प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रण प्रतिवेदन सार्वजनिक

 न्यूज विराट
प्रदेश १ सरकारद्वारा कोरोना नियन्त्रण प्रतिवेदन सार्वजनिक

विराटनगर, १९ असार-प्रदेश १ सरकारले कोरोना भाइरसको रोकथाम तथा प्रतिरक्षाका लागि हालसम्म भएका कार्यहरूको विस्तृत प्रतिवेदन सार्वजनिक गरेको छ ।शुक्रबार विराटनगरस्थित उद्योग संगठन मोरङमा पत्रकार सम्मलेनको आयोजना गर्दै प्रदेश सरकारले प्रतिवेदन प्रस्तुत गरेको हो ।

पत्रकार सम्मेलनमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि प्रदेश सरकारले ‘नोवेल कोरोना भाइरसको परिचय तथा रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थासम्बन्धी प्रदेश सरकारको कार्य योजना’समेत तर्जुमा गरी कार्यान्यनमा ल्याएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जानकारी दिए ।

मुख्यमन्त्री राईका अनुसार कोरोना भाइरसको महामारीबाट उत्पन्न राष्ट्रिय चुनौतीलाई प्रदेशस्तरमा सामना गर्न प्रदेश १ सरकारले ‘होलियास्टिक एप्रोच’ को अवधारणाबमोजिम कार्य गरिरहेको छ ।

यस अवधारणाबमोजिम प्रदेश सरकारले नेपाल सरकार तथा स्थानीय तहहरुसँगको सहकार्यमा निजामती प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक जिम्मेवारीसहित समन्वयात्मक रूपमा परिचालन गरेको मुख्यमन्त्री राईले जानकारी दिए ।

त्यसैगरी, प्रदेश १ सरकारले गत ३० वैशाखमा मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा बसेको ‘कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर’ को प्रादेशिक समितिको बैठकबाट भारतमा लकडाउन खुकुलो भएलगत्तै २५ हजार नेपाली नागरिक प्रदेशमा भित्रिन सक्ने सम्भावना रहेको अनुमान गरेको थियो ।

सो सम्भावनालाई मध्यनजर गर्दै प्रदेश १ सरकारले नेपाल भारत सीमाका पशुपतिनगर, काँकडभिट्टा, भद्रपुर, रंगेली, रानी र भन्टाबारीलगायतका क्षेत्रहरूमा होल्डिङ सेन्टर स्थापना गरेको छ ।

होल्डिङ सेन्टर स्थापना गरी प्रदेश सरकारले विदेशबाट आउने नागरिकहरूको व्यवस्थापन गर्न स्पष्ट जिम्मेवारीसहितको कार्यविधि र संक्रमण परीक्षणको योजनाहरू पनि अघि सारेको छ ।

सम्बन्धित समाचार

कोरोनाबाट ३ जनाको मृत्यु भएको पुष्टि, मृतकको संख्या ५२ पुग्यो

काठमाडौं, १५ साउन-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु...

रंगेलीमा प्रदेशस्तरीय फूलपाती बढाइँमा मुख्यमन्त्रीद्वारा पूजापाठ

विराटनगर । मोरङको रंगेलीस्थित संसारी माई मन्दिरबाट कोसी प्रदेशस्तरीय फूलपाती बढाइँ गरिएको छ ।विजया दशमीको सातौं दिन हरेक वर्ष रंगेली नगरपालिका वडा नम्बर ७ स्थित मन्दिर परिसरबाट बढाइँ आरम्भ हुने गर्छ । कोसी प्रदेश सरकारले...

सर्वोच्चकी पहिलो महिला न्यायाधीश सुशीला सिंहको निधन

काठमाडौं, १० जेठ-सर्वोच्च अदालतकी पहिलो महिला न्यायाधीश सुशीला सिंह (शिलु)को ८१ वर्षको उमेरमा निधन भएको छ । उनको ललितपुरको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल उपचारका क्रममा शुक्रबार निधन भएको हो । उनी २०५८ साल वैशाखदेखि २०६३...

शिक्षादीप कलेज पढेकी अदिती जैन छात्रातर्फ एमबीबीएसको इन्ट्रान्समा टपर

विराटनगर । चिकित्सा शिक्षा आयोगले लिएको एमबीबीएसको प्रवेश परीक्षमा १८ हजार बढी विद्यार्थीलाई उछिन्दै विराटनगरस्थित शिक्षादीपक कलेजबाट प्लस २ सकेकी सुनसरीको हरिनगरा–४ की २० वर्षीया अदिती कुमारी जैन टपर भएकी छन् । कुल ६ हजार...

बुधबारको भूकम्प २०७२ सालको भूकम्पकै परकम्प

काठमाडौं,  ३१ भदौ-सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बुधबार बिहान ६ रिक्टर स्केलको परकम्प गएको छ । आज बिहान ५ बजेर १९ मिनेट जाँदा ६ रिक्टरको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको...

रोटरी क्लब अफ विराटनगर डाउन टाउनद्वारा प्याड वेन्डिङ्ग मेसिन र फिल्टर जडान

विराटनगर, ५ असोज । सामाजिक कार्यमा अग्रसर रोटरी क्लब अफ विराटनगर डाउन टाउनले मोरङको जहदास्थित एक सामुदायीक विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाका लागि प्याड वेन्डिङ्ग मेसिन जडान गरेको छ । विद्यालयमा अध्ययनरत छात्राहरुको सुविधाका लागि क्लबले...

अमेरिकी निर्वाचनः मतदान सम्पन्न, प्रारम्भिक नतिजा आउन सुरु

एजेन्सी, १९ कात्तिक-अमेरिकी राष्ट्रपति पदका लागि मतदान सम्पन्न भएको छ । मानिसहरूलाई केही दशकयताकै सबैभन्दा धेरै विभाजित बनाएको राष्ट्रपतीय चुनावमा अब मतपरिणामको पर्खाई सुरु भएको छ । मतदान सम्पन्न भएलगत्तै मतगणना समेत सुरु भएको छ...

लायन्स क्लबद्धारा स्थापना गरिएको आइसोलेसन केन्द्र सञ्चालनमा

विराटनगर, २३ असोज–विराटनगरमा संस्थागत रुपमा निर्माण भएको कोभिड १९ आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ । लायन्स क्लबले विराटनगर १२ मा निर्माण गरेको ३० शैयाको आइसोलेसन केन्द्र शुक्रबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेका...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्