६७०६ को पीसीआर गर्दा आज ४०९ जनामा कोरोना संक्रमण
काठमाडौं, २२ पुस-गएको २४ घण्टामा नेपालमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ को पीसीआर परीक्षण गर्दा बुधबार देशभर ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो...
विराटनगर, असार ६–मोरङको रतुवामाई नगरपालिका वडा नं. २ डोरीया स्थित भारतीय सीमा क्षेत्रमा शसस्त्र प्रहरीको बोर्डर आृट पोष्ट(विओपि) स्थापना भएको छ । सो वडाको डोरीया स्थित बालुबारीमा स्थापना गरिएको बिओपिको रतुवामाई नगरपालिकाका नगर प्रमुख रवीन राई र शशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनीका बाहिनीपति शसस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्रबहादुर थापाले संयुक्त रुपमा उदुघाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख रविन राईले बिओपि स्थापना सँगै सिमाक्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण नियमनमा सहयोग पुग्नुका साथै शन्ति सुरक्षामा बलपुग्ने बताए । उनले कुनै समयमा सीमा क्षेत्रमा असुरक्षाका कारणले सो क्षेत्रका वासिन्दाहरु आफ्नो वसोवासनै छाडेर जानुपर्ने अवस्था रहेको र हाल शसस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट स्थापना भएपछी सिमा क्षेत्रका वासिन्दाहरुले सुरक्षीत महसुस गर्ने विश्वास व्यक्त गरे ।
उनले सीमा क्षेत्रको सुरक्षाका लागि नगरपालिकाले सडकसमेत निर्माण गरिरहेको बताए । कार्यक्रममा शशस्त्र प्रहरी बल नेपाल १ नं. बराह बाहिनीका बाहिनीपति शसस्त्र प्रहरी नायव महानिरिक्षक नगेन्द्रबहादुर थापाले सीमा क्षेत्रको सुरक्षाको लागि प्रत्येक साढे ३ किलोमिटरमा बोर्डर आृट पोष्ट स्थापना गरिने बताए । उनले स्थानीय जनताको व्यवहारिकतालाई बुझ्दै सीमाको सुरक्षामा खटिन शसस्त्र प्रहरीलाई निर्देशन दिए ।
कार्यक्रममा पोष्ट स्थापनाको निम्ती निशुल्क जग्गा उपलब्ध गराउने जगगादाता सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान समेत गरिएको छ । उनले बोर्डर आउट पोष्ट बिओपिका लागि ८ कठा ४ धुर जग्गा निशुल्क उपलब्ध गराएका हुन् । पोष्टको भौतिक पूर्वाधार लगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको हो । बिओपीमा सशस्त्र प्रहरी निरिक्षकको कमाण्डमा ३५ जना शसस्त्र प्रहरीको दरबन्दी रहने जनाइएको छ ।
काठमाडौं, २२ पुस-गएको २४ घण्टामा नेपालमा ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ६ हजार ७ सय ६ को पीसीआर परीक्षण गर्दा बुधबार देशभर ४ सय ९ जनामा कोरोना पुष्टि भएको हो...
काठमाडौं, ७ वैशाख-कोरोना महामारीका कारण नेपाल–भारत सीमा पूर्णरूपमा बन्द रहेका बेला पनि मानव तस्करहरु सक्रिय रहेका छन् । भारत २१ मार्चदेखि पूर्ण रूपमा लकडाउन छ । योसँगै नेपाल–भारत सीमामा आवतजावत पनि ठप्प छ । लकडाउनकै...
विराटनगर, २७ मंसिर–प्रदेश १ मा २ लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ लाख ३८ हजार ३५९ पुरुष र ६१ हजार ८१९ महिला गरि २ लाख १ सय ७८ जनाको परीक्षण गरिएको सामाजिक विकास...
सुर्खेत, १४ जेठ-पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनामा बेपत्ता भएका एक जनाको शव फेला परेको छ । सशस्त्र प्रहरीको गोताखोर टोलीले जाजरकोटको भेरी नगरपालिका-९ का १८ वर्षीय लोकेन्द्र सुनारको शव फेला पारेको हो ।...
काठमाडौं, २८ असार । अमेरिकाले नेपालाई अनुदानमा उपलब्ध गराएको १५ लाख डोज जोन्सन एन्ड जोन्सन खोप आज काठमाडौं आइपुगेको छ । खोप बोकेर आएको अमेरिकी कार्गो जहाज १० बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।...
३३ किलो सुन तस्करी प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई जन्मकैदको सजाय भएको छ । मंगलबार जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारीलाई कर्तव्य ज्यानको...
काठमाडौं, २६ भदौ-भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ । मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट...
विराटनगर । विराटनगरमा बिहीबारदेखि सुरु हुन लागेको सीएनआई कोसी एक्स्पोमा पाँचवटा मुख्य पेभिलियन रहने भएका छन् । अटोमोबाइल्सको पेभिलियनबाहेक चार वटालाई प्रमुख अग्ला हिमालहरु सगरमाथा, अन्नपूर्ण, मकालु र कन्चनजङ्घाको नामबाट नामाकरण गरिएका छन् । एक्स्पोका...
© 2019-2023 Copyright Birat Times Pvt. Ltd. | All Rights Reserved, Design & Develop By: Indesign Media Pvt. Ltd.