एजेन्सी, साउन १-अक्सफोर्ड युनिभर्सिटी र फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकाले तयार गरेको कोरोना भ्याक्सिन परीक्षणको नतिजा आज आउन सक्ने बताइएको छ । बेलायतको आइटिभी नेटवर्कका राजनीतिक सम्पादक रोबर्ट पेस्टनले विशेष सुत्रको हवाला दिँदै परीक्षणको नतिजा आजै आउन सक्ने दाबी गरेका छन् ।
कोरोना नियन्त्रणमा प्रभावकारी हुने अपेक्षा गरिएको यो भ्याक्सिन मानिसमाथि तेस्रो चरणमा परीक्षण भइरहेकाे छ । पेस्टनले आफ्नो ब्लगमा लेखेका छन्, ‘मैले सुनेको छु, चाँडोभन्दा चाँडो सुखद् खबर आउँदै छ, सायद बिहीबारसम्म ।’
भ्याक्सिनको पहिलो चरणमा गरिएको परीक्षणकाे नतिजा आउन बाँकी छ । वैज्ञानिकहरूले पहिलो चरणको परीक्षणले आशा जगाएको बताउँदै आएका छन् ।