राप्रपाको कार्यक्रमले कटहरीमा विद्यालयको पठन पाठन विथोलियो, दिनभर विद्यालयकै सामुन्ने माइकमा भाषण ‘ठोक्दा’ विद्यार्थीेले पढ्न पाएनन्

 न्यूज विराट
राप्रपाको कार्यक्रमले कटहरीमा विद्यालयको पठन पाठन विथोलियो, दिनभर विद्यालयकै सामुन्ने माइकमा भाषण ‘ठोक्दा’ विद्यार्थीेले पढ्न पाएनन्

विराटनगर, १२ असोज । मोरङको कटहरीमा विद्यालयकै सामुन्ने राजनीतिक दलले कार्यक्रम राख्दा दिनभर पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालयलाई शान्ति क्षेत्र भनिएपनि राजनीतिक दलहरु गैरजिम्मेवार बन्दा पठन पाठन प्रभावित हुने गरेको पाइएको छ ।

मोरङको कटहरी गाउँपालिका–४ स्थित एक विद्यालयमा राप्रपाले गरेको कार्यक्रमले विद्यार्थीको पढन पाठननै विथोलिएको हो । कटहरी–४ खयरबना स्थित आधारभुत विधालयकै सामुन्ने राप्रपाले कार्यक्रम राख्दा आइतबार विद्यार्थीहरुले पढ्न नपाएको व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र ऋषिदेवले बताए ।

उनका अनुसार राप्रपाले ठुलो आवाजमा माइक बजाउँदै कार्यक्रम गर्दा सो दिन विद्यार्थीहरुले पढ्न पाएनन् । दिनभर ठुलो आवाजसहितको कार्यक्रमले गर्दा विद्यालय समय अवधिभर विद्यार्थीले पढ्न नपाएका हुन् । ‘कार्यक्रम गर्नेबारे विद्यालयलाई कुनै जानकारी थिएन । विद्यालयमै जोडेर माइकले ठुलो–ठुलो आवाज निकालेर कार्यक्रम गर्दा डिस्टर्भ भएर विद्यार्थीले पढ्न पाएनन् ।’ अध्यक्ष ऋषिदेवले भने,‘कोरोनाले धेरै महिना बन्द भएर बल्ल स्कुल लाग्न थालिरहेको बेला जबरजस्ती कार्यक्रम गर्दा विद्यार्थीको एक दिन त्यसै खेर गयो ।’

अध्यक्ष ऋषिदेवका अनुसार आइतबार विद्यालय लागिरहेको समयमा राप्रपाले कार्यक्रम गरेको थियो । सो विद्यालयमा अधिकांश दलित समुदायका बालबालिका अध्ययनरत छन् । ८ कक्षा सम्म पढनपाठ हुने सो विद्यालयमा ५ सय २१ विद्यार्थी अध्ययनरत रहेको व्यवस्थापन समितिका अध्यक्ष ऋषिदेवले जानकारी दिए ।

सम्बन्धित समाचार

विराटनगरको बाल सुधार गृहदेखि फरार चार मध्ये एक जना पक्राउ

विराटनगर, १२ असार । विराटनगरस्थित बाल सुधार गृहदेखि फरार भएका चार जना बालक मध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमदेखि शनिबार...

चार जना पत्रकार पुरस्कृत

विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । सहकारीको बाह्रौ स्थापना दिवसको अवसर पारेर बुधबार विराटनगरमा पत्रकारहरू प्रमोद प्रधान, नवराज कट्टेल, सन्तोष सिग्देल र रञ्जिता पोखरेललाई पुरस्कृत गरिएको हो...

नेपालमा थप १२८२ जनामा कोरोना पुष्टि, १२६२ जना डिस्चार्ज

काठमाडौं, ११ असोज । नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार २ सय ८२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा...

विराटनगरमा तेली कल्याणको होली मिलन कार्यक्रम

विराटनगर । विराटनगरमा तेली कल्याण समाज नेपालद्वारा होली मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गरेको छ । विराटनगरमा शनिबार होली मिन तथा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको हो ।समाजका महानगर अध्यक्ष सञ्जय कुमार साहको...

मन्त्री घिमिरे काेराेना संक्रमणमुक्त

विराटनगर, १ असोज-प्रदेश-१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे कोरोनामुक्त भएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उनको रिपोर्ट बिहीबार नेगेटिभ आएको जनाएको छ । कोरोना संक्रमण पुष्टि भएको १८ दिनपछि मन्त्री घिमिरे संक्रमणमुक्त भएका हुन्...

३ देखि ५ महिनाभित्र कोरोनाविरुद्धको भ्याक्सिन तयार हुने

एजेन्सी, जेठ ९-अमेरिकाले कोरोना भाइरसविरुद्धको भ्याक्सिन बनाइरहेको बेलायती कम्पनी एस्ट्राजेनेकामा १ सय २ अर्ब अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ । यो लगानीसँगै अब अमेरिकाले उत्पादित भ्याक्सिनको एकतिहाइ हिस्सा किन्ने छ । कोरोना भाइरसका...

कंगोका पूर्वराष्ट्रपतिको कोरोना संक्रमणका कारण मृत्यु

एजेन्सी, चैत १८-कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट कंगोका पूर्वराष्ट्रपति जाँ ज्याक्स जोचिम योहोम्बी ओपांगीको ८१ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरस संक्रमण भएपछि उपचारका लागि अस्पताल भर्ना भएका उनको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले...

नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ ९-नेपालमा २० जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा ५ जना नयाँ कोरोना भाइरस संक्रमित भेटिएका छन् । बाँकेका १४ जना र मोरङका १ जना गरी २० जनामा कोरोना...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्