संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि 

 न्यूज विराट
संक्रमितको उपचारमा संग्लन ५ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि 

पोखरा, ५ असार-पर्वत जिल्ला अस्पतालका ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं गरिएको परीक्षणमा ५ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको हो ।

संक्रमण पुष्टि सँगै अस्पतालले शुक्रबारदेखि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गरेको छ । विज्ञप्ति जारी गर्दै अस्पतालले स्वास्थ्यकर्मीमा कोरोना पोजिटिभ देखिएपछि तत्कालका लागि इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गर्ने जानकारी दिएको हो ।

पर्वत अस्थायी कोरोना अस्पतालमा संक्रमितको उपचारमा संग्लन स्वास्थ्यकर्मीमा संक्रमण देखिएको अस्पतालले जनाएको छ ।२० जेठमा पहिलो पटक संक्रमण पुष्टि भएपछि कोरोना अस्थायी अस्पतालमा १ हप्ता खटिएका स्वास्थ्यकर्मीमा संक्रमण देखिएको हो ।

कोरोना अस्पतालमा कार्यरत ७ जनाको नमुना परीक्षण गरिएकोमा पाँचै जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । कोरोना अस्पतालमा १ हप्ता बिताइएपछि उनीहरू अहिले पनि क्वारेन्टाइनमा नै रहेको बताइएको छ ।

सम्बन्धित समाचार

आइतबार १ सय ६८ कम्पनीका लगानीकर्ताले कमाए शेयरबजारबाट नाफा

काठमाडौं, १८ पुस । आइतबार शेयर बजारबाट १ सय ६८ कम्पनीका लगानीकर्ताले नाफा  कमाएका छन् । यस दिन नेप्से ६०.४१ अंकले बढेर २५८४.९१ अंकमा बन्द हुँदा कारोबारमा आएका प्राय: कम्पनीका लगानीकर्ताले शेयरमूल्य बढाउन सफल बनेका हुन्...

युरोपेली च्याम्पियन्स लिग फुटबल यसै साता सुरु

एजवेन्सी, साउन १९-कोरोना भाइरसका कारण करिब ५ महिना स्थगित गरिएको युरोपेली च्याम्पियन्स लिग र युरोपा लिग फुटबल यसै सातादेखि पुनः सुरु हुँदै छन् । युरोपेली मुलुकहरूमा कोरोना भाइरसको महामारी तीव्र भएसँगै दुवै प्रतिस्पर्धा गत मार्चमा...

घट्न थाल्यो सेबोनको विज्ञप्तिमा परेका कम्पनीको शेयरमूल्य, ४ कम्पनीमा नेगेटिभ सर्किट

काठमाडौं, २ असार । नेपाल धितोपत्र बोर्ड(सेबोन)ले निकालेको विज्ञप्तिको प्रभाव बुधबारको बजारमा देखिएको छ । आज एकैदिन कारोबार खुलेको अढाई घण्टा नबित्दै चारवटा कम्पनीमा नेगेटिभ सर्किट लागिसकेको छ भने २५ कम्पनी सर्किट लाग्ने तरखरमा छन्...

एमाले प्रदेश १ को प्रमुख सचेतकमा भण्डारी नियुक्त

विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ को प्रमुख सचेतकमा रेवतीरमण भण्डारी नियुक्त भएका छन् । एमाले प्रदेश १ संसदीय दलका नेता हिक्मत कार्कीले भण्डारीलाई नियुक्त गरेका हुन् । भण्डारी सुनसरी सुनसरी २(१) बाट प्रदेशसभा...

कांग्रेसको निष्कर्षः बजेटले कोरोनाबाट प्रभावित जनताको रक्षा गर्न सक्दैन

काठमाडौं, १६ जेठ-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटले कोरोनाबाट प्रभावित जनताको जीवन रक्षा गर्न नसक्ने बताएको छ । शुक्रबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकले बजेट प्रचारमुखि मात्रै भएकाले यसले जनताको...

माधव र उपेन्द्रले हैसियत भन्दा बढी भाग खोजेः प्रचण्ड

काठमाडौं, बैशाख २ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले माधव कुमार नेपाल र उपेन्द्र यादवले हैसियत भन्दा धेरै दावी गरेपछि सत्ता गठबन्धनबीचको तालमेल असहज बनेको बताउनु भएको छ । स्थानीय तहको निर्वाचनमा...

खुलासाः वीरगञ्जबाट कम मूल्यको प्रज्ञापनपत्र बनाएर धमाधम भित्र्याइँदैछ सामान

देशकाे सबैभन्दा ठूलो भन्सार नाका, वीरगञ्जबाट यथार्थ भन्सार महसुलभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र बनाई विभिन्न सामान नेपाल भित्रिने गरेको तथ्य फेला परेको छ । व्यवसायी र भन्सार कर्मचारीको मिलेमताेमा सामग्रीको यकिन मूल्यभन्दा कम मूल्याङ्कनको प्रज्ञापनपत्र जारी गरी...

विराटनगरको कान्तिपुर कलेजमा ‘साइनिङ स्टार’ को अडिसन

विराटनगर । मोरङको विराटनगर महानगरपालिका-१० मेनरोडमा अवस्थित कान्तिपुर कलेजमा साइनिङ स्टार नामक नृत्य प्रतियोगिता सुरु भएको छ । कलेजका विद्यार्थीहरूको सिर्जनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबारबाट ‘कान्तिपुर साइनिङ स्टार–२०८१’ नामक प्रतियोगिता थालिएको हो ।...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्