जनकपुर–पोखरा हवाई उडान सुरु हुँदै, टिकट बुकिङ खुला

 न्यूज विराट

जनकपुर, ५ फागुन ।जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले फागुन १७ गते महाशिवरात्रिका दिनदेखि जनकपुरधामबाट पोखरासम्मको सिधा हवाई उडान हुने जानकारी दिएको छ ।

बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ बुधबारदेखि सुरु गरिएको जानकारी दिए । सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले बताए । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार पोखराका लागि उडान हुने तयारी गरिएको उनले बताए ।

जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाई यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।

केही महिना अगाडि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणामा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय शहरका बीचमा सिधा हवाई उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए । (रासस)

सम्बन्धित समाचार

नेपाल प्रहरीका २२ एसपीको सरुवा

काठमाडौं, ५ मंसिर । नेपाल प्रहरीले २२ प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शनिबारको निर्णयानुसार प्रहरी उपरीक्षकको सरुवा गरिएको हो । यसअघि २९ कात्तिकमा पनि आठ एसपीको सरुवा भएको...

आज विश्वकर्मा पूजा एवं वास्तु दिवस

काठमाडौं, १ असोज । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।...

फर्जी बाबु बनाउन खोज्दा पक्राउ

चितवन २४ कात्तिक-भरतपुर महानगरपालिका- ५ का वडा अध्यक्षसहित १० जनालाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याएको छ । वडाध्यक्ष पदमपाणी सुवेदीसहितलाई फर्जी बुबा बनाएको भन्दै कार्यालयले कारबाहीको दायरामा ल्याएको हो । निमित्त प्रमुख जिल्ला अधिकारी...

एउटै गाउँपालिकामा १ सय १४ संक्रमित

बुटवल, ११ जेठ-प्रदेश ५ का १२ जिल्ला मध्ये कोरोना संक्रमणबाट सवैभन्दा बढी प्रभावित बाँकेको नरैनापुर हो । नरैनापुर गाउपालिकामा मात्र १ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । प्रदेश ५ को अति विकट...

चिकित्सक साथीहरूले परिवर्तनको पक्षमा भोट हालेर इतिहास रच्नेछन्

देशभरका डाक्टरहरूको पेसागत संगठन नेपाल चिकित्सक संघको नेतृत्व चयनका लागि आज शुक्रबारबाट मतदान सुरू हुँदैछ । काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा शुक्रबार बिहान ९ बजेदेखि मतदान सुरू हुनेछ । शुक्रबार र शनिबार काठमाडौं उपत्यका बाहिरका शाखाहरूमा...

आफूनिकट नेतासँग छलफलपछि शीतल निवासमा प्रधानमन्त्री

काठमाडौं, २९ कात्तिक-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति  विद्या भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपाभित्र चर्को विवाद भइरहेको बेला प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शीतल...

भक्तपुरका २ महिला र काठमाडौंका १ पुरुषसहित थप २६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ३० वैशाख-नेपालमा थप २६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका आज परीक्षण गर्दा थप २६ जनामा कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि हुनेहरुमा पर्साका १८, महोत्तरी, धनुषा, भत्तपुरका...

सञ्चार माध्यमको संरक्षण गर्न प्रदेश सरकारसँग महासंघ मोरङको माग

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ शाखाले स्थानीय सञ्चार माध्यमको विकास र संरक्षणको लागि प्रदेश तहबाट पनि लोक कल्याणकारी विज्ञापन वितरण गर्नुपर्नेलगायतका माग कोशी प्रदेश सरकारलाई बुझाएको छ । नेपाल पत्रकार महासंघ मोरङका कार्यबाहक अध्यक्ष...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्