काठमाडौं, ११ असार-सरकारले कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपाली उद्दार गर्ने नीति लिएसँगै अन्तर्राष्ट्रिय उडानहरु बढ्न थालेका छन् । नेपालको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार १२ अन्तर्राष्ट्रिय उडान भएका छन् । विमानस्थल कार्यालयका महानिर्देशक देवेन्द्र केसीका अनुसार १२ उडानमधय्ये ८ वटा उडानमार्फत आगमन भएको छ भने ७ वटा प्रस्थान गरेका छन् ।
राती ९ बजे र ११: ४५ बजेका उडान बाहेक बिहीबार मात्रै ४ बच्चासहित १ हजार ४० जना नेपाल भित्रिएका छन् भने २ सय ८३ जना बाहिरिएका छन् । बिहीबार कतारमा १ सय ८२ जना र दुबाईबाट १ जना नेपाल आएका छन् ।
नेपाल आउनेमा कुवेतबाट १ बच्चासहित २९६ जना र दुबाईबाट ३४३ जना, जापानबाट १ बच्चासहित २ सय ४३ जना आएका छन् । कतारबाट १५६ जना आएका छन् । बिहीबार अरबबाट ९ हजार ६ सय ८५ केजीको कार्गो सामान आयात आयत भएको छ भने त्रिभुवन विमानस्थलबाट अरबमा ९ हजार १ सय कतारमा १३ हजार ७ सय ६१ र दुबाईमा ३ हजार १ सय ४१ केजी सामान गएको छ । बिहीबार ५ वटा आन्तरिक उडान भएका छन् भने शुक्रबारको अन्तर्राष्ट्रिय तर्फ १० वटा उडानले अनुमति पाएका छन् ।