संशोधित निशान छाप प्रयोग गर्न संघीय मन्त्रालयको पत्राचार

 न्यूज विराट
संशोधित निशान छाप प्रयोग गर्न संघीय मन्त्रालयको पत्राचार

काठमाडौं, ११ असार-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संशोधित निशान छाप प्रयोग गर्न मातहतका निकायलाई पत्राचार गरेको छ ।यसअघि गृह  मन्त्रालयले काटेको पत्रका आधारमा बिहीबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तह, सबै जिल्ला समन्वयन समिति, विभाग, आयोजना, प्रतिष्ठान तथा निकायलै परिपत्र पठाएको हो ।

नेपालको संविधानमा भएको दोस्रो संशोधनबाट नेपालको निशान छाप संशोधित भएको अवगत गराउँदै निशान छाप प्रयोग हुने सम्पूर्ण लिखित पत्राचार, सूचना, वेबसाइट र अन्य काम कारबाहीमा संशोधित निशान छाप प्रयोग गर्न आग्रह गरिएको छ । संशोधित निशान छाप प्रयोग गर्न ५ असारमा गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरेको थियो ।

संशोधित निशान छाप ४ असारमा राजपत्रमा प्रकाशन गरिएको थियो । संशोधित निशान छापमा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुराको क्षेत्र समेटिएको छ ।

सम्बन्धित समाचार

पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्य पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतबार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । यसैगरी, बालहितकारी परियोजनाले १ लाख १...

एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि पोलस्टार र माउण्ड मकालु स्कुललाई

विराटनगर । मोरङ जिल्ला स्तरीय एसबीएससी चित्रकला प्रतियोगिताको उपाधि विराटनगरको पोलस्टार स्कुल र रंगेलीको माउण्ट मकालु सेकेण्डरी स्कुलले जितेको छ । संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था मारङको आयोजनामा प्रजातन्त्र दिवसको अवसर पारेर आइतबार...

धनुषामा गोली प्रहरी गरी युवकको हत्या

धनुषा, २८ जेठ-धनुषाको सबैलामा गएराती गोली प्रहारबाट १ युवकको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गोली प्रहार गरी सबैला नगरपालिका-७ लवटोलीका २५ वर्षीय हारुन मण्डलको हत्या भएको हो । मण्डल शव आज...

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने १२ सय बढी सवारीसाधन कारबाहीमा

मोरङमा ‘लकडाउन’ उल्लंघन गर्ने साढे १२ सय सवारीसाधनलाई कारबाही गरेको छ । विभिन्न बहाना बनाएर बिनाकारण सडकमा निस्किएका सर्वसाधारण र सवारीधनीलाई कारबाही गरिएको हो । ‘लकडाउन’ उल्लंघन गरेको भन्दै प्रहरीले शुक्रबार विहानसम्म मोरङबाट ६ जनालाई...

अझै सुरु गरेन जनकपुरधाम उपमहानगरले राहत वितरण

जनकपुरधाम, १० वैशाख-लक डाउन सुरु भएको १ महिना पुगेपनि जनकपुरधाम उपमहानगरपालिकाले राहत वितरण शुरु गरेको छैन । प्रदेश २ सरकारले उपलब्ध गराएको राहतबापतको रकमसमेत खर्च नगरेकोमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको कडा आलोचना भइरहेको छ...

थप २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ३०० पुग्यो

काठमाडौं, २१ जेठ-बुधबार थप २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले नेपालमा थप २ सय १ जनामा कोरोना संक्रमण...

‘मस्जिद–मदरसामा कोही लुकेका छैनन्’

नवलपरासी, १७ वैशाख-नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा रहेका मस्जिद र मदरसाको अनुगमनलाई तीव्रता दिइएको छ । उदयपुरको मस्जिदमा रहेका मुसलमा धर्मगुरु (जमाती) मा कोरोना सङ्क्रमण भेटिएपछि राष्ट्रिय मुस्लिम आयोगले गठन गरेको जिल्लास्तरीय अनुगमन समितिले जिल्लाका विभिन्न...

विद्यालयमा पसेर तीन शिक्षकको हत्या

एजेन्सी, पुस २९–पूर्वी केन्याको एक ग्रामीण क्षेत्रमा रहेको एक विद्यालयमा आतंकवादीहरूले तीन जना शिक्षकको हत्या गरेका छन् । केन्यामा केही वर्षदेखि हत्या आतंक जारी राखेको समूह अल सबाबले सो विद्यालयमा प्रवेश गरी तीन जना शिक्षकको...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्