लकडाउनमा १०८ अन्तर्राष्ट्रिय उडान, फर्किए ११ हजार ७ सय २ यात्रु

 न्यूज विराट
लकडाउनमा १०८ अन्तर्राष्ट्रिय उडान, फर्किए ११ हजार ७ सय २ यात्रु

काठमाडौं, ४ असार-संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका अवधिमा मुलुकको एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १०८ अन्तर्राष्ट्रिय उडान भएका बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत पर्यटन मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै पर्यटनमन्त्री भट्टराईले बन्दाबन्दीको झण्डै ३ महिनाको अवधिमा १०८ उडान भएको र यीमध्ये ६६ यात्रु चार्टर्ड उडान र ४२ कार्गो उडान रहेको जानकारी दिए ।

यी उडानबाट ११ हजार ८ सय ८५ यात्रु आवतजावत गरेका छन् । सबैभन्दा बढी ११ हजार ७०२ स्वदेशी तथा विदेशी बन्दाबन्दीको अवधिमा अन्तरराष्ट्रिय विमानस्थल हुँदै बाहिरिएका छन् । पछिल्लो विवरणअनुसार विभिन्न मुलुकबाट ६ सय ४९ नेपाली स्वदेश फर्केका छन् । यो अवधिमा २५ वटा वायुसेवा कम्पनीले ५४ उडान गरेका छन् । बाँकी नेपालका चार वायुसेवा कम्पनीले उडान गरेको मन्त्री भट्टराईले बताए । नेपालबाट ३ नेपालीसहित ३० वायुसेवा कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्दै आएका छन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड-१९ को सङ्क्रमण नियन्त्रण गर्न सरकारले ११ चैतदेखि देशभर बन्दाबन्दी लागू गरेको थियो । १० चैतदेखि नेपालमा उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवाको उडान स्थगित गरिएको थियो । आन्तरिक उडान पनि स्थगित भएको थियो । पछिल्लो पटक २१ असारसम्म व्यावसायिक उडान प्रतिबन्ध गरिएको छ ।

बढी भाडा लिने ट्राभल एजेन्सीको लाइसेन्स खारेज

विदेशबाट फर्कने नेपालीका सन्दर्भमा उठेका जिज्ञासाको जवाफ दिँदै पर्यटनमन्त्री भट्टराईले विदेशबाट नेपाली ल्याउन कमभन्दा कम भाडादर कायम गरी चार्टर्ड उडानको व्यवस्था मिलाइएको जानकारी दिए । १२ जेठ २०७७ मा मन्त्रिपरिषद्को बैठकले विदेशबाट आउने नेपाली ल्याउने सम्बन्धमा कार्यविधि पास गर्दै त्यसरी ल्याइनेको प्राथमिकताका विषयसमेत किटान गरेको थियो ।

विभिन्न मुलुकमा अलपत्र परेका कस्ता नेपालीलाई पहिलो प्राथमिकता दिने भनी तोकिएको छ । सोही आधारमा सम्बन्धित मुलुकमा रहेको दूतावास र कूटनीतिक नियोगले यात्रुको नामावली तयार गरी नेपालको परराष्ट्र मन्त्रालयमा पठाउने र मन्त्रालयले आवश्यक छानबिन गरी स्वीकृति दिनेछ ।

कुनै पनि कम्पनीले काम गरिरहेका श्रमिकलाई निःशुल्क काठमाडौं उतार्न सक्नेछन् । कतिपय कम्पनी र देशले पनि नल्याउने नेपालीलाई उनीहरुको आर्थिक अवस्था कमजोर भएको खण्डमा सरकारले उद्धार उडान गरी ल्याइदिनसक्ने व्यवस्था छ । खर्च जुटाउन सक्नेले सरकारले तोकेको सस्तो हवाई भाडादरमा टिकट काटेर आउन सकिने पनि कार्यविधिमा उल्लेख छ ।

