गोरखा अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किए

 न्यूज विराट
गोरखा अस्पतालबाट ८ जना कोरोना जितेर घर फर्किए

गोरखा अस्पतालमा उपचाररत ८ जना कोरोना जितेर घर फर्किएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूले जिल्ला अस्पताल गोरखाको आइसोलेसन वार्डमा उपचार गराइरहेका थिए । पछिल्लो पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई डिस्चार्ज गरी घर पठाइएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले बताए ।

अस्पतालबाट डिस्चार्ज हुनेहरूमा गण्डकी गाउँपालिकाका चार जना, भीमसेन थापा गाउँपालिकाका दुई जना, पालुङटार नगरपालिकाका एक र काभ्रे पाँचखालका एक जना रहेको ढकालले बताए ।

‘२ साता आइसोलेसनमा बसेर २ पटकसम्म गरिएको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि शनिबार घर पठाएका हौँ’ उनले भने ‘आइसोलेसनमा बस्दा उनीहरूका कुनै लक्षण देखिएको थिएन । अस्पतालले २ पटक पीसीआर जाँच गर्दा रिपार्ट नेगेटिभ आएपछि मात्रै घर पठायौँ ।’ गोरखा अस्पतालको आइसोलेसन वार्डबाट ८ जना डिस्चार्ज भएपछि अब १६ जना उपचाररत रहेका छन् । जिल्लाभर संक्रमितको संख्या ४० पुगेको छ ।

सम्बन्धित समाचार

प्रदेश सरकारको मध्यावधी पुस्तक सार्बजनिक

विराटनगर, २८ असोज–प्रदेश नं १ सरकारको पाँच वर्षे कायकलको आधा अवधि पुरा गरेको अवसरमा आज मध्यावधि समीक्षा पुस्तक सार्वजनिक गरिएको छ । प्रदेश सरकार गठन भएको ३० महिनाको अवधिमा सरकारद्वारा सम्पादित कार्य तथा उपलव्धिलाई जनता...

कांग्रेस महाधिवेशनः विराटनगर सभापतिमा शेखर कोइराला निकट दिपक चापागाईँ विजयी

विराटनगर , १७ असोज । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी सन्तोष न्यौपानेलाई ४७ मत अन्तरले पराजित गर्दै चापागाई सभापतिमा निर्वाचित भएका हुन ।...

तस्करीको एक सय बोरा चामलसहित पिकअप भेन प्रहरी नियन्त्रणमा

विराटनगर । तस्करीको चामलसहित प्रहरीले एउटा पिकअप भेन नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मोरङको रतुवामाई नगरपालिका ७ स्थित भित्री सडकबाट भारतबाट तस्करी भएको चामल नियन्त्रणमा लिएको हो । प्र....

भारतीय विस्तारविरुद्ध सडकमा उत्रिएका पूर्वएआइजी र जर्नेल २ घण्टा थुनिए

 काठमाडौं, २७ वैशाख-पूर्वएआइजी ठाकुरमोहन श्रेष्ठ र नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्न्यात २ घण्टा थुनिएका छन् । शुक्रबार भारतले एकतर्फीरूपमा नेपाली जमिन मिचेर धार्मिकस्थल मानसरोवरसम्म पुग्ने सडक उद्घाटन गरेपछि नेपालीहरू विरोधमा उत्रिएका छन् । त्यसैको...

खोप लगाएकाभन्दा नलगाएकामा मृत्यु हुने जोखिम २० गुणा बढी

कोरोनाविरुद्धको खोप लगाएका भन्दा नलगाएकामा २० गुणा बढी मृत्युको जोखिम रहेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले भने, ‘खोप लगाएका र नलगाएकामा तुलाना गर्दा खोप नलगाएकालाई १०...

मोरङको रतुवामाईमा थप २५ जनामा कोरोना पुष्टि 

विराटनगर, ३२ जेठ-मोरङको रतुवामाई नगरपालिकामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार विराटनगरस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा भारतबाट आएर रतुवामाईस्थित क्वारेन्टाइनमा बसेका २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरू रतुवामाई...

काेराेना उपचारपछि घर फर्किएका युवक पुनः अस्पताल भर्ना

जनकपुर, २१ वैशाख-साता दिनअघि कोरोना संक्रमण मुक्त भएको भन्दै घर फर्काएका रौतहटको इशनाथ नगरपालिकाका १९ वर्षीय युवक पुनः नारायणी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले रौतहटका युवकमा थप...

६८ फर्मको जरिमाना ४० लाख रुपैयाँ

काठमाडौं,  १७ भदौ-वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले बजार अनुगमनबाट ४० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । विभागले १ भदौदेखि १५ गतेसम्म बजार अनुगमनका क्रममा अनैतिक क्रियाकलाप गर्ने पसललाई कारावाहीस्वरुप जरिमाना गर्दा १५...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्