कात्तिक–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ६९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २५३, झापामा १ सय ४३, सुनसरीमा १ सय १२, उदयपुरमा १२, इलाममा ११, धनकुटामा ४, भोजपुरमा ३,...

गेटवेल अस्पतालमा ठुलो आन्द्राको सफल शल्यक्रिया

विराटनगर । विराटनगरको हस्पिटल चोकमा रहेको गेटवेल हस्पिटलमा एक जना बिरामीको ठुलो आन्द्राको सफल शल्यक्रिया भएको छ । सप्तरीको ३७ बर्सिया कौसलीया देवी चौधरीको गेटवेल अस्पतालमा सफल शल्यक्रिया भएको हो । पेट साह्रै दुखाइ भएपछि...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्