एजेन्सी, असार ८-लद्दाखको गलवान उपत्यकामा भएको हिंस्रक झडपपछि पहिलो पटक भारत र चिनियाँ उच्च अधिकारीबीच वार्ता हुने भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारत र चीनका बीच सोमबार माल्डोमा कमाण्डर लेभलमा वार्ता हुन लागेको हो ।
१५ जूनको रात गलवान उपत्यकामा चीन र भातीय सैनिकबीच भएको झडपपछिको यो पहिलो वार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । दुवै देशले एकले अर्कालाई आरोप लगाइरहेका बेला उच्च अधिकारीबीच वार्ता हुन लागेको हो । यो वार्ता लद्दाख सीमामा जारी तनाव कम गर्ने मुद्दामा केन्द्रित रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गलवानमा भएको झडपमा चिनियाँ सैनिकको आक्रमणबाट २० भारतीय सैनिकको ज्यान गएको थियो । चीनतर्फ पनि ४० सैनिकको हताहती भएको भारती सञ्चारमाध्यमले दाबी गरे तापनि चीनले आधिकारिक्ता पुष्टि गरेको छैन ।