आज ५ प्रदेशमा भारी वर्षाको सम्भावना

 न्यूज विराट
आज ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, ३१ असार-बुधबार पनि देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार प्रदेश १, प्रदेश ५, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १/२ स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ ।

आज पनि नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले सतर्कता अपनाउनसमेत मौसमविद्ले आग्रह गरेका छन् ।

मौसमविद्अनुसार हाल नेपालभर मनसुनी वायुको प्रभावका साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेकाले केहीदिन अझै वर्षाको सम्भावना रहेको छ ।

विभागले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरेअनुसार भोलि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

बिहीबार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका १/२ स्थानमा भने भारी वर्षा हुने विभागले जनाएको छ ।   त्यस्तै, शुुक्रबार गण्डकी प्रदेश र कर्णाली प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

सम्बन्धित समाचार

रंगेली विराटनगर सडक खण्डको लोहन्द्रा पुलमुनी घाइते अवस्थामा भेटिएका ऋषिदेवको कोशी अस्पतालमा मृत्यु

विराटनगर, २९ माघ । मोरङ जहदा गाउँपालिका ४ रामचौक स्थित लोहन्द्रा पुल मुनि खोलामा घाईते भेटिएका साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ बर्षीय राजेश रिषिदेव रहेका छन् । हिजो बेलुका पौने ७...

विराटनगरको एस्पायर कलेजको उत्कृष्ट नतिजा, पाँच जना विद्यार्थीले ल्याए ४ जिपिए

विराटनगर । काठमाडौ बिश्वविद्यालयबाट संचालित विराटनगर १४ मा रहेको एस्पायर कलेजले उत्कृष्ट नतिजा ल्याएको छ । ब्याचलर इन टेक्निकल एजुकेशन आइटिमा अध्यनरत बिद्यार्थीहरुले ४ जिपिए सहित शत प्रतिशत नतिजा ल्याउन सफल भएका छन् । गत...

राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीले बदल्छ : मुख्यमन्त्रीकार्की

विराटनगर । मुख्यमन्त्री केदार कार्कीले राज्यले व्यापारीलाई हेर्ने दृष्टिकोण कोशीप्रदेशबाटै परिवर्तन गर्ने बताएका छन् । अग्रसेनभवनविर्तामोड, झापाले बिहीबार आयोजना गरेको श्यामबाबामन्दिरमा प्राण प्रतिष्ठाका लागिभारतको खाटु श्याम बाबाबाट दिव्यशिश र अखण्ड ज्योतिल्याउने समूहको विदाइकार्यक्रममामुख्यमन्त्रीकार्कीले व्यापारी सरकारको...

प्रचण्डका परिवारका सबै सदस्यमा देखिएन कोरोना

काठमाडौं, २२ साउन-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सहित परिवारका सबै सदस्यको कोरोना भाइरस (कोभिड-१९) परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।  प्रचण्ड पुत्री गंगा दाहालले फेसबुकमार्फत आफ्नो परिवारका सदस्यमा कोरोना संक्रमिण देखिएको जानकारी...

रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको मृत्यु

काठमाडौं, १८ वैशाख-रोल्पामा बम विष्फोट हुँदा ४ बालबालिकाको ज्यान गएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँमा बुधबार बेलुका बालबालिकाले नचिनेर पुरानो बम खेलाउने क्रममा विष्फोट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख चित्रबहादुर गुरुङले जानकारी...

३ हजार १६५ मिटर उचाइमा भेटियो पाटेबाघ

इलाममा लोपोन्मुख  पाटेबाघ  यहाँ फेला परेको छ ।  इलामको तीन हजार १६५ मिटर उचाइमा पाटेबाघ भेटिएको हो । बिरालो जातको  पाटेबाघ सीसी क्यामरा फुटेजमा देखिएको हो । यसअघि पर्सा निकुञ्जपूर्व पाटेबाघ फेला परेको थिएन ।...

रुकुम हत्याकाण्डको विरोधमा प्रदेश राजधानी विराटनगरमा प्रदर्शन

विराटनगर, जेठ १६–रुकुम पश्चित चौरजहारी नगरपालिका— ८ सोतीमा भएको नरसंहारबाट ५ जना मारिएको घटनाको निष्पक्ष छानवीन र पीडित परिवारलाई न्याय तथा क्षतिपूर्तिको माग गर्दै शुक्रबार देशभर एकसाथ प्रदर्शन गरिएको छ । राष्ट्रिय दलित पत्रकार संघ...

तेली कल्याण समाजद्धारा निः शुल्क लोकसेवा तयारी कक्षा सुरू

विराटनगर । तेली कल्याण समाज नेपाल मोरङ र नापी पेसाकर्मी समाज मोरङको संयुक्त आयोजनामा निःशुल्क लोक सेवा तयारी कक्षा सुरु भएको छ । विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरी निःशुल्क लोक सेवा तयारी कक्षा सुरु...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्