राशिफल

सोमबार १५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

 न्यूज विराट
सोमबार १५.६९ अंकले बढ्यो नेप्से, ५ अर्बको कारोबार

काठमाडौं, २४ माघ । साताको पहिलो कारोबारको दिन आइतबार ४० अंकभन्दा बढीले घटेको नेप्से परिसूचक सोमबार १५.६९ अंकले बढेको छ । सोमबार नेप्से परिसूचक २८५१.८६ विन्दुमा पुगेको छ । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स ३.०५ अंकले बढेर ५३५.३२ विन्दुमा पुगेको छ ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीका ९५ लाख १२ हजार ५ सय ८० कित्ता शेयर ५ अर्ब २ करोड २० लाख १७ हजार १ सय ८१ रुपैयाँमा किनबेच भयो । आइतबारको तुलनामा सोमबार कारोबार रकममा भने गिरावट आएको छ । आइतबार ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो ।

सोमबार १३ वटा समूहमध्ये १० समूहको सूचक बढेको छ भने तीन समूहको सूचक घटेको छ । सबैभन्दा बढी लगानी समूहको सूचक ३.०६ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै अन्य समूहको २.४१, र्निजीवन बीमा कम्पनीको ०.५८, विकास बैंकको ०.५२, व्यापारको ०.४८, वित्त ०.३६, जलविद्युत्‌को ०.२ प्रतिशतले सूचक बढेको छ ।

यता, बैंकिङ समूहको सूचक सबैभन्दा धेरै ०.२१ प्रतिशतले घटेको छ । त्यस्तै होटल तथा पर्यटन ०.१४ र लघुवित्त समूहको सूचक ०.०८ प्रतिशतले घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल इन्फास्ट्रक्चर बैंकको शेयर मूल्य ८.४२ प्रतिशतले बढेको छ । यस्तै, छ्याङ्दी हाइड्रोपावरको ६.८३ प्रतिशत र सानिमा लाइफको शेयर मूल्य ५.०४ प्रतिशतले बढेको छ । त्यस्तै नेशनल हाइड्रोपावर, बोटलर्स नेपाल तराई कम्पनीको पनि शेयर मूल्य बढेको छ ।

त्यस्तै बुद्धभूमी नेपाल हाइड्रोपावर, सर्पोट माइक्रोफाइनान्स, साहस उर्जा, विन नेपाल लघुवित्त, नेपाल लाइफ इन्स्योरेन्सलगायतको शेयरमूल्यमा गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ४९ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल इन्फ्रास्ट्रक्चर बैंक शीर्ष स्थानमा रहेको छ । नेशनल हाइड्रोपावर कम्पनीको २७ करोड ६६ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप : आज आर्मी र जावलाखेल खेल्दै

विराटनगर । सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आज शुक्रबार विभागीय टिम त्रिभूवन आर्मी र जावलाखेल युथ क्लब खेल्दैछन् । विराटनगरको सहिद मैदानमा रात्रीकालिन हुने गोल्डकपमा आज राती ७ बजे खेल सुरु हुनेछ । विराट...

विराट गोल्डकप, नेपाल पुलिसलाई हराउँदै विराटनगर सिटी सेमिफाइनलमा

विराटनगर । घरेलु टिम विराटनगर सिटी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुआत गर्दै सेमिफाइनलमा पुगेको छ । सहिद रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा पूर्व विजेता टिम नेपाल पुलिस क्लबलाई १–० गोलले निराश बनाउँदै...

मेरिल्याण्ड कलेजमा योग कक्षा सञ्चालन

विराटनगर । विराटनगर – ७ मा रहेको मेरिल्याण्ड कलेजमा अध्ययरत विद्यार्थीहरूका लागि योग कक्षा सञ्चालनमा ल्याएको छ । कलेजका कक्षा – ११ मा अध्ययरत विद्यार्थीहरुको लागि दुई दिने योग कक्षा बिहीबारदेखि संचालन गरिएको हो ।...

उद्योग वाणिज्य महासंघ कोसीको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित 

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्विरोध निर्वाचित भएका छन् । झापाको विर्तामोडमा सम्पन्न प्रदेश अधिवेशनबाट राउत निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले दिएको जानकारीअनुसार महासंघको उपाध्यक्षमा...