मन्त्री भट्टराईले असहज अवस्थामा विदेशबाट आउने र नेपालबाट जाने यात्रुलाई कष्ट भएकाले सरकारले सहजीकरणको भूमिका खेलिरहेको बताए । उनले श्रम सम्झौताअनुरुप सम्बन्धित मुलुकले सकुशल मानवीय व्यवहार गर्ने सम्बन्धित देशको दायित्व भए पनि यस विषयमा कसैको ध्यान जान नसकेको बताए ।

कतिपय देशले आफ्ना नागरिक नेपालबाट लगेको र त्यसमा यात्रुले महङ्गो भाडा तिर्न बाध्य भएको अवस्थामा सरकारले सस्तो भाडादर कायम गरेको उनले बताए । विदेशी वायु कम्पनीले अमेरिका जाँदा करिब ३ हजार डलर, क्यानडाको तीन हजार २ सय, जापान १ हजार ५ सय डलरसम्म जहाजको भाडा लिएको दृष्टान्त प्रस्तुत गर्दै पर्यटनमन्त्री भट्टराईले तीनै मुलुकमा उडानका लागि सरकारले कम भाडा तोकेको बताए ।

पर्यटनमन्त्री भट्टराईले चार्टर्ड उडानमा ट्राभल एजेन्सीले अनियन्त्रित ढङ्गले भाडा उठाएको प्रमाणित भए लाइसेन्स खारेज गरिने बताए । ‘केही ट्राभल एजेन्सीले बडी भाडा उठाएर यात्रु लगेको भन्ने गुनासो आएको छ । सरकारको निर्णयविपरीत यदि कसैले त्यस्तो गल्ती गरेको सप्रमाण फेला परे उनीहरुको लाइसेन्स खारेज गरिन्छ’, उनले भने ।

मङ्गलबार मात्रै कोरियन एयरलाइन्सले १ हजार डलरमा उडानका लागि प्रस्ताव गरेकामा मन्त्रालयले भाडा घटान आग्रह गरेपछि ६ सय २५ डलर प्रस्ताव गरेको र यसमा पनि ६ सय डलरमा उडान गर्न आग्रह गरिएको मन्त्री भट्टराईले जानकारी दिए । गत सोमबार एयर अरेबियाले ५ सय डलरमा उडान गर्ने प्रस्ताव गरेकामा पर्यटनमन्त्री भट्टराईले उक्त प्रस्ताव अस्वीकार गर्दै नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) कोभन्दा कम मूल्यमा उडान गर्न आग्रह गर्नुभएको थियो ।

मन्त्री भट्टराईले विस्तारै खुट्टा टेकिरहेको निगममाथि सबै किन आँखा लगाइन्छ भन्दै निगमको अवस्थालाई बुझिदिन पनि आग्रह गरे । निगमले युएईबाट नेपाल ल्याउने यात्रुका लागि ३६० डलर भाडादर निर्धारण गरेको छ । बङ्गलादेशको १६५, कतारको ३६५ डलर कायम गरेको छ ।

सकेसम्म सञ्चालन खर्च उठ्ने गरी मात्रै हवाई भाडा निर्धारण गरिएको र नेपाली वायुसेवा कम्पनीलाई फाइदा होस् भनेर यस्तो निर्णय गरिएको मन्त्री भट्टराईले बताए । उनले वैदेशिक रोजगार कल्याणकारी कोषमा खासगरी खाडी र मलेसियामा जाने श्रमिकको निश्चित रकम जम्मा भएकाले उक्त कोषको रकम पनि श्रमिकका लागि खर्चिनुपर्नेमा जोड दिए । रासस 

सम्बन्धित समाचार

भैँसेपाटीमा प्रचण्ड र वामदेवबीच १ घण्टा छलफल

काठमाडाैं, २० साउन-सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपाध्यक्ष वामदेव गौतमसँग छलफल गरेका छन् । मंगलबार बिहान ११ बजे भैंसेपाटीस्थित गौतम निवास पुगेर प्रचण्डले छलफल गरेका हुन् । गौतमका प्रेस सहयोगी विश्वमणी...

