सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तित

 न्यूज विराट
सलहको नेपाल प्रवेशसँगै रोपाइँ सुरु गरेका किसान चिन्तित

बुटवल, १५ असार-फट्याङग्रा प्रजातिको सलह कीरा लाखौँको संख्यामा कपिलवस्तु जिल्ला प्रवेश गरेका छन् । जिल्ला सदरमुकाम तौलिहवा, पकडी, मर्यादपुर, कृष्णनगर, शिवराज नगरपालिकाका ३ र ११ तथा विजयनगर गाउपालिका लगायतका क्षेत्रका लाखौँ संख्यामा सलह कीरा देखिएका छन् ।

करिब ३ किलोमिटरको क्षेत्रफलमा फैलिएर उड्दै आएका यी सलह कीरा यहाँका विभिन्न बोटविरुवामा बसेका छन् । जिल्लामा धान रोपाइँ सुरु गरेका कृषक र तरकारी उत्पादक कृषक सलह कीरा जिल्लामा प्रवेशबाट निकै निन्तित बनेका छन् । कपिलवस्तु नगरपालिका-५ का वडा अध्यक्ष दीरेप चौधरीले किसानले भर्खर लगाएको खेतमा सलह पसेर रोपेको धान खान थालेको बताए ।

यसरी जिल्लामा भित्रिएका सलह कीरा भगाउन स्थानीय कृषकले धाल बजाएर तथा ठूलो स्वरमा म्युजिक बजाउन सुरु गरेका छन् । प्रतिदिन करिब ५ सय किलोमिटरको दूरीसम्म आहारा खोज्दै यी कीरा आकाशमा उड्ने गरेको विज्ञहरू बताउँछन् । फट्यांग्रा प्रजातिका यी कीराले प्रतिदिन २ ग्राम आहारा खाने गर्छन् ।

तातो हावापानी भएको मरभूमि क्षेत्रबाट उत्पत्ति भई आएका यी कीराको जीवन चक्र ३ महिनादेखि ५ महिनासम्मको हुन्छ । यी कीरा नेपालमा १९६० को दशकमा पनि देखिएका थिए । रूपन्देहीमा भने अहिले सलह देखिएको थिएन ।

सलहबाट बाली जोगाउन प्रोत्साहनस्वरूप प्रदेश सरकारले सलह कीरा छोपर ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँका दरले दिने निर्णय गरेको छ । हिजो मात्र बुटवलका २ बालबालिकाले साढे ८ किलो सलह छापेर बुटवल उपमहानगरपालिकामा बुझाएका थिए ।

सम्बन्धित समाचार

एसईई परीक्षा स्थगित

काठमाडौं, चैत ५–सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९)को प्रभावलाई मध्यनजर गर्दै सरकारले एसईईको परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । बुधबार दिउँसो बसेको नेपाल कम्युनिष्ट...

पिटर प्यान्स पेनोेले मनायो वार्षिकउत्सव

विराटनगर । विराटनगरमा रहेको पिटर प्यान्स पेनोले २५ औं बाषिर्कउत्सव विभिन्न कार्यक्रम गरेर मनाएको छ ।विराटनगरस्थित आरोहण गुरुकुल हाटखोलामा विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार वार्षिकउत्सव मनाएको हो । कार्यक्रममको उद्घाटन विराट मेडिकल कलेजका बाल रोग...

झापामा हालसम्म ५८ कोरोना संक्रमितको मृत्यु

झापा, २१ कात्तिक-झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ । जनस्वास्थ्य कार्यालय झापाले सक्रिय संक्रमितको संख्या ८ सय ९३ रहेको जनाएको छ । कार्यालयको तथ्यांकअनुसार ३० हजार ४ सय ४१ जनाको स्वाब संकलन...

क्यानाडाको राजधानीमा संकटकाल घोषणा

ओटावा । क्यानाडाको राजधानी ओटावामा संकटकाल घोषणा गरिएको छ । ट्रक चालकहरुको आन्दोलन अनियन्त्रित र हिंसात्मक बन्दै गएको भन्दै स्थानीय सरकारले संकटकालको घोषणा गरेको हो । कोरोना भाइरसविरुद्धको खोप लगाउनु पर्ने लगायतका कतिपय प्रतिवन्धात्मक व्यवस्थाकाविरुद्धमा...

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४११ संक्रमित थपिए, ४५८ डिस्चार्ज

विराटनगर, २२ असोज–प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४११ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा १७४, सुनसरीमा १५५, झापामा ३६, उदयपुरमा १९, भोजपुर, इलाम र...

भारत : कांग्रेस नेता शशि थरुरविरुद्ध राजद्रोह मुद्दा

एजेन्सी, १६ माघ-भारतस्थित उत्तर प्रदेशको नोएडा प्रहरीले भारतीय कांग्रेसका नेता शशि थरुरसहित केही वरिष्ठ पत्रकारविरुद्ध राजद्रोहको मुद्दा लगाएको छ ।  गणतन्त्र दिवसको दिन भएको हिंसामा संलग्न भएको भन्दै कांग्रेस नेता थरुरसहित पत्रकारहरु राजदीप सरदेसाइ, मृणाल...

सत्ता गठबन्धन स्थानीय तहको चुनाव सार्न जालझेल गर्दैछ:गोकर्ण विष्ट

काठमाडौं, १४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव गोकर्ण विष्टले सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा तल्लीन भएको आरोप लगाएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमा स्टाटस लेख्दै सचिव विष्टले संविधान र...

व्यवस्थापन संकायमा अब्बल मेरिल्याण्ड, विद्यार्थीको रोजाइमा पर्दै कलेज

विराटनगर । व्यवस्थापन शिक्षामा अब्बल कलेज मध्ये नम्बर वान मा पर्ने एक हो, विराटनगर – ७ रंगेली रोडस्थित मेरिल्याण्ड कलेज । सक्षम नेतृत्व, कुशल व्यवस्थापन र मेहनती प्रध्यापक, शिक्षक शिक्षिकाहरुका कारण यो केलजमा आफ्ना छोराछोरी व्यवस्थापन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्