राशिफल

देशभरकाे माैसम बदली, हिमपातसँगै वर्षाकाे सम्भावना

 न्यूज विराट
देशभरकाे माैसम बदली, हिमपातसँगै वर्षाकाे सम्भावना

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा आजको मौसम सामान्यदेखि पूर्णतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसबाहेकका भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसमविद्ले जानकारी दिएका छन् ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भू–भागको थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा अहिले बिहानैदेखिको मौसममा सामान्यदेखि पूर्णतया बदली रहेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

आज राति यी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ । राति पनि पहाडी भू–भागमा हल्का वर्षाका साथै उच्च पहाडी क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

हाल देशमा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली र अरब सागरमा बनेको न्यून चापीय क्षेत्र र आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जानकारी दिएको छ ।

वर्षासँगै हिमपात पनि भएर देशभर चिसो बढ्ने क्रममा रहेकोले पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमासमेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

सम्बन्धित समाचार

विराट गोल्डकप , संकटालाई हराउँदै भारत सेमिफाइनलमा

विराटनगर । पाहुना टोली भारत केरलाको लुका सकर क्लब साताँै संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानमा आइतबार राती भएको अन्तिम क्वाटरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडनडेथमा हराउँदै भारत सेमिफाइनल यात्रा...

विश्व छारेरोग दिवसमा न्यूरो हस्पिटलको सचेतना र्याली

विराटनगर । विराटनगरस्थित न्यूरो हस्पिटलले विश्व छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक र्याली निकालेको छ । आइतबार विहान विराटनगरमा सचेतनामुलक र्याली निकालेको हो । न्यूरो हस्पिटलदेखि सुरू भएको र्यालीले विराटनगर महानगरपालिका भित्र नगर परिक्रमा गरेको थियो...

विराट गोल्डकप : भुटानलाई हराउँदै साविक बिजेता एपीएफ सेमिफाइनलमा

अंकित पोखरेल विराटनगर । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध बनाउँदै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा शनिबार राती भएको...

आयत – निर्यातमा सहजिकरणी गरिदिनुपर्नेमा जोड

विराटनगर । ढुवानी व्यवसायीहरुले सामान आयत निर्यात गर्दा राज्यले सहजीकरणको लागी आवश्यक पहल कदमि गरिदिनुपर्ने व्यवसायीहरुले बताएका छन् ।ट्रान्सपोर्ट एसोसिएसन विराटनगर मोरङको १३ औं वार्षिक साधरण सभा तथा ७ औं अधिवेशनको उद्घाटन शत्रमा शनिबार बोल्दै...