ब्राजिलले संक्रमितको संख्यामा इटाली र स्पेनलाई उछिन्यो

एजेन्सी, जेठ ५ -दक्षिण अमेरिकी राष्ट्र ब्राजिल कोरोना संक्रमितको संख्यामा चौथो नम्बरमा पुगेको छ । पछिल्लो २४ घन्टामा १४ हजारभन्दा बढी संक्रमित थपिएपछि ब्राजिलले कोरोना संक्रमितको संख्यामा इटाली र स्पेनलाई पछि छाडेको हो । पछिल्ला...

चिकित्सकले मृत्यु निश्चित छ भनेका डा. र्‍यान ४ हप्तापछि कोरोनालाई जितेर फर्किए

एजेन्सी, बैशाख ४-डा. र्‍यान पडगेट ४५ वर्षका भए । उनी सिएटलको किर्कल्यान्ड हस्पिटलको आपतकालीन विभागका चिकित्सक हुन् । शारीरिक फिट्नेसका कारण उनलाई साथीहरूले आइरस म्यानको उपनाम दिएइका थिए । तर, जब कोरोना भाइरसको संक्रमणले छोयो,...

प्रदेश १ मा ५५५ संक्रमणमुक्त, ४७८ संक्रमित थपिए

विराटनगर १७ असार । प्रदेश १ मा आज ५५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २५१ महिला र ३०४ पुरुष रहेका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ६३ हजार ७४३ पुगेको छ...

विराटनगरमा घर भाडामा लिएर ठगीधन्दा, पाँच जना पक्राउ

विराटनगर । विभिन्न अनलाइन ब्याटिङ साइटमार्फत सट्टेबाजीको कारोबार र अनलाइन ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । अनलाइन गेम खेलाएर सट्टेबाजीको कारोबार गर्ने र ठूलो रकमको चिट्ठा प¥यो भन्दै सर्वसाधारणमाथि अनलाइनमार्फत ठगी...

कोरोना भ्याक्सिन परीक्षण : नतिजा आज आउन सक्ने 

एजेन्सी, साउन १-अक्सफोर्ड युनिभर्सिटी र फर्मास्युटिकल्स कम्पनी एस्ट्राजेनेकाले तयार गरेको कोरोना भ्याक्सिन परीक्षणको नतिजा आज आउन सक्ने बताइएको छ । बेलायतको आइटिभी नेटवर्कका राजनीतिक सम्पादक रोबर्ट पेस्टनले विशेष सुत्रको हवाला दिँदै परीक्षणको नतिजा आजै आउन...

एपिएफ विराटनगरमा जारी मिल्स गोल्डकपको फाइनलमा

विराटनगर, ११ चैत । विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपिएफ) पूर्वाञ्चाल फाइनलमा प्रवेश गरेको छ । विराटनगर– १६ स्थित जुट मिल्सको खेलमैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा एलेभेन एरोज क्बल दुहबी...

युवा पुस्तालाई दक्षता प्रदान गर्न विराटनगरमा पत्रकारिता तालिम सुरु

विराटनगर, २४ फागुन । नयाँ युवापुस्तालाई पत्रकारिता क्षेत्रमा दक्षता प्रदान गर्ने उद्देश्यले तालीम शुरु भएको छ। नेपाल पत्रकार महासङ्घ केन्द्रीय समिति र सो सङ्घको मोरङ शाखाको संयुक्त आयोजनामा आजदेखि यहाँ एक हप्ते आधाभूत तालिम सञ्चालन...

संचालक तथा सम्पादक:

अविनाशकुमार निधि

सम्पादक:

पुनम कुमारी कर्ण

सल्लाकार / सम्पादक:

ध्रुव घिमिरे

हामीलाई पछ्याउनुहोस्