स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

 न्यूज विराट
स्थायी कमिटीमा पोखरेल र यादवले मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं, १७ असार-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा बोल्ने दुई नेताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल र मातृका यादवले प्रधानमन्त्री ओलीलाई स्वास्थ्य अवस्था र हालै सार्वजनिक भएका अभिव्यक्तिका कारण राजीनामा दिनु नै उपयुक्त हुने सुझाव दिएका हुन् ।

उनीहरूले करिब दुईतिहाइ नजिकको बहुमत हासिल गरेका प्रधानमन्त्रीले आफूलाई भारतले हटाउन चाहेको अभिव्यक्ति दिएको भन्दै नैतिक रूपमा पनि राजीनामा दिन सुझाव दिएका हुन् ।

बैठकमा अर्का स्थायी समिति सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले नमिलेका कुराहरू मिलाएर हल गरेर जानुपर्ने बताएका छन् । उनले यही बैठकबाट सबै समस्याको हल नहुने भन्दै दुई अध्यक्ष बसेर सल्लाह गर्न सुझाव दिएका छन् ।  यस्तै, पेशल खतिवडा र नन्दप्रसाद प्रसाईंले पनि प्रधानमन्त्रीले गल्ती गरेको र तिनीहरूलाई सच्याएर जानुपर्नेमा जोड दिएका थिए ।

सम्बन्धित समाचार

बूढानिलकण्ठ स्कुलमा बुद्ध जयन्ती मनाईयो

विराटनगर । विराटनगर – २ मा अवस्थित बूढानिलकण्ठ अ. मा. वि. मा विभिन्न कार्यक्रम आयोजना गरी २५८५ औँ बुद्ध जयन्ती मनाएको छ । स्कुल परिसरमा बुधबार एक भब्य कार्यक्रम आयोजना गरी बुद्ध जयत्ती मनाएको हो...

त्रिविमा अध्ययनरत ५ सय विद्यार्थीलाई राहत

काठमाडौं, ५ वैशाख-कीर्तिपुर नगरपालिकाले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा अध्यनरत विद्यार्थीलाई राहत सामग्री उपलब्ध गराएको छ ।नगरपालिकाले शुक्रबार साे विश्वविद्यालयमा अध्ययनरत करिब ५ सय विद्यार्थीलाई अत्यावश्यक खाद्य सामग्री उपलब्ध गराएको हो । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको रोकथामका...

एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक

विराटनगर । विरामीको स्वास्थ्य उपचारमा व्यस्त रहने चिकित्सकहरुले शनिबार साझ छुट्टै रमाइलो लिएका छन् । नेपाल मेडिकल एशोसिएसन (एनएमए) कोशीले दशैं, तिहार, नेपाल सम्बत तथा छठ पर्वको अवसर पारेर आयोजना गरेको शुभकामना आदनप्रदान तथा सांगीतिक...

रोटरी क्लब अफ विराटनगर डाउनटाउनद्वारा विद्यार्थीलाई छाता वितरण

विराटनगर, २६ साउन। शिक्षा, स्वास्थ्य, वातावरणलगायतका क्षेत्रमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको रोटरी क्लब अफ विराटनगर डाउनटाउनले विद्यार्थीहरुलाई छाता वितरण गरेको छ । गर्मी र वर्षाका कारण विद्यालय जानबाट वञ्चित विद्यार्थीहरुलाई क्लबले छाता वितरण गरेको...

१ भदौदेखि त्रिभुवन विमानस्थलबाट दैनिक १५ अन्तर्राष्ट्रिय उडान हुने

काठमाडौं, ७ साउन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यालयले १ भदौदेखि दैनिक १५ वटासम्म अन्तर्राष्ट्रिय उडान गर्ने तयारी सुरु गरेको छ । विमानस्थलका प्रमुख देवेन्द्र केसीले कोभिड-१९ संक्रमणको जोखिमलाई हेरेर दैनिक १५ वटासम्म उडान गर्न सक्ने अवस्थामा विमानस्थल...

कटहरी १ नम्बर वडा कार्यालय आफ्नै भवनमा, छिटो र क्षरितो सेवा सुरु गर्न जोड

विराटनगर । मोरङको कटहरी गाउँपालिका – १ नम्बर वडा कार्यालय आफ्नै भवनमा सरेको छ । ७२ लाख २० हजार ३८६ रुपैयाँ लागतमा निमार्ण भएको भवन आइतबारबाट आफ्नै नवनिर्मित भवनबाट सेवा सुरू गरेको हो । नवनिर्मित...

पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि हट्दैन: कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले पार्किङ व्यवस्थापनको निर्णयबाट महानगर पछि नहट्ने बताएका छन् । व्यापारीहरूको ध्यानाकर्षणपत्र बुझ्दै मेयर कोइरालाले विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानबाट महानगर एक इञ्च पनि पछि नहट्ने...

सोमबार १५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २४ माघ । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंकभन्दा बढीले घटेको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २८५१.८६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले बढेर ५३५.३२...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्