पाल्पा पहिरो अपडेट : मृतकको परिचय खुल्यो 

 न्यूज विराट
पाल्पा पहिरो अपडेट : मृतकको परिचय खुल्यो 

बुटवल, ९ असार-पाल्पाको तानसेन नगरपालिका-११ सम्मोबारीमा सोमबार भएको सवारी दुर्घटनामा मृत्यु हुनेको परिचय खुलेको छ । तानसेन रिडि सडकखण्डको ५ किलोमिटर पश्चिम सम्मोबारीमा गएको पहिरोमा परी ४ सवारी साधनमा रहेका ३ जनाको ज्यान गएको थियो ।

सडक माथिबाट पहिरो खसेर सवारीसाधन पुरिँदा २ जनाको घटनास्थलमै र १ जनाको उपचार हुँदै गर्दा अस्पतालमा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले जानकारी दिए ।

सोमबार अपरान्ह पौने ५ बजे पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेको लु २  ख १३७६ नम्बरको ट्रक, लु १ क १९२८ नम्बरको तेल बोक्ने ट्याङ्करलाई माथिबाट झरेको पहिरोले सडकदेखि तल बगाएको थियो ।

पहिरोमा परी चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से-४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चा रहेको पाण्डेले जानकारी दिए । त्यस्तै, लु २ च ७०४३ नम्बरको अल्टो कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका छन् । ती गाडीमा क्षति भएपनि मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

यस्तै, सोमबार साझ भएको दुर्घटनामा परी नवलपरासीमा १ जनाको मृत्यु भएको छ । नवलपरासी सुनवल नगरपालिका-११ सुकरौलीस्थित भित्री सडकखण्डमा गुडिरहेको लु २ त ८०९५ नम्बरको ट्याक्टरबाट खसेर १ युवतीको मृत्यु भएको हो ।

ट्याक्टरबाट खसेर गम्भीर घाइते भएकी नवलपरासी बर्दघाट नगरपालिका-२ कि २४ वर्षकी मुना नेपालीको उपचारको क्रममा बुटवलमा राति मृत्युु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

स्पेनिस ला लिगाका बाँकी खेलहरु जुनमा सुरु गर्ने योजना

एजेन्सी, बैशाख २३-स्पेनिस ला लिगाका बाँकी खेलहरु आगामी जुन महिनामा सुरु गर्ने तयारी थालिने भएको छ । कोरोना भाइरसको महामारीका कारण रोकिएको ला लिगाका खेलहरु पुनः खेलाउने तयारीमा आयोजक जुटेका हुन् । स्पेनमा कोरोना भाइरसका...

विराटनगरमा ‘तमु ल्होसार’ पर्व मनाइयो

विराटनगर । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाई गरी नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । विराटनगरमा भव्य कार्यक्रमसहित यो पर्व मनाइएको हो। विराटनगरस्थित होटल कन्जनजंगामा आयोजित कार्यक्रममा विभिन्न कार्यक्रम गरी मनाइयो...

नेपालमा थप २९७७ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

नेपालमा थप २ हजार ९ सय ७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍....

वन नियमावली छिट्टै जारी गरिन्छ : मन्त्री जीवन आचार्य

विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले वन नियमावलीको मस्यौदा माथि छलफल गरेको छ । प्रदेशबाट स्वीकृत भएको प्रदेश वन ऐन, २०७७ कार्यान्वयन गर्न नियमावली हालसम्म जारी भएको छैन । नियमावली नहुँदा...

मेसीले छाडे बार्सिलाेना

काठमाडौं, २२ साउन । विश्व फुटबलका महानतम खेलाडीमध्ये एक अर्जेन्टिनी लियाेनल मेसीले स्पेनिस क्लब बार्सिलाेना छाडेका छन् । दुई दशक बार्सिलाेनाका लागि खेलेका मेसी सम्झाैता नवीकरण नभएपछि क्लबबाट बाहिरिएका हुन् ।  क्लबले विज्ञप्ति जारी गर्दै मेसीसँग भएकाे सम्झाैता...

आज विराटनगरमा २४५ जनामा कोरोना संक्रमण

विराटनगर, ११ माघ । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४९२ जनाको पीसीआर परीक्षण गर्दा ६९० र ९०५ जनाको एन्टिजेन परीक्षण गर्दा ३२६ जनामा...

प्रदेश १ मा थप १५ जनामा कोरोना, संक्रमितको संख्या ४४८ पुग्यो 

विराटनगर, ७ असार-प्रदेश १ मा आइतबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सुनसरी, मोरङ, उदयपुर र झापामा ४ महिलासहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ...

जिवन विकास समाजले सुरु गर्यो ५ सय बिघा बाँझो जमिनमा खेती गर्ने अभियान

विराटनगर, भदौ १९–शहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ । शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्